
हेमजा नेवाः खलको छैटौं वार्षिक साधारणसभा एवम् गुठी पुजा आइतबार भएको छ।
सभा उद्घाटन गर्दै पोखरा महानगरपालिका प्रवक्ता समेत रहेका पोखरा २५ का वडाध्यक्ष मोतिलाल तिमिल्सीनाले संस्कृति संरक्षणका नेवाः खलको भूमिका महत्वपूर्ण रहेको औँल्याउँदै त्यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।उनले नेवाः खलको भवन निर्माण लगायत क्षमता विकास कार्यक्रममा पनि वडाको सहयोग रहने प्रतिबद्धता जनाए।
नेवाः खल कास्की वरिष्ठ उपाध्यक्ष तीर्थ श्रेष्ठले हरेक कुरा सम्बन्धित क्षेत्रको भाषा, संस्कृति बुझेर मात्रै गर्नुपर्नेमा जोड दिर्दै हेमजा नेवाः खलका गतिविधिमा जिल्लाको सधै साथ रहने स्पष्ट पारे।
मिस पुच कास्की अध्यक्ष संगीता बज्राचार्यले समुदायका हरेक गतिविधिमा नेवार समुदायको सक्रियता रहनुपर्ने धारणा राख्दै नेवार समुदायसँग सम्बन्धीत कार्यक्रमलाई बढाउदै जानुपर्ने औँल्याइन्।
गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य कृष्णप्रसाद पौडेलले नेवार समुदायको भाषा, भेषभूषा, संस्कृति जगेर्ना गर्न प्रतिष्ठानले सक्दो सहयोग गर्ने बचनबद्धता जनाए।
सल्लाहकार वसन्तकुमार श्रेष्ठले नेवार समुदायका गरिव तथा जेहेन्दार २ जना छोराछोरीलाई वार्षिक रुपमा निःशुल्क दश जोड २ पठनपाठनका लागि आफूले सहयोग गर्ने स्पष्ट पार्दै त्यसका लागि गुरुकुल विद्यासदन मावि नयाँबजारमा समन्वय भइरहेको अवगत गराए।
हेमजा नेवाः खल कोषाध्यक्ष सुरेन्द्र श्रेष्ठले आगामि दिनमा नेवाः खलले आफ्नै भवन निर्माण गर्ने लक्ष्य राखेको जानकारी दिर्दै त्यसका लागि सरोकारवाला सबैको पहल जरुरी भएको औँल्याए ।
त्यस अवसरमा सल्लाहकार भीमप्रसाद श्रेष्ठ, नेवाःल्याम्ह पूच कास्की अध्यक्ष विनित जोजिज्यू, आजीवन सदस्य चन्द्रमान् श्रेष्ठ लगायतले पनि धारणा राखे।त्यस्तै मोनिका श्रेष्ठ र आकृति श्रेष्ठले नृत्य प्रस्तुत गरे ।
कार्यक्रममा बीच अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, सचिव सन्तमान् श्रेष्ठ तथा कोषाध्यक्ष सुरेन्द्र श्रेष्ठद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन छलफल सहित अनुमोदन भयो ।
हेमजा नेवाः खल अध्यक्ष कृष्णप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष कृष्णमान् श्रेष्ठले स्वागत तथा सचिव सन्तमान् श्रेष्ठले कार्यक्रम संचालन गरे।