लान्द्रुकमा हनी हन्टिङ महोत्सवको तयारी(फोटो फिचर)

-


     श्रीभद्र पौडेल    
     मंसिर ९ गते २०८१ मा प्रकाशित


अन्नपूर्ण गाउँपालिका ७ स्थित पर्यटकीय गाउँ लान्द्रुकमा भिर मौरीको मह काढ्ने (हनी हन्टिङ) महोत्सवको तयारी थालिएको छ।

       यहि मंसिर २२ देखि २४ गतेसम्म हुने उक्त महोत्सवका बीच त्यहाँ हनि हन्टिङको ऐतिहासिक एवम् सांस्कृतिक महत्वको जानकारी दिने, हनी हन्टिङका अभ्यासका उपायबारे विचार विमर्श गरिने आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।

       त्यस्तै गरी महोत्सव अन्र्तगत भिरौटेलाई सम्मान, स्थानीय लोक बाजाको प्रवद्र्धन, साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता, विभिन्न व्यक्ति एवम् संघ संस्था सम्मान लगायतका कार्यक्रम हुने महोत्सव मूल आयोजक समितिका अध्यक्ष सुरेश गुरुङले जानकारी दिनुभयो।

       त्यहाँ स्थानीय कोटेसाङको भिरमा रहेका मौरीको मह काढ्ने गरिन्छ ।यो ऐतिहासिक पनि छ ।करिव एक शताब्दी अघिदेखि लान्द्रुकेहरुले भिर मौरीको मह काढ्ने गरेको इतिहास रहेको लान्द्रुक पोखरा समावेशी समाजका अध्यक्ष सुकप्रसाद गुरुङले बताउनुभयो।

       त्यहाँ मौरी बचाउन निकै प्रयास गरेका छँौं, चरनका लागि भिर वरपरीको क्षेत्रमा पर्युका सयौं रुख सारिएको छ, लान्द्रुक पोखरा समावेशी समाजका सल्लाहकार चन्द्रबहादुर गुरुङले भन्नुभयो– ‘महोत्सवलाई पर्यटनसँग जोड्नुपर्ने आवश्यकता छ ।’उहाँले जलवायु परिवर्तनको असर भिर मौरीमा समेत परेको सुनाउनु हुँदै भिर मौरी संरक्षणका लागि सरकारले नै ध्यान दिनुपर्ने सुझाउनुभयो।

       संयोजक विष्णु चापागाईले महोत्सव लक्षित गरी स्थानीय होटल साथै होमस्टेमा सर्वसुलभ मूल्यमा खाने बस्ने व्यवस्था मिलाइएको जानकारी दिनुहुँदै लान्द्रुकमा एकैरात करिव २ सय पचास पर्यटक राख्नसक्ने क्षमता रहेको जानकारी दिनुभयो।

       मूल आयोजक समितिका सचिव एवम् प्रचारप्रसार संयोजक बलबहादुर केसीले आन्तरिक तथा वाहृय पर्यटक प्रवद्र्धन गर्न महोत्सव सफल हुने विश्वास व्यक्त गर्नुहुँदै महोत्सवले समग्र अन्नपूर्ण गाउँपालिकाकै चिनारी बढाउने विश्वास व्यक्त गर्नुभयो।

       कोटेसाङ भिरमा चैत÷वैशाख तथा कार्तिक÷मंसिर गरी वर्षमा दुई पटक मह काढ्ने गरिन्छ ।त्यहाँको मह प्रतिलिटर रु. ३ हजारमा सहजै बिक्रीवितरण हुने गर्दछ।उक्त भिरमा हाल २२ वटा गोला रहेको स्थानीयको भनाई छ।अन्नपूर्ण गाउँपालिका प्रवद्र्वक रहेको महोत्सवमा विभिन्न सामाजिक संघसंस्थाको सहयोग पनि रहनेछ । महोत्सवबाट बचेको रकम गाउँको सामाजिक कार्यमा खर्च गरिने उल्लेख छ ।

       यस अघि पनि लघुजलविद्युत् आयोजना, गाउँमा कुटानीपिसानी मिल संचालन लगायत अन्य विकास निर्माणका गतिविधीमा महोत्सवबाट बचेको रकम खर्च गरिएको थियो।