अर्थतन्त्र

हेमजामा मौरीपालन तालिम, विषादी न्यूनीकरणमा मौरीपालनको भूमिका महत्वपूर्ण

पोखरा–२५, हेमजामा मौरीपालन तालिम दिइएको छ । जनहितैषी फाउण्डेशनको जीविकोपार्जन प्रवद्र्धन कार्यक्रम अन्तर्गत १ दिने तालिम दिइएको हो ।        जसमा हालै वडाबाट ५० प्रतिशत अनुदानमा मौरीघार प्राप्त गरेका कृषक सहभागि भए । उनीहरुलाई आत्मनिर्भर तथा उद्यमशील बनाउने उद्देश्यले वडा कार्यालयको सहकार्यमा फाउन्डेशनले तालिम आयोजना गरेको हो।        कार्यक्रममा भनाई राख्दै वडाध्यक्ष मोतिलाल तिमिल्सीनाले विषादी न्यूनीकरणमा मौरीपालनको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै किसानलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने पनि बताए ।उनले यस्ता कार्यक्रमलाई आगामि दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाए। संस्था… पुरा पढौ

काँडे बराहमा ध्यान मण्डल र अग्नि कुण्ड निर्माण हुँदै

अन्नपूर्ण गाउँपालिका ३ स्थित काँडे बराह मन्दिर क्षेत्रमा ध्यान मण्डल एवम् अग्नि (हवन) कुण्ड निर्माण हुने भएको छ ।         पर्यटन विभागको रु.१ करोड १५ लाखको लागतमा मन्दिर क्षेत्रमा ति संरचना निर्माण हुने भएका हुन् । जस अन्तर्गत आइतबारदेखि कार्य प्रारम्भ गरिएको छ ।         मण्डल एवम् कुण्डको राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य समेत रहनुभएका मन्दिरका संरक्षक कुलबहादुर गुरुङ कुलुले शिलान्यास गर्नुभयो । त्यस अवसरमा प.पुण्यप्रसाद सुवेदी, डिल्लीराम पौडेल तथा इन्द्रप्रसाद अधिकारीले सहजीकरण गर्नुभयो । शिलान्यास गर्नुहुँदै मन्दिरका संरक्षक गुरुङले… पुरा पढौ

बालज्योतिलाई पेमा छालको सहयोग

अन्नपूर्ण–३, मराउँचे स्थित बालज्योति आधारभूत विद्यालयलाई पेमा छाल शाक्य मोनास्ट्रिक इन्स्चिउडले विद्यालय पोशाक (ट्रयाक सुट) एवम् स्टेशनरी तथा खेलकुद सामग्री सहयोग गरेको छ ।         हेमजा स्थित इन्स्चिउडले आइतबार एक कार्यक्रमका बीच त्यहाँ अध्ययनरत कुल २५ विद्यार्थी एवम् ६ जना शिक्षक कर्मचारीलाई ट्रयाक सुट तथा स्टेशनरी सामग्री प्रदान गरेको हो । संस्थाले प्रति विद्यार्थी ८ वटा कापी, एक÷एक दर्जन सिसाकलम, मेटास र कटर एवम् १ थान ज्यामिति बाकस प्रदान गरेको हो ।त्यस्तै उक्त संस्थाले विद्यालयलाई ४ थान फुटबल एवम् ४… पुरा पढौ

गण्डकीमा जलचर ऐन बनाउनुपर्ने

गण्डकी प्रदेशमा जलचर ऐन निर्माण गर्नुपर्नेमा जोड दिइएको छ।         मत्स्य अनुसन्धान केन्द्र वेगनासको आयोजनामा मंगलवार भएको पोखराका तालहरुको मत्स्य व्यवस्थापन सम्बन्धी सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रमका वक्ताले सो कुरामा जोड दिएका हुन्।         संघीय तथा अन्य विभिन्न प्रदेशले जलचर ऐन निर्माण गरिसकेको सन्दर्भ अगाडि सार्दै उनीहरुले गण्डकीको जलसम्पदा सुहाउँदो ऐन बनाउनुपर्ने बताए।         गण्डकी प्रदेश भूमि व्यवस्था तथा कृषि मन्त्रालयका सचिव डा. टंकप्रसाद प्रसाईले मन्त्रालय छिट्टै जलचर ऐन ल्याउने तयारीमा रहेको जानकारी दिर्दै चाँडै नै ऐन प्रदेशसभाबाट पारित भई कार्यान्वयनमा जाने… पुरा पढौ

रैथाने उत्पादनको ब्राण्डिङमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले रैथाने उत्पादनको ब्राण्डिङमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुुभएको छ । साना तथा मझौला व्यवसायी महासंघ नेपाल कास्कीले आयोजना गरेको औद्योगिक मेलामा बोल्दै उहाँले अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्न रैथाने उत्पादनलाई ब्राण्डिङ गर्नुुपर्ने बताउनुभएको हो । “गुणस्तरियतामा ख्याल राख्दै रैथाने उत्पादनको बजारीकरण गर्नुपर्ने आवश्यकता देखिन्छ । जसका लागि प्रदेश सरकार यहाँहरु सँगै छ ।”, उहाँले भन्नुभयो । मन्त्री थापाले साना तथा मझौला व्यवसायीहरुको आत्मबल बढाउने गरी प्रदेश सरकारले नीतिगत निर्णय… पुरा पढौ

हिले महोत्सवमा विदेशी पर्यटकले नयाँ स्वाद चाखे

पोखरा । पोखरा पर्यटन परिषद्को आयोजनामा पोखराको फेवाफाँटमा भएको रोपाइँ महोत्सवमा विदेशी पर्यटकले नयाँ स्वाद चाखेका छन । बदलिदो समय सङै माटो सङ्गको सामिप्यता नभएको विदेशी पाहुनाले यस पटक फेवाफाटमा माटो सङ्ग लामो समय बिताए । खुशी खुशी ।   महोत्सवमा २० देशका २ सय ५० भन्दा बढी विदेशी पर्यटकको सहभागिता रहेको आयोजक  पोखरा पर्यटन परिषदले जानकारी दिएको छ ।  उक्त महोत्सवमा हिले भलिवल प्रतियोगिता हिले दौड प्रतियोगिता, पर्यटकहरुको लागि हिलो दौड,पत्रकार तर्फको हिलेदौड,रस्साकसी प्रतियोगिता लगायतका प्रतियोगिता रहेको थियो । भलिवल तर्फ… पुरा पढौ

गण्डकीमा ई–ड्राइभको सेवा विस्तार

पोखरा । प्रविधिको प्रयोगमा जोड दिदैं गण्डकी प्रदेशभर सेवा प्रदान गर्नेगरि ‘ई–ड्राइभ नेपाल’ को राइड शेयरिङ एप सञ्चालनमा ल्याइएको छ । ई–ड्राइभ गण्डकी नेपाल र ई–ड्राइभ नेपालले सहकार्य गदैै राइड शेयरिङ एप सञ्चालनमा ल्याइएको हो । गण्डकीका १० जना युवाको पहलमा एप सञ्चालनमा ल्याएको ई–ड्राइभले केही समयमै सेवा शुभारम्भ गर्नेछ । यात्रुले प्लेस्टोर र एपस्टोरको माध्यमबाटबाट ई–ड्राइभ नेपालको एप डाउनलोड गरेपछि अनलाइनबाट आवश्यकता अनुसार सवारीसाधन बुक गरेर गन्तव्यमा पुग्ने व्यवस्था मिलाएको ई–ड्राइभ गण्डकीका अध्यक्ष भीमसेन कार्कीले जानकारी दिए ।‘पहिलो चरणमा… पुरा पढौ

सेलवेजको विरौटा र प्रस्याङमा शाखा विस्तार

पोखरा । सेलवेज डिपार्टमेन्टल स्टोरले पोखराका दुई ठाउँमा शाखा विस्तार गरेको छ । पोखरा र काठमाडौंका विभिन्न ठाउँमा शाखा विस्तार गरेर सेवा दिदै आएको सेलवेजले पोखरा १७ विरौटा र पोखरा ५ प्रस्याङमा शाखा विस्तार गरेको हो । दुई शाखा थपिए सगँ पोखरामा १० शाखा पुगेको छ । सेलवेजले सेल्सबेरी ब्राण्डमा समेत डिपार्टमेन्टल स्टोर संचालन गरिरहेको छ । सेलवेजले सेल्सबेरी गरेर ४० शाखा पुगेको व्यवस्थापक दयाल गिरीले बताए । विरौटा देखी छोरेपाटन, पुम्दीभुम्दीलाई लक्षित गरि विरौटा शाखा खोलिएको बताए । त्यसै… पुरा पढौ

गरिमा विकास बैंक लिमिटेड र नाट्टा बीच सम्झौता

पोखरा । गरिमा विकास बैंक लिमिटेड र नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशबीच सम्झौता भएको छ । नाट्टा गण्डकी प्रदेश अन्तर्गतका व्यवसायीलाई बैंकको विभिन्न प्रकारका कर्जाहरूमा सहुलियत सहितको सेवा उपलब्ध गराउन उक्त सम्झौता गरिएको हो । सम्झौता पत्रमा बैंकको तर्फबाट गण्डकी प्रदेश कार्यालय प्रमुख भोलाप्रसाद तिवारी र नाट्टा गण्डकीका अध्यक्ष हरिराम अधिकारीले हस्ताक्षर गर्नुुभएको छ । सम्झौता अनुसार नाट्टा गण्डकी प्रदेश अन्तर्गतका व्यवसायीलाई पाँच वर्षसम्म पाँच लाखसम्मको बैंक ग्यारेन्टी १० प्रतिशतको नगद मार्जिनमा उपलब्ध गराइने नाट्टा गण्डकी… पुरा पढौ

किवानिजका युवाले चलाए बेरी लाउन्ज

पोखरा न्युरोडको लेखनाथ मार्गमा बेरी लाउन्ज एन्ड बार सञ्चालनमा आएको छ । केही महिनाअघि अनौपचारिक रुपमा सेवा सुरु गरेको बार शनिबार आयोजित समारोहमा नायिका वर्षा राउतले औपचारिक रुपमा उद्घाटन गरिन् । बालबालिकाको क्षेत्रमा काम गर्दै आएको अन्तर्राष्ट्रिय संगठन किवानिज क्लब अफ पोखरामा आवद्ध युवाहरुको समूहले लाउन्ज सञ्चालन गरेको हो । क्लबका संस्थापक अध्यक्ष तथा किवानिज डिस्ट्रिक्टका लेफ्टिनेन्ट गभर्नर नवीन पौडेलले सय वर्षभन्दा लामो इतिहास भएको अन्तर्राष्ट्रिय क्लब किवानिज पोखराका मन मिल्ने युवा व्यवसायीले व्यावसायिक रुपमा अर्काे सहकार्य गरेको जनाए ।… पुरा पढौ