अर्थतन्त्र

सराङकोट महायज्ञबाट करिव साढे २ करोड बचत

यही फागुन १४ देखि २१ गतेसम्म सराङकोटमा भएको श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सवमा करिव साढे २ करोड बचत भएको छ ।        आयोजक सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिले आज बिहीबार एक कार्यक्रमका बीच महायज्ञको आय व्यव विवरण सार्वजनिक गरेको हो ।जसअनुसार यज्ञमा रु.३ करोड १ लाख ९२ हजार, ३ सय ५५ दान संकलन भएकोमा ५३ लाख ९४ हजार ६ सय २८ खर्च कटाई रु.२ करोड ४७ लाख ९७ हजार ७ सय २७ बचत हुन आएको महायज्ञका सहमहासचिव… पुरा पढौ

‘विद्युतीय चुल्हो जीवन हुन्न लुलो’

धवलागिरी सामुदायिक स्रोत विकास केन्द्रकी अध्यक्ष सिर्जना थापाले सोमबार पोखरामा आयोजित कार्यक्रममा भन्दै थिइन् विद्युतीय चुल्होले मेरो जीवन बदलिदियो ।सुरुमा मलाई पनि चुल्होको प्रयोग कस्तो, कस्तो लाग्थ्यो तर केही महिनाको प्रयोगसँगै अभ्यस्त बने, पछि ग्याँस, दाउराको तुलनामा निकै सहज महशुस भयो।        पहिले भान्छा फोहोर हुने समस्या, खाना बनाउन १।२ घण्टै लाग्ने गर्थे त्यो पुरा समाधान भयो ।धुवाँका कारण बिग्रीएको स्वास्थ्यमा पनि क्रमिक सुधार आयो, आर्थिक हिसावले पनि ग्याँस भन्दा सस्तो पर्यो, त्यसैले आजकल नछुट्ने गरी चुल्होसँग साइनो गासेको छु… पुरा पढौ

आलु महोत्सवलाई आमा समूहहरुको साथ

यहि चैत २४ देखि वैशाख ३ गतेसम्म हुने १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवलाई हेमजाका आमा समूहले साथ दिने भएका छन् ।       मंगलबार भएको भेलाका बीच उनीहरुले महोत्सव समग्र पोखराकै ब्राण्ड भएको जनाउँदै त्यसमा आमा समूहहरुको पूर्ण साथ रहने प्रतिबद्धता जनाए ।       वडा स्तरीय महिला संजाल अध्यक्ष समेत रहेकी आमा समूह परिचालन उपसमिति संयोजक अप्सरा तिमिल्सीनाले आलु महोत्सवको प्रबद्र्धनमा सबै जुट्नुपर्ने औँल्याइन् ।उनले आलु महोत्सव किसानको चाड भएको धारणा राख्दै महोत्सव मार्फत किसानलाई प्रोत्साहन गरिदै आएको स्पष्ट… पुरा पढौ

आलु महोत्सवलाई पूर्व अध्यक्षहरुको साथ

यहि चैत २४ देखि वैशाख ३ गतेसम्म हुने १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवलाई आयोजक विष्णुपादुका क्लवका पूर्व अध्यक्षहरुले साथ दिने भएका छन् । क्लवको आयोजनामा हालै भएको  भेलाका बीच पूर्व अध्यक्षहरुले महोत्सव पोखराकै गौरव भएको जनाउँदै त्यसमा आफूहरुको पूर्ण साथ रहने प्रतिबद्धता जनाए । पूर्व अध्यक्ष महेन्द्रसिंह थापाले आलु महोत्सव हेमजाको ब्राण्ड बनेको स्पष्ट पार्दै त्यसको प्रबद्र्धनमा सबै जुट्नुपर्ने औँल्याए ।पूर्व अध्यक्ष जगत थापाले आलु महोत्सव किसानको चाड भएको धारणा राख्दै महोत्सव मार्फत किसानलाई प्रोत्साहन गर्नेे गरिएको स्पष्ट… पुरा पढौ

करिव ३ करोड संकलन गर्दै सकियो सराङकोट महायज्ञ

सराङकोटमा भएको श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव आज बुधबारदेखि सकिएको छ।  महायज्ञमा कुल २ करोड ८८ लाख बढी दान संकलन भएको प्रचारप्रसार उपसमिति संयोजक कृष्ण थापाले जानकारी दिनुभयो। यसअघि मंगलबारसम्म २ करोड ८ लाख दान संकलन भएकोमा आज बुधबार मात्रै ८० लाख बढी दान थपिएको हो। योसँगै सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिले यज्ञ मार्फत संकलनको लक्ष्य राखेको ३ करोड करिव पुरा भएको छ। आज महायज्ञको नियमित कार्यक्रमका अतिरिक्त पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यबाट त्यहाँ निर्मित बुहुउद्देश्यीय सामुदायिक… पुरा पढौ

सराङकोट यज्ञ भोली सकिदै

सराङकोटमा जारी श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव भोली बुधबार सकिदैछ।  भोली महायज्ञको नियमित कार्यक्रमका अतिरिक्त समापन समारोह हुने प्रसारप्रसार संयोजक कृष्ण थापाले जानकारी दिनुभयो ।भोली नै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले त्यहाँ निर्मित बुहुउद्देश्यीय सामुदायिक भवनको उद्घाटन गर्ने तथा समापन समारोहलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ।सोही अवसरमा सहयोगकर्ता विभिन्न संघसंस्था एवम् व्यक्तिलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको जनाइएको छ।   मंगलबार आज मात्रै महायज्ञमा ५५ लाख बढी दान संकलन भयो ।योसँगै आजसम्म यज्ञमा कुल २ करोड ८ लाख बढी… पुरा पढौ

सराङकोट यज्ञ हालसम्म १ करोड ५३ लाख बढी संकलन

सराङकोटमा जारी श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव अन्त्यतिर आइरहदाँ भक्तजनको सहभागिता एवम् दान रकम हवातै बढेको छ।        महायज्ञको छैटौं दिन आज सोमबार करिव २० हजार भक्तजनले यज्ञ अवलोकन गर्नुभएको छ ।त्यहाँ आजमात्रै ४० लाख बढी दान संकलन भएको महायज्ञका कोषाध्यक्ष शिव कोइरालाले जानकारी दिनुभयो ।योसँगै हालसम्म यज्ञमा रु.१ करोड ५३ लाख बढी दान संकलन भएको छ ।        आज त्यहाँ सय बढी आमा समूह, टोल विकास संस्था तथा अन्य संघसंस्थाले सहयोग गर्नुभएको छ । पोखराका विभिन्न वडा, छिमेकी… पुरा पढौ

सराङकोट यज्ञमा विदेशी पनि रमाउँदै, जुट्दै दान

सराङकोटमा जारी श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव अन्र्तगत पाँचौं दिन आज आइतबारसम्म कुल १ करोड १३ लाख बढी दान संकलन भएको छ  आज मात्रै २० लाख बढी दान संकलन भएको महायज्ञका कोषाध्यक्ष शिव कोइरालाले जानकारी दिनुभयो ।  आज सराङकोट जैसीथोक निवासी उमनाथ चपाई परिवारबाट रु.३ लाख २२ हजार २ सय २२, पोखरा १८ निवासी पूर्णप्रसाद तिमिल्सीनाको परिवारबाट पनि समान रु.३ लाख २२ हजार २ सय २२, पालिखेचोक निवासी विरेन्द्रमान् पालिखे परिवारबाट २ लाख ३३ हजार ३ सय ३३, जन्मदिनको… पुरा पढौ

चैत २४ देखि १३ औं राष्ट्रिय हेमजा आलु महोत्सव

१३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव आगामि चैत २४ देखि वैशाख ३ गतेसम्म हुने भएको छ।        आयोजक विष्णुपादुका क्लवले शुक्रबार सरोकारवालासँगको छलफलसँगै महोत्सव मिति तय गरेको हो ।महोत्सव सम्पन्न गर्न क्लव अध्यक्ष वसन्तकुमार श्रेष्ठको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ।जसको महासचिवमा हिक्मत थापा, सचिवमा विकल थापा, कोषाध्यक्षमा राम सापकोटा तथा सहकोषाध्यक्षमा शोभा कोइराला त्रिपाठी छनोट भए। त्यस्तै भेलाले विभिन्न उपसमिति पनि निर्माण गरेको छ ।जसअनुसार अर्थ संकलन उपसमितिमा डम्बरबहादुर कुँवर, प्रचारप्रसारमा निराजन अधिकारी, सांस्कृतिकमा सुर्यबहादुर कुँवर, आमा… पुरा पढौ

राष्ट्रपतिबाट भोली सराङकोट महाउत्सव उद्घाटन हुँदै

राष्ट्रपति रामचन्द्र पौडेल भोली पोखरा आउनुहुने भएको छ । सराङकोटमा जारी श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सवको उद्घाटन गर्न उहाँ भोली पोखरा आउनुहुने भएको हो।        त्यसका लागि नेपाली सेनाको हेलीकप्टर मार्फत विहान १० बजे काठमाण्डौंबाट सिधै सराङकोट धाम झर्ने राष्ट्रपतिको कार्यतालिका छ ।राष्ट्रपति पौडेलले त्यहाँ महाउत्सवसँगै सराङकोट टपमा निर्माण भएका विशाल पञ्चमुखि गणेश मुर्ति, कैलाशेश्वर शिव मन्दिर लगायतका देवालय, १०८ शिललिङ तथा धाराको पनि उद्घाटन गर्नुहुनेछ ।        भोली सराङकोटमा हुने समारोहलाई राष्ट्रपति पौडेलसँगै संस्कृति पर्यटन तथा नागरिक उड्यान… पुरा पढौ