गुरुकुलका विद्यार्थी शैक्षिक भ्रमणमा

-


     श्रीभद्र पौडेल    
     पौष १ गते २०८१ मा प्रकाशित


पोखरा ९, नयाँबजार स्थित गुरुकुल विद्यासदन मावि कक्षा ११ होटल व्यवस्थापनका विद्यार्थी शैक्षिक क्षेत्र भ्रमण अन्र्तगत पञ्चासे पुगेका छन्।

       कास्की, स्याङजा तथा पर्वत जिल्लाको संगमस्थल उक्त क्षेत्र भ्रमण गरी परियोजना कार्य निर्माण गर्ने उद्देश्यका साथ विद्यार्थीलाई भ्रमणमा लगिएको संयोजक शिक्षक रविन्द्र भण्डारीले जानकारी दिनुभयो। भ्रमण २ दिवसीय रहयो।

       भ्रमणसँगै पदयात्रा, त्यस क्षेत्रको भौगोलिक अवस्था,  जीवनशैली, पर्यटन, होटल तथा होमस्टे व्यवस्थापनबारे विद्यार्थीले प्रत्यक्ष अवलोकन गर्न पाएका छन्।

       शिक्षक रविन्द्र भण्डारीको संयोजकत्वमा भएको उक्त भ्रमण सहितको पदयात्रामा दश जोड दुई संयोजक वसन्तकुमार श्रेष्ठ, शैक्षिक प्रशासन प्रमुख प्रमोद वराल, लेखाशाखा प्रमुख हरी ढकाल, शिक्षकहरु गणेश क्षत्री र गीता ढकालले सहजीकरण गर्नुभयो।

       भ्रमण फलदायी भएको विद्यार्थीहरुको भनाई छ।