अन्नपूर्ण विशेष

शिखर अन्नपूर्णकै नमुना सहकारी बन्दै

अन्नपूर्ण–१, नागडाँडा स्थित शिखर बचत तथा ऋण सहकारी संस्था लि.को चौथो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले पुनः सुशिल भट्टचनको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ।  शनिबार भएको अधिवेशनले राजकुमार गुरुङलाई उपाध्यक्ष, महेश्वर पौडेललाई सचिव तथा विरेन्द्र(विक्रम) गुरुङलाई कोषाध्यक्षको जिम्मेवारी दिएको हो ।त्यस्तै दिलबहादुर जिसी, प्रकाश गुरुङ, धर्मराज अधिकारी, निमा गुरुङ, चित्रमोहन सुवेदी, अम्मर परियार र कृष्ण पौडेल सदस्य छनोट भए। सभाले गोविन्द सुवेदीको संयोजकत्वमा अमृत केसी सदस्य रहने गरी लेखा सुपरिवेक्षण समिति पनि चयन गरेको छ ।कानुनी सल्लाहकार शिवहरी सुवेदी… पुरा पढौ

माछापुच्छे« क्याम्पस संचालनको प्रयास

करिव ७ वर्षदेखि बन्द रहेको अन्नपूर्ण–२, ढिकुरपोखरी स्थित माछापुच्छे« क्याम्पसलाई पुनःसंचालन गर्न प्रयास थालिएको छ ।         जसअन्र्तगत यही पुस २७ गते क्याम्पसको २० औं साधारणसभा(दोस्रो पटक) तथा ७ औं अधिवेशन भएको छ ।अधिवेशनले शिवहरी सुवेदीका अध्यक्षतामा क्याम्पस संचालक समिति गठन गरेको छ ।         संचालक समितिको उपाध्यक्षमा मुक्तिराम अधिकारी तथा सदस्यहरुमा नारायणप्रसाद भण्डारी, खगराज अधिकारी, बामदेव पौडेल र कृष्णकुमारी सुवेदी छन् ।त्यस्तै वडाध्यक्ष, गाउँपालिका अध्यक्ष, विद्यालयका अध्यक्ष, जिल्ला शिक्षा समन्वयका प्रतिनिधी, विश्वविद्यालयका प्रतिनिधि सदस्य तथा क्याम्पस प्रमुख सदस्य सचिव… पुरा पढौ

अन्नपूर्णले बनायो पालिका गान

कास्कीको अन्नपूर्ण गाउँपालिकाले पालिका गान निर्माण गरेको छ।शुक्रबार भएको गाउँसभाको १७ औं अधिवेशनले पालिका गान पारित गरेको हो । गानमा जीवन दाहालको संगीत, प्रेमराज अधिकारीका शब्द तथा जीवन दाहाल, बिमल परियार, नमराज केसी, प्रेमराज अधिकारी, टेकबहादुर क्षत्री, समिक्षा अधिकारी र सरीता अधिकारीले श्वर भरेका छन् । कुल एक मिनेट ५६ सेकेन्ड लम्बाईको उक्त गानलाई अन्नपूर्णको पहिचानसँग जोडिएको छ ।संगीत, शब्द लेखन तथा स्वर दिने कलाकार अधिकाशं अन्नपूर्णकै छन् ।गाउँपालिकाको चालु आ.वको नीति तथा कार्यक्रम एवम् बजेटमा समेटिए अनुसार उक्त गान… पुरा पढौ

लक्ष्मी देउराली मन्दिरमा क्षमा पुजाको तयारी

कास्कीको अन्नपूर्ण गाउँपालिका ३ स्थित लक्ष्मी देउराली देवी मन्दिरमा क्षमा (शान्ति) पुजाको तयारी गरिएको छ।        त्यस क्षेत्रमा पछिल्ला वर्षहरुमा सडक दुर्घटनामा परी दर्जन बढीको ज्यान गएसगै त्यहाँ यही २८ मंसिरमा पुजा गरिने भएको हो ।जसअन्र्तगत हिजो सोमबार मन्दिर क्षेत्र सरसफाई एवम् रंगरोगन गरिएको छ।        त्यहाँ रुद्री पुजा, अग्नी स्थापना, वेदुवापुजा चण्डी एवम् सत्यनारायण पाठ, स्वस्ती शान्ति गरी क्षमा माग्ने तयारी भइरहेको स्थानीय कुलबहादुर गुरुङ(कुलु)ले जानकारी दिनुभयो ।        पुजाका लागि हालसम्म बुढाघर निवासी झ्यापु पौडेलबाट (हाल अमेरिका) रु.… पुरा पढौ

लुम्लेमा कृषि प्रविधि प्रवद्र्धन परियोजनाको वैठक

किसानको खेतवारी तथा गोठमा रहेका समस्यालाई केन्द्रीत गरी अनुसन्धान गर्नुपर्नेमा जोड दिइएको छ । कृषि अनुसन्धान तथा प्रविधि प्रवद्र्धन परियोजनाको बुधबार कृषि अनुसन्धान निर्देशनालय लुम्लेमा भएको प्रारम्भिक बैठकका वक्ताले उक्त कुरामा जोड दिएका हुन्। बैठकलाई सम्बोधन गर्दै कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशका सचिव डा. टंकप्रसाद प्रसाईंले किसानका समस्यालाई स्वयम् किसान, कृषि उध्यमी तथा तिनै तहका सरकार मिली अनुसन्धान गर्नुपर्नेमा जोड दिर्दै त्यसबाट मात्रै कृषि क्षेत्रका समग्र समस्या समाधान हुने विश्वास व्यक्त गरे। प्रदेश सचिव डा. प्रसाईंले बैठक… पुरा पढौ

अन्नपूर्णमा राष्ट्रपति रनिङ शिल्ड सुरु

अन्नपूर्ण गाउँपालिका शिक्षा शाखाको आयोजनामा बिहीबारदेखि ५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।         प्रतियोगिता उद्घाटन गर्दै नेपाल सरकारका सहसचिव विनोदबहादुर कुँवरले खेलले जीवनलाई अनुशासित एवम् मर्यादित बनाउने बताउँदै खेलले राष्ट्रलाई नै चिनारी दिने जनाए ।         अन्नपूर्ण गाउँपालिकाले भौतिक पूर्वाधारसँगै मानविय विकास पनि बढाएको उल्लेख गर्दै सहसचिव कुँवरले  खेलकुदका साथसाथै अध्ययनलाई पनि प्राथमिकतामा राख्न विद्यार्थीलाई सुझाए ।विद्यार्थीले पठनपाठन पछि आफ्नै देशमा बसेर सेवा गर्नुपर्ने जनाउँदै सहसचिव कुँवरले अधुरा खेलकुदका योजनालाई पूर्णता दिन पालिका नेतृत्वको ध्यानाकर्षण गराए।… पुरा पढौ

लान्द्रुकमा हनी हन्टिङ महोत्सवको तयारी(फोटो फिचर)

अन्नपूर्ण गाउँपालिका ७ स्थित पर्यटकीय गाउँ लान्द्रुकमा भिर मौरीको मह काढ्ने (हनी हन्टिङ) महोत्सवको तयारी थालिएको छ।        यहि मंसिर २२ देखि २४ गतेसम्म हुने उक्त महोत्सवका बीच त्यहाँ हनि हन्टिङको ऐतिहासिक एवम् सांस्कृतिक महत्वको जानकारी दिने, हनी हन्टिङका अभ्यासका उपायबारे विचार विमर्श गरिने आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।        त्यस्तै गरी महोत्सव अन्र्तगत भिरौटेलाई सम्मान, स्थानीय लोक बाजाको प्रवद्र्धन, साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता, विभिन्न व्यक्ति एवम् संघ संस्था सम्मान लगायतका कार्यक्रम हुने महोत्सव मूल आयोजक… पुरा पढौ

तिर्खाएका छौं पानी दिनुहोस्ः भदौरे सल्यानवासी

अन्नपूर्ण गाउँपालिका–४, भदौरे सल्यानवासीले आफ्नो वडामा खानेपानीको समस्या रहेको बताउँदै त्यसको समाधानका लागि सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन्।         गाउँपालिकाको आयोजना साथै अन्नपूर्ण संचार तथा बहुउद्देश्यीय प्रालिको सहजीकरणमा भएको चालु आ.वको प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रमका बीच उनीहरुले त्यसबारे ध्यानाकर्षण गराएका हुन्।         वि.स २०५७ सालमा पञ्चासेबाट गाउँसम्म ल्याइएको खानेपानी योजनाका अधिकाशं पाइप हाल जीर्ण बनेको, जनसङख्या बृद्धिसँगै त्यहाँबाट आएको पानी अप्रर्याप्त हुदाँ अधिकाशं दलित, गरिव तथा पिछडिएको वस्तीमा समस्या भईरहेको, गाउँ नजिकै मुहान नभएको सुनाउँदै वडावासीले समाधानको पहल थालिदिन… पुरा पढौ

पालिका गान बनाउँदै अन्नपूर्ण

कास्कीको अन्नपूर्ण गाउँपालिकाले आफ्नै पहिचान झल्कने गरी गान (पालिका गान) निर्माण गर्ने भएको छ।        गान निर्माण सम्बन्धमा शुक्रवार एक सूचना जारी गर्दै गाउँपालिकाले इच्छुक सर्जकलाई यही कात्तिक २३ गतेभित्र रचना पेश गर्न भनेको हो।        ‘कृषि, पर्यटन, उर्जा र पूर्वाधारः अन्नपूर्ण समृद्धिको आधार’ नारा अगाडि सारिरहेको पालिकाले ऐतिहासिक, सांस्कृतिक, धार्मिक, सामाजिक, जैविक विविधता, आर्थिक लगायतका विशिष्टता एवम् मौलिकला झल्कने गरी गान निर्माण गर्नुपर्ने उल्लेख गरेको छ।        पालिकाको समग्र पहिचान समेटिएको उपयुक्त संगित सहितको ध्वनीमा गान हुनुपर्ने जनाइएको छ… पुरा पढौ