अन्नपूर्ण विशेष

हेलीकप्टर उडानबाट अन्नपूर्णले कमायो ८३ लाख

कास्कीको अन्नपूर्ण गाउँपालिकाले पर्यटन शुल्क अन्तर्गत अन्नपूर्ण आधार शिविर(एविसी) पुग्ने हेलीकप्टर मार्फत बुधबारसम्ममा रु.८२ लाख ८० हजार राजश्व संकलन गर्न सफल भएको छ।सो तथ्य बुधबार भएको १९ औं गाउँसभाका बीच पालिका अध्यक्ष विष्णुबहादुर केसीले जानकारी गराएका हुन्।जसका लागि पालिकाले गतवर्ष कार्यविधि नै निर्माण गरी लागु गरेको थियो।चैतबाट लागु भएको उक्त विधि कार्यान्वयनमा आएसँगै दश महिनाको अन्तरालमै यतिका मात्रामा राजश्व संकलन हुन पुगेको हो।गाउँपालिकाले सूचीकरण भएका सेवा प्रदायकसँग प्रतिउडान रु.१० हजार तथा सूचीकरण नभएकाहरुको हकमा रु.२० हजार शुल्क लिदै आएको छ।त्यसका… पुरा पढौ

दुर्गाभवानी आदर्श विद्यालयको ५३ औं वार्षिकोत्सव

अन्नपूर्ण–२, सेराचौर स्थित दुर्गाभवानी आदर्श आधारभूत विद्यालयको ५३ औं वार्षिकोत्सव, अभिभावक दिवस, पुरस्कार एवम् छात्रवृर्ति वितरण समारोह मंगलबार सम्पन्न भयो।सभा उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले शिक्षा क्षेत्रको सवलीकरणका लागि पालिका गम्भिर रहेको सुनाउँदै पछिल्लो समय पालिकामा शैक्षिक गुणस्तर बृद्धि हुँदै गएको औँल्याए।उनले शिक्षा विकासका लागि विद्यालयलाई हरवखत सहयोग गर्न पालिका तयार रहेको स्पष्ट पार्दै आफ्ना बालबच्चाको पढाइमा ध्यान दिन अभिभावकलाई सुझाए।वडाध्यक्ष पिताम्बर भण्डारीले अभिभावकले चाँसो दिएका विद्यालय मात्रै सफल हुने विश्वास व्यक्त गर्दै विद्यालयका क्रियाकलाप बालमैत्री पाइएको बताए।कार्यक्रममा अन्नपूर्ण… पुरा पढौ

अन्नपूर्ण गाउँपालिकामा अन्तर विद्यालय फुटबल हुँदै

अन्नपूर्ण गाउँपालिकामा अन्तर विद्यालय फुटबल प्रतियोगिता हुने भएको छ ।अन्नपूर्ण फुटबल एकेडेमीको आयोजनामा आगामि माघ १६ र १७ गते उक्त प्रतियोगिताको तयारी गरिएको हो । एकेडेमी (AFA) ले जरा तहको फुटबल विकासलाई प्राथमिकतामा राख्दै विभिन्न प्रशिक्षण तथा प्रतियोगितामार्फत स्थानीय प्रतिभा उत्पादनमा निरन्तर योगदान दिँदै आएको छ।  “Shaping Local Players into Pros: Through Discipline and Sportsmanship” भन्ने मूल नाराका साथ एकेडेमीले अनुशासन, खेलभावना र निरन्तर अभ्यासलाई केन्द्रमा राखेको छ। एकेडेमीले विद्यार्थी खेलाडीहरूको शारीरिक तथा बौद्धिक विकासमा जोड दिँदै जरा तहको फुटबलको… पुरा पढौ

माछापुच्छे« मा.वि.को ५३ औं वार्षिकोत्सव

अन्नपूर्ण २, ढिकुरपोखरी स्थित माछापुच्छे« माध्यमिक विद्यालयको ५३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भयो।सभा उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले पालिका शैक्षिक गुणस्तर अभिबृद्धिको निरन्तर अभियानमा लागेको सुनाउँदै त्यो क्रमशः पुरा हुँदै गइरहेको अनुभव राखे।उनले माछापुच्छे«लाई नमुना शैक्षिक संस्था बनाउन पहल भइरहेको जनाउँदै शिक्षा विनाको जीवन अन्धकारमय हुने स्पष्ट पारे।उपाध्यक्ष चन्द्रकला अधिकारीले शिक्षा सुधार्न सबै जिम्मेवार हुनुपर्ने भन्दै त्यसको नतिजा लामो समय अन्र्तरालपछि देखिने भनाई राखिन्।माछापुच्छ«े शिक्षा क्याम्पस प्रमुख लोकराज भण्डारीले योजना निर्माण गरी विद्यार्थी सङख्या बढाउन लाग्नुपर्ने धारणा… पुरा पढौ

पञ्चासेमा बाला चतुर्दशी मेला सम्पन्न

पञ्चासेमा बाला चतुर्दशी मेला २०८२ सम्पन्न भएको छ । कास्की, पर्वत तथा स्याङ्जा जिल्लाको सीमानामा पर्ने ऐतिहासिक महत्व भएको पञ्चासे तीर्थस्थलको रुपमा विकास भएको छ । त्यहाँको दर्शन गरेपछि बल्ल मुक्तिनाथ लगायतका चार धाम जान सकिने जनविश्वास रहदै आएको छ । दम्पति गई वाला चतुर्दशी मेलामा पञ्चासे परिसरमा घरको आकार बनाई सतविज छर्ने चलन छ । पञ्चासे सरोवर, पंचायन, सिद्ध बाबा मन्दिरसम्मको कुल २ हजार ५ सय १७ मिटर उचाइमा पुगेर सतबीज छर्नुको मज्जा नै बेग्लै हुने दर्शन गर्न स्याङ्जा… पुरा पढौ

स्वास्थ्य सेवामा अन्नपूर्ण गाउँपालिकाको छलाङ

लुम्लेकी टीका देवकोटाले स्वास्थ्य बीमा गर्न थालेको पनि करिव ९ वर्ष पुग्यो।उनले हालसम्म सयौंको बीमा गराइन्।त्यसका लागि उनी अन्नपूर्ण ६ अन्तर्गत पर्ने लुम्लेका विभिन्न टोलसम्म पुगिन्।        पहिले अर्मपर्म गर्न मात्रै पुग्ने टीका दुःख विमार हुदाँ उपचार गर्न सहज हुने काम लिएर टोलटोलमा पुग्दा त्यहाँका स्थानीयमा खुशी पनि छायो।टीकाले विस्तारै वडावासी सबैलाई बीमा कार्यक्रममा आबद्ध पनि गर्दै गइन् ।फलस्वरुप करिव लुम्लेका सबै घरपरिवार जसोलाई कार्यक्रममा समेट्न सफल भइन्।उनले करिव २ सय घरधुरी लुम्लेवासीलाई बीमा सेवामा जोडिन्।        पहिले पुरै रकम… पुरा पढौ

जनसेवा आधारभूतको भवन शिलान्यास

अन्नपूर्ण गाउँपालिका–१०, फुलिवाङ स्थित जनसेवा आधारभूत विद्यालयको भवन शिलान्यास गरिएको छ। अन्नपूर्ण गाउँपालिका तथा पाहार ट्रष्ट नेपालको साझेदारीमा रु.४० लाखको लागतमा बन्न लागेको उक्त भवनको सोमबार आयोजित एक समारोहका बीच शिलान्यास गरिएको हो।लागत मध्ये संस्थाको तर्फबाट रु.२८ लाख तथा गाउँपालिकाले १२ लाख बोहोर्ने उल्लेख छ। भवन शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले सहयोगी ट्रष्टप्रति आभार प्रकट गर्दै शिक्षा विना मानिस पशुतुल्य हुने बताए।उनले गाउँपालिकाले शिक्षालाई महत्व दिएको उल्लेख गर्दै त्यसको झल्को गत सालको एसइई नतिजाले पनि दिएको स्मरण गरे। पाहार… पुरा पढौ

समाजसेवा जिल्लाकै नमूना संस्था बनेको ठहर

अन्नपूर्ण–३, पुरानो मैदान स्थित समाजसेवा युवा परिवारले रजत जयन्ती मनाएको छ। त्यस अवसरमा भएको अन्नपूर्ण गाउँपालिका स्तरीय मा.वि हाजिरीजवाफ प्रतियोगितातर्फ बालमन्दिर मा.वि प्रथम, माछापुच्छे« मा.वि द्वितीय, अभिमान मा.वि तृतीय एवम् सिर्जना मा.वि सान्त्वना भए। प्र्रथम, द्वितीय, तृतीय र सान्त्वना भएसँगै ति विद्यालयले क्रमश नगद रु.९ हजार, ६ हजार, ३ हजार तथा १ हजार पाँच सय साथमा स्टेशनरी र प्रमाणपत्र पुरस्कार प्राप्त गरे। उक्त प्रतियोगितामा प्रश्न निर्माण तथा प्रस्तुतकर्ताको जिम्मेवारी गण्डकी प्रदेश कृषि मन्त्रालयका अधिकृत सन्तोष अधिकारीले वहन गरे। त्यस्तै कास्की… पुरा पढौ

ढिकुरपोखरी रक्तदानमा ३० युनिट संकलन

नेपाल रेडक्रस सोसाइटीे अन्नपूर्ण १,२,३ (ढिकुरपोखरी) उपशाखाको आयोजनामा शनिबार भएको रक्तदान कार्यक्रममा कुल ३० युनिट संकलन भयो।पहिलो रक्तदाता अन्नपूर्ण ३ निवासी चिरञ्जीवी पौडेललाई गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रम शुभारम्भ गरियो।त्यस अवसरमा भनाई राख्दै अध्यक्ष केसीले रक्तदान जीवनदान भएको उल्लेख गरे।उनले ढिकुरपोखरी उपशाखाले मानवीय सेवामा महत्वपूर्ण भूमिका खेल्दै आएको स्मरण गर्दै देश विकासमा सामाजिक भावना अपरिहार्य रहेको चर्चा गरे।उपशाखा सभापति नारायणप्रसाद भण्डारीले रक्तदान गर्ने तथा कार्यक्रम सफल बनाउन भूमिका खेल्ने सबैप्रति आभार प्रकट गर्दै स्वस्थ जीवनका लागि… पुरा पढौ

समाजसेवाको रजत जयन्ती तयारी तीब्र

अन्नपूर्ण–३, पुरानो मैदान स्थित समाजसेवा युवा परिवारले रजत जयन्तीको तयारी तीब्र पारेका छ।क्लवले यही असोज १३ र १४ गते जयन्ती मनाउन लागेको हो।जयन्ती उपलक्ष्यमा अन्नपूर्ण गाउँपालिका माध्यमिक विद्यालय स्तरीय हाजिरीजवाफ एवम् कास्की जिल्ला स्तरीय एकल नृत्य प्रतियोगिताको तयारी गरिएको छ । स्थानीय लक्ष्मी आधारभूत विद्यालय खेल मैदानमा हुने उक्त प्रतियोगिताका तयारी अन्तिम चरणमा पुगेको क्लव अध्यक्ष ओमप्रसाद पौडेलले जानकारी दिए।अन्नपूर्ण गाउँपालिका मा.वि स्तरीय (कक्षा ९ र १०) हाजिरीजवाफ प्रतियोगितातर्फ प्र्रथम हुने विद्यालयले रु.९ हजार, द्वितीयले रु.६ हजार, तृतीयले रु.३ हजार… पुरा पढौ