सेराचौरका बुहारी संगठित

-


     श्रीभद्र पौडेल    
     माघ १५ गते २०८१ मा प्रकाशित


अन्नपूर्ण २ स्थित सेराचौर बुहारी समूहको शनिबार भएको दोस्रो साधारणसभा तथा पहिलो अधिवेशनले तारादेवी अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
अधिवेशनले सरिता सुवेदी भण्डारीलाई प्रथम उपाध्यक्ष, सरास्वती दाहाललाई द्वितीय उपाध्यक्ष, डिलमाया अधिकारीलाई सचिव, गायत्री अधिकारीलाई सहसचिव, चन्द्रा गैरे अधिकारीलाई कोषाध्यक्ष तथा केशा अधिकारीलाई सहकोषाध्यक्षको जिम्मेवारी दिएको छ ।त्यस्तै खिममाया अधिकारी, सीता पौडेल अधिकारी, शान्ति अधिकारी, राधिका दाहाल, लक्ष्मीदेवी अधिकारी र यमुना अधिकारी सदस्य छनोट भए।
ढिकुरपोखरी समाज पोखराका अध्यक्ष लक्ष्मी अधिकारी संयोजक तथा अम्बिका अधिकारी र मिठीदेवी भण्डारी सदस्य रहेको निर्वाचन समितिले सर्वसम्मत समिति चयन गरेको हो।
अधिवेशन उद्घाटन गर्दै वडाध्यक्ष पिताम्बर भण्डारीले समूहलाई अझ बलियो एवम् सशक्त बढाउनुपर्ने औँल्याए।उनले मातृशक्ति ममताका खानी भएको उल्लेख गर्दै आमा दिदीबहिनीको पौरखले नै गाउँटोल क्रमशः समृद्ध बन्दै जाने धारणा राखे।
त्यस अवसरमा वडा सदस्यद्वय माया अधिकारी र भानुभक्त दाहाल, ढिकुरपोखरी समाज पोखराका अध्यक्ष लक्ष्मी अधिकारी, सदस्य गौरी अधिकारी, स्थानीय चुडामणि अधिकारी लगायतले पनि भनाई राखे।
कार्यक्रमका बीच सचिव सरास्वती दाहाल तथा कोषाध्यक्ष डिलमाया अधिकारीद्वारा प्रस्तुत प्रतिवेदन छलफल सहित अनुमोदन भयो ।त्यस्तै समूहलाई सहयोग गर्नेहरु जमुना दाहाल, उर्मिला अधिकारी, चन्द्रकला देवकोटा अधिकारी, सरास्वती दाहाल, खिममाया अधिकारी, लक्ष्मी पौडेल अधिकारीलाई सम्मान गरियो ।
समूह अध्यक्ष इन्दिरा अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रथम उपाध्यक्ष तारादेवी अधिकारीले स्वागत तथा सचिव सरास्वती दाहालले कार्यक्रम संचालन गरिन्।