अन्नपूर्ण विशेष

अन्नपूर्णमा सुत्केरी भेट्न घरघरमा

अन्नपूर्ण गाउँपालिका स्थित नागडाँडा स्वास्थ्य चौकीले सेवाक्षेत्रका सुत्केरीलाई घरमै पुगी भेटघाट गर्न सुरु गरेको छ ।         स्वास्थ्य चौकीले आन्तरिक स्रोतबाट उक्त कार्यक्रम लागु गरेको हो ।जस अन्तर्गत सोमबार ढिकुरपोखरीकी सुत्केरी देवु भण्डारीको निवासमा पुगी आमा तथा बच्चाका लागि सरसफाईका सामग्री हस्तान्तरण गरिएको छ ।         गाउँपालिका उपाध्यक्ष चन्द्रकला देवकोटा अधिकारी, अन्नपूर्ण २ का अध्यक्ष पिताम्बर भण्डारी, स्वास्थ्य चौकी प्रमुख लोकेन्द्रबहादुर भण्डारी, चौकीका कर्मचारी, महिला स्वास्थ्य स्वयम्सेवीका सम्मिलित टोलीले सुत्केरी परिवारसँग भेटघाट गरेको हो ।         त्यस क्रममा सुत्केरी अवस्थामा… पुरा पढौ

अन्नपूर्णमा कृषि उपज संकलन केन्द्र स्थापना

अन्नपूर्ण गाउँपालिकामा कृषि उपज संकलन तथा बिक्री केन्द्र निर्माण गरिएको छ । पालिकाको रु=८ लाख लागतमा -दुई चरणमा_ वडा नं २ चुहिनेपहरामा नवनिर्मित केन्द्रको गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले उद्घाटन गर्नुभएको हो । केन्द्र उद्घाटन गर्नुहुँदै अध्यक्ष केसीले पालिकाले केन्द्रको समग्र व्यवस्थापकीय पक्षमा भूमिका खेल्ने जनाउनुभयो ।उहाँले तत्काल समिति बनाएर छिट्टै केन्द्र सञ्चालन गर्ने तथा उत्पादनका आधारमा अनुदान दिएर किसानलाई प्रोत्साहन गर्ने पालिकाको योजना रहेको सुनाउनुभयो । उपाध्यक्ष चन्द्रकला देवकोटा अधिकारीले पालिकाको व्यवस्थापनमा चल्ने उक्त केन्द्र जनताको सहयोगमा अझ प्रभावकारी तथा… पुरा पढौ

अन्नपूर्णमा मुस्कान सहित सेवा दिन सुरु

आर्थिक वर्षको सुरुवातीसँगै अन्नपूर्ण गाउँपालिकामा मुस्कान सहितको सेवा शुभारम्भ गरिएको छ ।         ‘मुस्कान सहितको सेवा हामी सबैको प्रतिबद्धता’ नाराका साथ मंगलबार जनप्रतिनिधी तथा कर्मचारीले सेवा दिने प्रण गरेसँगै कार्यक्रम लागु गरिएको छ । जस अन्तर्गत कार्यालय प्रमुख, विभिन्न विषयगत शाखा प्रमुख देखि वडा कार्यालयका ढोका ढोकामा सोही अनुसारको स्टिकर टासिएको छ । सेवा शुभारम्भ गर्नुहुँदै गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले कार्यक्रम लागु भएसँगै नागरिक, जनप्रतिनिधि तथा कर्मचारीमा सकारात्मक भावको विकास हुने औँल्याउनुभयो। सेवाग्राहीहरु रिसाएर पनि आउन सक्नुहुन्छ, उहाँहरुलाई खुशी बनाई… पुरा पढौ

अन्नपूर्ण गाउँपालिकावासीको माग, नेपाली भाषामा स्टीमेट बनाइदिनुहोस्

अन्नपूर्ण गाउँपालिकावासीले विकास निर्माणका कार्य गर्ने शिलशिलामा बनाइने स्टीमेटको भाषाका कारण आफूहरुले दुःख पाइरहेको बताएका छन् ।         उनीहरुले प्राविधिकले अंग्रेजी भाषामा निकै साना अक्षरमा स्टीमेट तयार गर्ने गरेको जनाउँदै त्यसमा प्रयोग गर्ने भाषा नेपाली बनाउन र सरल शब्द एवम् ठूला अक्षरमा स्टीमेट तयार गरिदिन माग गरेका हुन्।         आदर्श समाज बुहुमुखी प्रकाशन प्रालिको सहजीकरणमा आइतबार भएको पालिकाको आ.व ०८०÷०८१ को तेस्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रमका बीच पालिकावासीले त्यस्तो आवाज उठाएका हुन्।         उनीहरुले हामी सबै नेपाली हौं, प्राविधिक… पुरा पढौ

पहिरोले घान्द्रुक जाने सडक अवरुद्ध

पहिरोका कारण पर्यटकीय क्षेत्र घान्द्रुक जाने सडक बुधबार रातीदेखि अवरुद्ध भएको छ ।         स्थानीय क्लिउमा सडकको तल्लो क्षेत्रबाट गएको पहिरोका कारण त्यहाँ यातायात अवरुद्ध भएको हो ।जसकारण करिव १० मिटर त्यहाँको ढलान सडक(रड रहित) मुनी भ्वाङ परेको छ ।माथिबाट चक्लाउन सक्ने अवस्था नरहेको अन्नपूर्ण १० का अध्यक्ष गौतम गुरुङले जानकारी दिनुभयो ।         हामीले बिहीबार बाटो खुलाउन निकै प्रयास गयौँ, दुघर्टनाको भयका कारण बाटो सफा गर्न जेसिभी जान तयार भएनन्, अव कामदार खोजेर लगाउनुपर्ने परिस्थती छ, अध्यक्ष गुरुङले भन्नुभयो,… पुरा पढौ

काँडे बराहमा ध्यान मण्डल र अग्नि कुण्ड निर्माण हुँदै

अन्नपूर्ण गाउँपालिका ३ स्थित काँडे बराह मन्दिर क्षेत्रमा ध्यान मण्डल एवम् अग्नि (हवन) कुण्ड निर्माण हुने भएको छ ।         पर्यटन विभागको रु.१ करोड १५ लाखको लागतमा मन्दिर क्षेत्रमा ति संरचना निर्माण हुने भएका हुन् । जस अन्तर्गत आइतबारदेखि कार्य प्रारम्भ गरिएको छ ।         मण्डल एवम् कुण्डको राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य समेत रहनुभएका मन्दिरका संरक्षक कुलबहादुर गुरुङ कुलुले शिलान्यास गर्नुभयो । त्यस अवसरमा प.पुण्यप्रसाद सुवेदी, डिल्लीराम पौडेल तथा इन्द्रप्रसाद अधिकारीले सहजीकरण गर्नुभयो । शिलान्यास गर्नुहुँदै मन्दिरका संरक्षक गुरुङले… पुरा पढौ

बालज्योतिलाई पेमा छालको सहयोग

अन्नपूर्ण–३, मराउँचे स्थित बालज्योति आधारभूत विद्यालयलाई पेमा छाल शाक्य मोनास्ट्रिक इन्स्चिउडले विद्यालय पोशाक (ट्रयाक सुट) एवम् स्टेशनरी तथा खेलकुद सामग्री सहयोग गरेको छ ।         हेमजा स्थित इन्स्चिउडले आइतबार एक कार्यक्रमका बीच त्यहाँ अध्ययनरत कुल २५ विद्यार्थी एवम् ६ जना शिक्षक कर्मचारीलाई ट्रयाक सुट तथा स्टेशनरी सामग्री प्रदान गरेको हो । संस्थाले प्रति विद्यार्थी ८ वटा कापी, एक÷एक दर्जन सिसाकलम, मेटास र कटर एवम् १ थान ज्यामिति बाकस प्रदान गरेको हो ।त्यस्तै उक्त संस्थाले विद्यालयलाई ४ थान फुटबल एवम् ४… पुरा पढौ

हिले महोत्सवमा रमाए हेमजाली

पोखरा । शनिबार सम्पन्न भएको हेम्जा हिले महोत्सबमा हेमजावासीको बक्लो उपस्थिति रहेको थियो । उक्त महोत्सवमा सबै उमेर समुहका व्याक्तिहरु रमाईलो गरिरहेको देखिन्थ्यो । देवीस्थान सेवा समाजको आयोजनामा भएको उक्त कार्यक्रममा कृषि झाँकी सहितको शोभायात्रा मिलनचोक हुदै कार्यक्रम स्थल पुगेको थियो । उक्त महोत्सवमा हिले फुटबल, हिले दौड, रस्साकस्सी, घैटो फुटाउने, झाँकी प्रदर्शन, विद्यालय स्तरीय धान रोपाई प्रतियोगिता, उत्कृष्ट किसान सम्मान, हलगोरु तथा जोडी दौड, आमा समूह बीच असारे भाका, म्युजिकल बेलुन, हिलोमा भाले तथा माछा समाउने लगायतका प्रतियोगिता रहेको… पुरा पढौ

हेमजा हिले महोत्सव हुने

पोखरा ।  राष्ट्रिय धान दिवसको अवसरमा असार १५ गते  चौथो संस्करणको 'हेमजा हिले महोत्सव २०८१' हुने भएको छ ।  देविस्थान सेवा समाज हेमजाको आयोजनामा हुने हिले महोत्सवमा समग्र  पोखरा साथै विष्णुपादुका माई मन्दिरमा पर्यटक आगमन बढने अपेक्षा गरिएको छ। ।  हेमजालाई कृषि पर्यटनसँग जोड्न साथै किसान हुनुमा युवापुस्तालाई गर्व गराउदै कृषिमा आकर्षण बढाउने उदेश्य साथ महोत्सवको आयोजना गर्न लागेको आयोजकले जनाएको छ। “कृषिमा कृषकलाई प्रोत्साहन ः विष्णुपादुका माई मन्दिर हेमजाको सान” भन्ने मुल नाराका साथ आयोजना हुन लागेको  महोत्सवमा हिले फुटबल, महिला पुरुष हिले… पुरा पढौ

‘हेमजा भेट्रान्स कप’: दर्शकको साथ पोखरा १२ लाई उपाधि पोखरा १३ लाई

पोखरा । आज (शुक्रबार) सम्पन्न भएको अन्तर वडास्तरीय 'हेमजा भेट्रान्स कप' २०८१ को फाइनल खेल हेर्न आएका अधिकाश दर्शक पोखरा १२ को सपोर्टमा थियो । त्यस्को बाबजुद पनि उपाधि जित्न सकेन । पोखरा १३ ले ३–० गोल अन्तरले पोखरा १२ लाई पराजित गर्दे च्याम्पियन बन्यो । खेलको ७ औं मिनेटमा १३ का नरेन्द्रजगं गुरुङले गोल गरे । उनले किपर बाट रिबाउण्ड भएर आएको बललाई गोलमा परिणत गरेका थिए। पोखरा १२ का नितिश श्रेष्ठले ५० औ मिनेटमा गरेको पावरफुल प्रहार सेकेण्डबारमा… पुरा पढौ