शितल गुफामा धार्मिक महोत्सव हुँदै

-


     श्रीभद्र पौडेल    
     माघ २७ गते २०८१ मा प्रकाशित


अन्नपूर्ण गाउँपालिका, झोबाङ स्थित शितल गुफामा धार्मिक महोत्सव हुने भएको छ।

 आगामि फागुन १३ देखि १५ गतेसम्म महोत्सव आयोजना गरिएको आज आयोजित अन्तक्रियात्मक कार्यक्रममा शितल गुफा धार्मिक तथा पर्यटकीय विकास संस्थाका सचिव शिवप्रसाद पौडेलले जानकारी दिनुभयो

साविक सल्यान गाविस , हाल अन्नपूर्ण गाउँपालिका झोबाङ स्थित शितल गुफा तथा त्यस आसपासका धार्मिक ऐतिहासिक साथै पर्यटकीय स्थलहरुको पहिचान तथा प्रवद्र्धन गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको वडाध्यक्ष जीवनाथ पौडेल (शंकर)को भनाई छ।

पुरातात्विक महत्वले भरिपूर्ण ऐतिहासिक प्राचिन धार्मिक धरोहर उक्त गुफा परापुर्वकालदेखि बैद्य बस्ने ओडारको नामले परिचित रहेकोमा रोगको महामारी हुदाँ त्यहाँ रहेर आर्युर्बेद जडिबुटी बिधीबाट उपचार गरे निको हुने जनविश्वास रहदै आएको

महोत्सव अन्र्तगत खुला भजन चुड्का प्रतियोगिताका साथै इन्द्रेणी समूह अन्य कलाकारका प्रस्तुतिहरु रहने साङगीतिक कार्यक्रम संयोजक, कलाकार जीवन दाहालले जानकारी दिनुभयो।

महोत्सवमा सहभागिता बढाउन तथा सफल बनाउन गाउँपालिकाले रचनात्मक भूमिका खेल्ने गाउँपालिका अध्यक्ष विष्णु केसीले बताउनुभयो ।उहाँले सहयोग, सल्लाह तथा सुझाव दिन सबैमा आवहान समेत गर्नुभयो।

कार्यक्रम सम्पन्न गर्न शितल गुफा धार्मिक तथा पर्यटकीय विकास संस्थाका अध्यक्ष प्रमोदकुमार पौडेलको संयोजकत्वमा मूल समिति, लालबहादुर खर्तीको संयोजकत्वमा विभिन्न उपसमिति गठन गरी कार्यप्रक्रिया अगाडि बढाइएको संस्थाका सहसचिव निर्मलकुमार पौडेलले जानकारी दिनुभयो।