लक्ष्मी देउराली मन्दिरमा क्षमा पुजाको तयारी

-


     श्रीभद्र पौडेल    
     मंसिर २५ गते २०८१ मा प्रकाशित


कास्कीको अन्नपूर्ण गाउँपालिका ३ स्थित लक्ष्मी देउराली देवी मन्दिरमा क्षमा (शान्ति) पुजाको तयारी गरिएको छ।

       त्यस क्षेत्रमा पछिल्ला वर्षहरुमा सडक दुर्घटनामा परी दर्जन बढीको ज्यान गएसगै त्यहाँ यही २८ मंसिरमा पुजा गरिने भएको हो ।जसअन्र्तगत हिजो सोमबार मन्दिर क्षेत्र सरसफाई एवम् रंगरोगन गरिएको छ।

       त्यहाँ रुद्री पुजा, अग्नी स्थापना, वेदुवापुजा चण्डी एवम् सत्यनारायण पाठ, स्वस्ती शान्ति गरी क्षमा माग्ने तयारी भइरहेको स्थानीय कुलबहादुर गुरुङ(कुलु)ले जानकारी दिनुभयो ।

       पुजाका लागि हालसम्म बुढाघर निवासी झ्यापु पौडेलबाट (हाल अमेरिका) रु. ३० हजार तथा अन्य स्थानीय भक्तजनबाट सहयोग जुटेको छ ।

       पोखरा बाग्लुङ राजमार्ग अन्र्तगत पर्ने उक्त स्थानमा पछिल्लो पटक स्थानीय पुष्पराज पौडेलको  साउन ४ गते सडक दुर्घटनामा परी ज्यान गएको थियो।त्यहाँ सडक निर्माणकै क्रममा चाइनीज कामदारको समेत मृत्यु भएको थियो।

        पुजा गरेसँगै दिंवगत आत्माले शान्ति पाउने तथा सडक दुर्घटनामा कमी आउने अपेक्षा गरिएको मन्दिर निर्माण समितिका अध्यक्ष चिरञ्जीवि पौडेलले बताउनुभयो।