
अन्नपूर्ण गाउँपालिका–४, भदौरे सल्यानवासीले आफ्नो वडामा खानेपानीको समस्या रहेको बताउँदै त्यसको समाधानका लागि सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन्।
गाउँपालिकाको आयोजना साथै अन्नपूर्ण संचार तथा बहुउद्देश्यीय प्रालिको सहजीकरणमा भएको चालु आ.वको प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रमका बीच उनीहरुले त्यसबारे ध्यानाकर्षण गराएका हुन्।
वि.स २०५७ सालमा पञ्चासेबाट गाउँसम्म ल्याइएको खानेपानी योजनाका अधिकाशं पाइप हाल जीर्ण बनेको, जनसङख्या बृद्धिसँगै त्यहाँबाट आएको पानी अप्रर्याप्त हुदाँ अधिकाशं दलित, गरिव तथा पिछडिएको वस्तीमा समस्या भईरहेको, गाउँ नजिकै मुहान नभएको सुनाउँदै वडावासीले समाधानको पहल थालिदिन गाउँपालिका तथा वडा नेतृत्वको ध्यानाकर्षण गराए।
वडामा पिउने पानीको चरम समस्या छ, पेटभरी पानी खान पनि पाइएको छैन, सिचाई त धेरै परको कुरा, खानेपानीकै कारण बसाईसराई समेत गर्नुपर्ने परिस्थती नआउला भन्न सकिन्न, सल्यान चौतारीका मित्रबहादुर केसीले भने।उनीजस्तै स्थानीयहरु गंगाबहादुर विक, गणेश केसी, बुद्धिसागर पौडेल लगायतले पनि खानेपानीका कारण सिर्जत समस्याले गाउँलेहरु आहात बन्नुपरेकोमा दुखेसो पोखे।

खानेपानीका साथै सल्यानवासीले सडकको सुधार हुँदै गएपनि पोखरा सल्यानको भाडादर तुलनात्मक रुपमा महङगो रहेको, प्रदेश तथा पालिकाका कतिपय योजना पहुँचमा आधारमा पर्ने गरेको, बटारे खाएर होहल्ला गर्नेको संख्या वडामा दिनप्रतिदिन बढ्दै गएको, शाखाबाटोलाई महत्व नदिइएको, पञ्चासे पदमार्ग तथा त्यहाँको पर्यावरण संरक्षण ओझेलमा परेको, हलगोरु पाल्ने किसानलाई प्रोत्साहन नभएको, फोहोरमैलाको व्यवस्थापनमा पालिका चुकेको, मनघडेरी च्यानडाँडा क्षेत्रको जीर्ण सडकका कारण दुर्घटनाको जोखिम बढ्दै गएको पनि उल्लेख गरे।
त्यसका साथै उनीहरुले पालिकाले स्वास्थ्य विमा कार्यक्रम गरिव जनता समक्ष पु¥याउनुपर्ने, कक्षागत दरबन्दी कायम गर्न, गाउँ पर्यटनलाई प्राथमिकता दिन, सहकारी संस्थाको अनुगमन गर्न, गाउँपालिकाको प्रशासनीक भवन निर्माण थाल्न, पालिका अस्पताल संचालन गर्न, रतिखोलामा पुल निर्माण गर्न, स्थानीय डल्ले खुर्सानी र मोहीको ब्राण्डिङ गर्न, स्वास्थ्यचौकी पाइक पर्ने स्थानमा सार्न, पुरानो गाउँको बाटो सुधार थाल्न, हनुमानधाम तथा भुमे मन्दिरको स्तरउन्नती गर्न, शितल गुफाको थप प्रवद्र्धन गर्न पनि गाउँपालिकालाई सुझाए।उनीहरुले समग्र रुपमा भदौरे सल्यान क्षेत्रमा विकासको गति भने सन्तोषजनक नै रहेको औँल्याए।
त्यस अवसरमा पालिकावासी गोविन्द केसी, अशोक गुरुङ, शेरबहादुर केसी, जसबहादुर विक, रुपेश गुरुङ, हीतमाया गुरुङ, जगन्नाथ शर्मा, वीरबहादुर गुरुङ, मनोहर दाहाल, देवसिंह थापा, शुक्रराज पौडेल, विष्णु केसी, राजेन्द्र पौडेल, महदत्त पौडेल, ताइकाजी गुरुङ, चेतनाथ सुवेदी, तिलकुमारी केसी, विष्णुबहादुर क्षत्रीले लगायतले विभिन्न जिज्ञासा राख्दै सुझाव एवम् सल्लाह दिए ।
जवाफमा गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले खानेपानी समस्या प्रति पालिका गम्भिर रहेको सुनाए ।उनले भनेः ‘मुहान नै टाँढा छः एक दुई करोड बजेटले पनि केही छुनेवाला छैन’। वडावासीलाई नआतिन भन्दै अध्यक्ष केसीले ढिलो चाँडो खानेपानीको समस्या समाधान हुने विश्वास दिलाए।
अध्यक्ष केसीले चाँडै नै पालिका अस्पताल संचालन हुने जनाउँदै गाउँपालिकाको प्रशासनिक भवन पनि छिट्टै शिलान्यास हुने दावी गरे ।उनले भाडा समायोजनका लागि यहि मंसिर ७ गते पालिका र त्यस क्षेत्रमा चल्ने सम्बन्धीत यातायात व्यवसायी बिच छलफल राखिएको भन्दै विकासमा एकाकार भएर जुट्न सबैसँग आव्हान गरे।
नेपाली कांग्रेस गण्डकी सभापति एवम् अन्नपूर्ण ४ वडावासी शुक्रराज शर्माले सल्यानमा सामुहिक यज्ञको खाँचो खौँल्याउँदै वडाको हितका लागि सामुहिक भावनाको विकास गर्नुपर्ने उल्लेख गरे ।उनले पञ्चासेको पानी अमृतसमान भएको स्पष्ट पार्दै सल्यानको नागवेलीको प्रवद्र्धन गर्नुपर्ने पनि भनाई राखे।
गाउँपालिका उपाध्यक्ष चन्द्रकला देवकोटा अधिकारीले भौतिक विकास भन्दा मानवीय विकास महत्वपूर्ण हुनेमा सचेत गराउँदै त्यसतर्फ ध्यान दिन स्थानीयलाई आग्रह गरिने ।महिला, दलित तथा कृषि संजाल मार्फत पालिकाको विकास गर्न खोजिएको स्पष्ट पार्दै उपाध्यक्ष अधिकारीले आयआर्जन मार्फत उद्यममा जोडिन सुझाइन्।
प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले पालिकाका गतिविधिमा चाँसो राख्न स्थानीयमा आग्रह गर्दै जनताका सुझावलाई ग्रहण गर्ने बताए ।पालिका तथा वडाबाट मुस्कान सहितको सेवा प्रारम्भ भएको, अन्नपूर्ण गान तयारीको प्रक्रिया अगाडि बढेको, पालिका हुलाक कार्यालय स्थापना भएको, कृषि सम्बन्धी ५ कार्यविधि पारित भएका, अभिभावक शिक्षा दिइएको, बजार अनुगमन बढाइएको, पालिकाको सेवा प्रवाहलाई सहज बनाइएको, कोसेली घर निर्माण कार्यविधि बनेको लगायत पछिल्लो ४ महिलाका कार्यप्रगतिको पनि उनले स्मरण गरे।
अन्नपूर्ण ४ का अध्यक्ष आइन्दल गुरुङले सेवाभावका साथ जनप्रतिनिधिहरुले कार्य गरेको दावी गर्दै वडावासीका समस्या समाधानमा पहल भइरहेको धारणा राखे ।अन्नपूर्ण ५ का वडाध्यक्ष जीवनाथ पौडेल (शंकर)ले सीमित स्रोतसाधनका बीच कार्य गर्नुपर्दा सोचेअनुसार विकास हुन नसकेको जनाउँदै विकास निर्माण क्रमशः हुँदै जाने प्रक्रिया भएको प्रष्टाए।
कार्यक्रमका बीच चालु आ.वको प्रथम चौमासिक अवधिमा गाउँपालिका कार्यालय तथा वडा कार्यालयहरुबाट प्रवाह भएका सार्वजनिक सेवा, विकास निर्माण लगायत बजेट तथा कार्यक्रम कार्यान्वयनको प्रभावकारीता एवम् पालिका स्थित सार्वजनिक चाँसो विषयबारे समीक्षा पनि गरियो ।
बाक्लो सख्यामा उपस्थित वडावासीले जनप्रतिनिधि, कर्मचारी, अतिथी, पत्रकार लगायतलाई फूलमालाले स्वागत गरे।त्यस्तै बाँसखर्क तमु आमा समूह, भदौरे आमा समूह, तालिबराङ आमा समूह( साविक २), सल्यान पोखरा तमु समाज तथा प्रेमवस्ती आमा समूहले विभिन्न प्रस्तुति राखे।
गाउँपालिका अध्यक्ष केसीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा अन्नपूर्ण ४ का अध्यक्ष गुरुङले स्वागत, संचारकर्मी रविनाथ दाहाल, गाउँपालिका प्रशासन शाखा प्रमुख ठाकुरप्रसाद अधिकारी, योजना शाखा प्रमुख लक्ष्मण वस्ताकोटी, पशु शाखा प्रमुख ऋषिराम दाहालले टिर्पोटकर्ता, संचारकर्मी सरला त्रिपाठी भण्डारीले प्रतिवेदन प्रस्तुत, संचारकर्मी लक्ष्मणबहादुर परियार र विजय सुनारले छायाङकनकर्ताको भूमिका निर्वाह गरे भने सुनुवाई अन्नपूर्ण संचार तथा बहुउद्देश्यीय प्रालिका अध्यक्ष समेत रहेका पत्रकार श्रीभद्र पौडेलले सहजीकरण गरे।