अन्नपूर्णमा राष्ट्रपति रनिङ शिल्ड सुरु

-


     श्रीभद्र पौडेल    
     मंसिर २० गते २०८१ मा प्रकाशित


अन्नपूर्ण गाउँपालिका शिक्षा शाखाको आयोजनामा बिहीबारदेखि औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको

        प्रतियोगिता उद्घाटन गर्दै नेपाल सरकारका सहसचिव विनोदबहादुर कुँवरले खेलले जीवनलाई अनुशासित एवम् मर्यादित बनाउने बताउँदै खेलले राष्ट्रलाई नै चिनारी दिने जनाए

        अन्नपूर्ण गाउँपालिकाले भौतिक पूर्वाधारसँगै मानविय विकास पनि बढाएको उल्लेख गर्दै सहसचिव कुँवरले  खेलकुदका साथसाथै अध्ययनलाई पनि प्राथमिकतामा राख्न विद्यार्थीलाई सुझाए ।विद्यार्थीले पठनपाठन पछि आफ्नै देशमा बसेर सेवा गर्नुपर्ने जनाउँदै सहसचिव कुँवरले अधुरा खेलकुदका योजनालाई पूर्णता दिन पालिका नेतृत्वको ध्यानाकर्षण गराए।

        गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले पालिकाले शिक्षा, स्वास्थ्य तथा खेलकुदमा लगानी बढाउने प्रतिबद्धता व्यक्त गर्दै पालिकालाई शिक्षाको हव तथा खेलकुदको केन्द्रबिन्दु बनाउन प्रयास भइरहेको स्पष्ट पारे ।उनले शिक्षाको गुणस्तर विगतको तुलनामा पालिकामा सुधार भएको दावी गर्दै शिक्षा क्षेत्रलाई व्यवस्थित बनाउन पालिका, सम्बन्धित अभिभावक तथा विद्यार्थीबीच सहसम्बन्ध स्थापित हुनुपर्ने धारणा राखे

        गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारीले स्वास्थ्यका लागि खेल महत्वपूर्ण हुने भनाई राख्दै खेलसँगै साथित्वको भावना पनि मजवुत बन्दै जाने औँल्याइन्।उनले खेललाई मर्यादित एवम् अनुशासित बनाउनुपर्ने उल्लेख गर्दै विद्यार्थीलाई खेल जीवनको शुभकामना दिइन्

        त्यस अवसरमा गाउँ शिक्षा अनुगमन समितिका सदस्य समेत रहेका नेकपा एमाले अन्नपूर्ण अध्यक्ष चुडामणि अधिकारी, नेकपा माओवादी केन्द्र अन्नपूर्ण अध्यक्ष धर्मबहादुर गुरुङ लगायतले खेल जीवनको महत्वपूर्ण पक्ष भएको धारणा राखे।

        प्रतियोगिता अन्र्तगत विभिन्न १५ विद्यामा छात्रछात्रा प्रतिष्पर्धा हुनेछ।जसअन्र्तगत बिहीबार भएको एक हजार पाँच सय मिटर छात्र दौडतर्फ प्रगतिशिल मावि सल्यानका अनिष सुनार प्रथम, बहादुरे मावि भदौरेका शक्ति विक द्वितीय तथा माछापुच्छे« मावि ढिकुरपोखरीका किशोर विक तृतीय भए

        त्यसैगरी एक हजार पाँच सय मिटर छात्रा दौडतर्फ प्रगतिशील मावि सल्यानकै अनिषा सुनार पहिलो, उमा मावि दाङसिङकी बिनुका विक दोस्रो तथा सिर्जना मावि सिम्पालीकी केशमाया विक तेस्रो हुन सफल भएको गाउँपालिका शिक्षा शाखाले जनाएको छ।

        गाउँपालिका अध्यक्ष केसीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वडा नं. का अध्यक्ष पीताम्वर भण्डारीले स्वागत तथा शिक्षा अधिकृत बलराम भुगाईले कार्यक्रम संचालन गरे।प्रतियोगितामा स्थानीय माछापुच्छे« मावि तथा मर्निङस्टार माविले व्यवस्थापकीय सहयोग गरेका छन्।