अन्नपूर्ण विशेष

अन्नपूर्णवासीको प्रश्नः कहिले बन्छ पालिका भवन ?

कास्कीको अन्नपूर्ण गाउँपालिकावासीले पछिल्ला वर्ष यता बारम्बार गर्दै आउने प्रश्न हो पालिका भवन कहिले बन्छ भनेर ? यो प्रश्न त्यहाँका चिया पसलदेखि खेतवारी, मेलापातमा समेत नागरिक स्तरमा राम्रै चल्ने गर्दछ। वडा कार्यालयका भवन सबै बने, तर पालिका भवनकै ठेगान छैन, माछापोखरीमा बनाउने भनी पहिलो कार्यकालमा(युवराज कुँवरको पालामा) गाउँसभाले निर्णय पनि गर्यो तर ठोस रुपमा काम अगाडि बढ्न सकेन ।दोस्रो कार्यकालका जनप्रतिनिधिको पनि ३ वर्ष बढी बितीसक्यो, अझै पनि पालिका भवन शिलान्यासको सुरसारसम्म छैन।यो सार्वजनिक विषयमा सरोकार राख्ने त्यहाँका आम नागरिकहरु… पुरा पढौ

मोर्निड्डस्टारमा एसइई उत्तीर्ण विद्यार्थीलाई नगद सहित सम्मान

कास्कीको अन्नपूर्ण गाउँपालिका–२, नागडाँडा स्थित मोर्निड्डस्टार माध्यमिक विद्यालयले एसइई २०८१ मा उत्तीर्ण विद्यार्थीलाई बिहीबार एक कार्यक्रमका बीच सम्मान गरेको छ।विद्यालयले ४ जिपीए प्राप्त गर्न सफल समिर अधिकारी सहित उत्तीर्ण ४२ जना विद्यार्थीलाई सम्मान गरेको हो ।४ जिपीए प्राप्त गर्न सफल अधिकारीलाई नगद रु.२० हजार, ३.९ जिपीए प्राप्त गरेकी नम्रता दाहाललाई रु.१० हजार सहित विद्यालयले सम्मान गर्यो।त्यस्तै बाजागाजा सहित ढिकुरपोखरी क्षेत्र परिक्रमा समेत गराइयो।विद्यार्थी सम्मान गर्दै गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले विद्यालयले जिल्लाकै उत्कृष्ट नतिजा ल्याएको बताउँदै त्यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए… पुरा पढौ

‘सकारात्मक सोचले जीवन बदन्छ’

ढिकुरपोखरी समाज पोखराको आयोजना तथा अन्नपूर्ण गाउँपालिकाको आर्थिक सहयोग तथा समन्वयमा आज सकारात्मक सोच एवम् क्षमता विकास कार्यक्रम भएको छ।कार्यक्रम उद्घाटन गर्नुहुँदै अन्नपूर्ण गाऊँपालिका अध्यक्ष विष्णुबहादुर केसीले सकारात्मक सोचले जीवनमा ऊर्जा पैदा गर्ने बताउनुहुँदै त्यस्तो सोचले नै व्यक्ति सफल हुने औँल्याउनुभयो।उहाँले सकारात्मक सोचको कमी हुदाँ समाज विखण्डन, विग्रह तथा कुलतको बाटोमा गइरहेको जनाउनुहुँदै त्यस्तो सोच जीवनका लागि अपरिहार्य रहेको स्पष्ट पार्नुभयो।अध्यक्ष केसीले सकारात्मक सोच राख्न सके मात्र समाज परिवर्तन हुने सुनाउनुभयो।समाजका अध्यक्ष लक्ष्मी अधिकारीले सकारात्मक सोचले व्यक्तिको क्षमता विकास हुने… पुरा पढौ

एसइई नतिजामा अभिमानको रेकर्ड

कास्कीको अन्नपूर्ण गाउँपालिका–५, नयाँपुल स्थित अभिमान मेमोरियल माध्यमिक विद्यालयले हालै प्रकाशित एसइई नतिजामा रेकर्ड कायम गर्न सफल भएको छ।        विद्यालयबाट एसइईमा सहभागि १६ जना विद्यार्थी सबै उत्तीर्ण गराउन सफल भएसँगै विद्यालयले गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा उत्कृष्ट नतिजा ल्याएको हो।        विद्यार्थीको लगनशीलता, शिक्षकको इमान्दारिता एवम् वफादारिता, अभिभावकको चाँसो, गाउँपालिका र विद्यालय प्रशासनको सहयोग एवम् हैसलाका कारण उक्त नतिजा ल्याउन सफलता मिलेको प्रधानाध्यापक उद्ववराज सुवेदीले बताउनुभयो।        यसपटक अभिमानले रेकर्र्ड कायम गर्यो, यो त्यसक्षेत्रकै लागि निकै दुर्लभ नतिजा हो, गाउँपालिका… पुरा पढौ

अन्नपूर्णको बजेटमा मानव विकासलाई प्राथमिकता

अन्नपूर्ण गाउँपालिकाले आ.व ०८२÷८३ का लागि रु. ६५ करोड १५ लाख ३४ हजार ७ सय ७५ को बजेट सार्वजनिक गरेको छ।उपाध्यक्ष चन्द्रकला अधिकारीले मंगलबार १८ औं गाउँसभामा प्रस्तुत उक्त बजेट मानव विकासमा केन्द्रीत छ।बजेटमध्ये २१ करोड ८२ लाख पुँजीगत र ४३ करोड ३२ लाख चालु खर्च छ। त्यस्तै पर्यटन र कृषि क्षेत्रलाई पनि प्राथमिकता दिँदै गाउँपालिकाले समग्र विकासमा अघि बढ्ने लक्ष्य राखेको छ । आगामि वर्ष कृषि उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न ५५ लाख विनियोजन गरिएको छ । व्यावसायिक कृषिलाई… पुरा पढौ

अन्नपूर्ण गाउँपालिका कास्कीको आगामि आर्थिक वर्षका यस्ता छन् कार्यक्रम र प्राथमिकताहरु(पूर्ण पाठ सहित)

अन्नपूर्ण गाउँपालिकाको गाउँ सभाको १८औं अधिवेशन, गाउँपालिका अध्यक्ष श्री विष्णु बहादुर के.सी.द्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम गाउँपालिका उपाध्यक्षज्यू, गाउँसभाका सदस्यज्यूहरू, नेपाली जनताको महत्वपूर्ण योगदानले जारी गरिएको नेपालको संविधान २०७२ को भावना वमोजिम लागु भएको संघीय शासन प्रणाली अनुसार स्थापित तीन तहको सरकार अन्तर्गत लोकतन्त्रको महत्वपूर्ण र सुन्दर पक्ष आवधिक निर्वाचन अनुरुप स्थानीय तह निर्वाचन २०७९ का माध्यमबाट यस अन्नपूर्ण गाउँपालिकाको दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित भै कार्यभार सम्हालेको समेत तिन वर्ष पुरा भएको छ ।… पुरा पढौ

‘समृद्ध अन्नपूर्णः सुखी अन्नपूर्णवासी’

अन्नपूर्ण गाउँपालिका कास्कीले आगामि आ.वका लागि ‘समृद्ध अन्नपूर्णः सुखी अन्नपूर्णवासी’ नीतिलाई अगाडि सार्ने भएको छ। गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीद्वारा गाउँसभाको १८ औं अधिवेशनका बीच आइतबार प्रस्तुत आगामि आ.वको नीति तथा कार्यक्रमका उक्त कुरा अगाडि सारिएको हो। उक्त नाराका साथ गाउँपालिकाले आगामि आ.वका लागि विकासका योजनाहरुलाई मार्गदर्शन गर्न र श्रोत साधनहरुको उपयोगमा दिशानिर्देश गर्ने हेतु सहित कार्यक्रम तर्जुमा गर्ने उल्लेख छ। त्यस्तै पालिकालाई “कृषि, पर्यटन, उर्जा र पूर्वाधार, अन्नपूर्ण समृद्धिको आधार“ को दीर्घकालीन योजना तय गरी “पालिका बन्छ– बन्दैछ, हाम्रो पालामा”… पुरा पढौ

काँडेमा होमस्टे संचालनको प्रयास

कास्कीको अन्नपूर्ण गाउँपालिका–३, काँडेमा घरबास(होमस्टे) संचालनको प्रयास थालिएको छ। जसअन्र्तगत हालै काँडे होमस्टे सम्भावना, अवसर र चुनौती विषयक कार्यशाला भएको छ।        कार्यशालामा गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले काँडे आसपासको क्षेत्र होमस्टेका लागि सम्भावनायुक्त क्षेत्र रहेको जनाउँदै त्यहाँका वासिन्दा तयार भए होमस्टे संचालनमा पालिका सहयोग गर्न तयार रहेको बताए।        ‘अर्गानिक खानाका लागि मान्छे पैसा तिर्न तयार छ, पर्यटकका लागि आतित्थ्यता पनि महत्वपूर्ण हुन्छ, अध्यक्ष केसीले भने बासका लागि पनि गाउँघरको झल्को आउनुपर्दछ।’उनले मर्दी हिमाल तथा अन्नपूर्ण आधार शिविर प्रवेशद्वारका रुपमा… पुरा पढौ

हिमालय माविको ५१ औं वार्षिकोत्सव

अन्नपूर्ण गाउँपालिका–७, तोल्का स्थित हिमालय माध्यमिक विद्यालयको ५१ औं वार्षिकोत्सव सोमबार सम्पन्न भयो । त्यस अवसरमा स्वर्ण जयन्ती स्मारिका विमोचन तथा नवनिर्मित सरस्वती मन्दिर अनावरण पनि गरियो।कार्यक्रम उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले शिक्षा सुधारमा गाउँपालिका चनाखो रहेको स्पष्ट पार्दै शिक्षालाई पालिकाले महत्व दिइरहेको औँल्याए । उनले कम्तीमा ७० प्रतिशत शैक्षिक उपलब्धी हासिल गर्ने गरी क्रियाकलाप संचालन गर्न निर्देशन दिर्दै हिमालय माविलाई नमुना शैक्षिक संस्थाका रुपमा अगाडि बढाउन सुझाव दिए।त्यस अवसरमा पालिका प्रवक्ता समेत रहेका वडाध्यक्ष भरतमान् गुरुङ, स्मारिका प्रकाशन… पुरा पढौ

जनप्रेमी आधारभूतको ७० औं वार्षिकउत्सव

कास्कीको अन्नपूर्ण गाउँपालिका–१०, किम्चे स्थित जनप्रेमी आधारभूत विद्यालयको ७० औँ वार्षिकउत्सव, अभिभावक दिवस एवम् पुरस्कार वितरण समारोह सम्पन्न भएको छ।समारोह उद्घाटन गर्दै वडाध्यक्ष गौतम गुरुङले विद्यालय शिक्षाको आवश्यकता औँल्याउँदै मानिसमा अनुशासन महत्वपूर्ण हुने बताए।उनले वडाको शैक्षिक धरोहरका रुपमा जनप्रेमीलाई चिनाउँदै संस्कारसहितको शिक्षा अपरिहार्य रहेको धारणा राखे।कार्यपालिका सदस्य भुपाल घर्तीले गाउँपालिकाले शिक्षा सुधारमा पहल गरिरहेको स्पष्ट पार्दै कम्तीका ७० प्रतिशत विद्यार्थी उत्तीर्ण हुने गरी शैक्षिक क्रियाकलाप संचालन गर्ने नीति लिइएको जानकारी दिए ।उनले विद्यालय प्रगतिको कामना गर्दै कार्यपालिका सदस्यको हैसियतले विद्यालयका… पुरा पढौ