माछापुच्छे« क्याम्पस संचालनको प्रयास

-


     श्रीभद्र पौडेल    
     माघ २ गते २०८१ मा प्रकाशित


करिव ७ वर्षदेखि बन्द रहेको अन्नपूर्ण–२, ढिकुरपोखरी स्थित माछापुच्छे« क्याम्पसलाई पुनःसंचालन गर्न प्रयास थालिएको छ ।

        जसअन्र्तगत यही पुस २७ गते क्याम्पसको २० औं साधारणसभा(दोस्रो पटक) तथा ७ औं अधिवेशन भएको छ ।अधिवेशनले शिवहरी सुवेदीका अध्यक्षतामा क्याम्पस संचालक समिति गठन गरेको छ ।

        संचालक समितिको उपाध्यक्षमा मुक्तिराम अधिकारी तथा सदस्यहरुमा नारायणप्रसाद भण्डारी, खगराज अधिकारी, बामदेव पौडेल र कृष्णकुमारी सुवेदी छन् ।त्यस्तै वडाध्यक्ष, गाउँपालिका अध्यक्ष, विद्यालयका अध्यक्ष, जिल्ला शिक्षा समन्वयका प्रतिनिधी, विश्वविद्यालयका प्रतिनिधि सदस्य तथा क्याम्पस प्रमुख सदस्य सचिव रहने व्यवस्था छ ।

        कपिलमणी दाहाल संयोजक तथा मदन पौडेल र लोकनाथ पौडेल सदस्य रहेको निर्वाचन मण्डलले सर्वसम्मत संचालक समिति चयन गरेको हो। समिति गठनसँगै अब क्याम्पस प्रमुख नियुक्ती गर्ने र स्नातक तहतर्फ शिक्षाशास्त्र संकाय संचालनको तयारी भइरहेको नवगठित संचालक समिति अध्यक्ष सुवेदीले जानकारी दिए ।उनले आगामि दिनमा त्रि.बिबाट बिबिए संम्बन्धन ल्याई संचालन गर्ने उल्लेख पनि गरे।

        अधिवेशन उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले सबैको साथ सहयोगबाट क्याम्पसलाई पुनःजीवन दिनुपर्ने भन्दै त्यसमा गाउँपालिकाको साथ रहने प्रतिबद्धता जनाए ।उनले स्थानीय समुदायलाई फाइदा पुग्ने विषयहरुको पठनपाठन हुनुपर्ने स्पष्ट पार्दै माछापुच्छे« क्याम्पस त्यस क्षेत्रकै गौरव शैक्षिक संस्था भएको धारणा राखे।

        त्यस अवसरमा गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारी, संस्थापक अध्यक्ष युवराज कुँवर, वडाध्यक्ष पिताम्बर भण्डारी, माछापुच्छे« माविका अध्यक्ष मनपति भण्डारी, संचालक समितिका उपाध्यक्ष गोविन्दप्रसाद अधिकारी, एमाले गाउँपालिका अध्यक्ष चुडामणि अधिकारी, माओवादी गाउँपालिका अध्यक्ष भेषराज पौडेल, राप्रपाका हरीराम भण्डारी, रास्वपाका शोभाखर अधिकारी लगायतले सबैसँग हालेमालो गर्दै क्याम्पस संचालन गर्नुपर्ने भनाई राखे ।पछिल्लो पटक ढिकुरपोखरी समाज पोखराले क्याम्पस संचालनमा सक्रियता देखाएको उनीहरुको भनाई छ ।

मंगलबार भएको पदस्थापना समारोहमा गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले सबै मिली क्याम्पस जोगाउनुपर्ने भन्दै त्यसमार्फत स्थानीयले घर आँगनबाटै उच्च शिक्षा प्राप्त गर्ने औँल्याए।

        निवर्तमान् संचालक समितिका अध्यक्ष पुण्यप्रसाद पौडेलले कार्ययोजना निर्माण गरी संचालनको तयारी गर्नुभन्दै भन्दै क्याम्पस संचालनमा सधाउन स्थानीयसँग आब्हन गरे ।

        नवगठित समिति अध्यक्ष सुवेदीले संकटग्रस्थ अवस्थाको क्याम्पसलाई पुनःजीवन दिन चुनौतीपूर्ण रहेको तर्क गर्दै सबैको सद्प्रयासबाट सफल हुने विश्वास व्यक्त गरे ।हामी दृढ भई कार्ययोजना बनाएर अगाडि बढ्छौँ पक्कै पनि सफल हुन्छौँ भन्ने विश्वासमा छौं।

        क्याम्पस संचालनका लागि पछिल्लोपटक २०७३ माघ ५ देखि १२ गतेसम्म कास्की ढिकुरपोखरी शैक्षिक एवम् धार्मिक महोत्सव भएको थियो।यद्यपि विद्यार्थी अभावका कारण त्यस यतादेखि क्याम्पस बन्द थियो ।

        निर्वाचन संयोजक दाहालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा निर्वाचन समिति सदस्य मदन पौडेलले स्वागत तथा सदस्य लोकनाथ पौडेलले कार्यक्रम संचालन गरे ।