विष्णुपादुका महिला फुटबलमा आज सेमीफाइनलका खेल हुँदै

-


     अन्नपूर्ण खबर     
     माघ २ गते २०८२ मा प्रकाशित


विष्णुपादुका क्लव आयोजनामा हेमजामा बिहीबारदेखि प्रथम विष्णुपादुका आमन्त्रित महिला फुटबल प्रतियोगिता सुरु भएको छ।
प्रतियोगिताको उद्घाटन खेलमा आयोजक समूहले हेमजा युनाइटेडलाई ८–१ गोलअन्तरले पराजित गर्यो।त्यस्तै म्याग्दी फुटबल संघ र ए.एफ.एन ललितपुर बीच भएको दोस्रो खेल सडन डेथमा ६–५को गोलअन्तरसँगै म्याग्दी फुटबल संघ अघिल्लो चरणमा प्रवेश गर्यो।
बिहीबार हिल्ली फिल्डर्स गोरखा र बागलुङ स्पोर्टस् क्लब बीच तेस्रो खेल भएको थियो ।जसमा १–० को झिनो गोलअन्तरले हिल्ली फिल्डर्स गोरखा विजयी भयो।त्यस्तै एस.बी स्पोर्टस् र पृथ्वीनारायण क्याम्पस बीच भएको अन्तिम खेलमा एस.बी स्पोर्टस्को तर्फबाट १० गोल भयो भने पृथ्वीनारायण क्याम्पसको समूहले कुनै पनि गोल गर्न सकेन।
प्रतियोगिता उद्घाटन गर्दै जिल्ला खेलकुद विकास समिति कास्की अध्यक्ष मिलन गुरुङले स्वास्थ्यका लागि खेल महत्वपूर्ण हुने औँल्याए।उनले खेलले अनुशासन तथा भातृत्व विकासमा टेवा पु¥याउने स्पष्ट पारे।
क्लव अध्यक्ष वसन्तकुमार श्रेष्ठले महिलालाई फुटबल प्रति आकर्षण गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको उल्लेख गर्दै खेल जीवनको शुभकामना दिए।
कार्यक्रम संयोजक समेत रहेका क्लवका पूर्व अध्यक्ष जगत थापाले प्रतियोगिताको औचित्य पुष्टी गर्दै मित्रतापूर्वक खेल कौशल प्रस्तुत गर्नुपर्ने बताए।
प्रतियोगिता अन्तर्गत शुक्रबार म्याग्दी स्पोर्टस् तथा एस.बी स्पोर्टस् नवलपुर बीच पहिलो सेमीफाइनल खेल हुनेछ।त्यस्तै आयोजक क्लव र हिल्ली फिल्डर्स गोरखा बीच दोस्रो खेल हुने उल्लेख छ।
‘स्वास्थ्य र सद्भावका लागि खेलकुद’ नाराका साथ भएको उक्त प्रतियोगितामा विजेता समूहले रु.५० हजार एवम् उपविजेता समूहले रु.२५ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउने छन्।
क्लव अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रम सचिव विकल थापाले संचालन गरे।