खेलकुद

आर्चरीमा कास्की च्याम्पियन

पोखरा । तेस्रो सस्करणको गण्डकी प्रदेशस्तरीय आर्चरीमा कास्की च्याम्पियन भएको छ । पोखरामा आज(शनिबार) सम्पन्न प्रतियोगितामा कास्कीले कुल ७ पदक प्राप्त गर्दै च्याम्पियन भएको हो । प्रतियोगितामा ३ स्वर्ण, ३ रजत र ३ काश्य गरी कुल ९ पदकका लागि भएको प्रतिस्पर्धामा कास्की ३ स्वर्ण, २ रजत र २ काश्य पदक प्राप्त गरी च्याम्पियन हुँदा बागलुङ १ रजतका साथ दोस्रो हुँदा म्याग्दी १ काश्य पदकका साथ तेस्रो बन्न सफल भएको छ । पोखरा रंगशालास्थित आर्चरी खेल मैदानमा भएको रिकर्व मेन्स सिंगल्सतर्फ… पुरा पढौ

स्केटबोर्ड प्रतियोगितामा समिर भण्डारी प्रथम

पोखरा । पोखरामा आज भएको स्केटबोर्ड प्रतियोगितामा समिर भण्डारी प्रथम भएका छन । विश्व स्केटबोर्ड दिवसको अवसरमा नेपाल स्केटबोर्ड संघले आयोजना गरेको ११ औं जिल्ला स्तरीय खुल्ला स्केटबोर्ड प्रतियोगितामा भण्डारी प्रथम भएका हुन । उनले स्केटसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । सो प्रतियोगितामा सुमित गुरुङ द्धितिय र अनिस गुरुङ तृतिय भए । प्रथम भएका समिरले स्केटसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । द्धितिय भएका सुमितले स्केट ट्रक र तृतिय बनेका अनिसले सेफ्टी प्याडसहित मेडल र प्रमाणपत्र हात पारे ।… पुरा पढौ

‘हेमजा भेट्रान्स कप’: दर्शकको साथ पोखरा १२ लाई उपाधि पोखरा १३ लाई

पोखरा । आज (शुक्रबार) सम्पन्न भएको अन्तर वडास्तरीय 'हेमजा भेट्रान्स कप' २०८१ को फाइनल खेल हेर्न आएका अधिकाश दर्शक पोखरा १२ को सपोर्टमा थियो । त्यस्को बाबजुद पनि उपाधि जित्न सकेन । पोखरा १३ ले ३–० गोल अन्तरले पोखरा १२ लाई पराजित गर्दे च्याम्पियन बन्यो । खेलको ७ औं मिनेटमा १३ का नरेन्द्रजगं गुरुङले गोल गरे । उनले किपर बाट रिबाउण्ड भएर आएको बललाई गोलमा परिणत गरेका थिए। पोखरा १२ का नितिश श्रेष्ठले ५० औ मिनेटमा गरेको पावरफुल प्रहार सेकेण्डबारमा… पुरा पढौ

पुरुष तथा महिला ह्याण्डबल प्रतियोगिताको तयारी पुरा

पोखरा । गण्डकी प्रदेशस्तरीय पुरुष तथा महिला ह्याण्डबल प्रतियोगिताको तयारी पुरा भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्याण्डबल संघको ब्यावस्थापनमा सञ्चालन हुने उक्त प्रतियोगिताको तयारी पुरा भएको हो । प्रतियोगितामा पुरुषतर्फ ८ जिल्ला र महिला तर्फ ६ जिल्ला गरी कूल १४ टिमको सहभागिता रहने गण्डकी प्रदेश ह्याण्डबल संघले जनाएको छ । पुरुषतर्फ म्याग्दी, बाग्लुङ, पर्वत, कास्की, स्याङजा, तनहुँ, गोरखा र नवलपुरको सहभागिता रहेको छ भने महिलातर्फ म्याग्दी, बाग्लुङ, पर्वत, कास्की, स्याङजा र नवलपुरको सहभागिता हुने… पुरा पढौ

स्याङजा गण्डकी प्रदेश पुरुष टि–२० क्रिकेट च्याम्पियन

पोखरा । स्याङजा गण्डकी प्रदेश पुरुष टि–२० क्रिकेट च्याम्पियन बनेको छ । घरेलु टोली कास्कीलाई ६ विकेटले पराजित गर्दै स्याङजा च्याम्पियन बनेको हो ।पोखरा रंगशालामा बिहिबार सम्पन्न प्रतियोगितामा टस जितेर ब्याटिङ रोजेको कास्की १९ दशमलब ३ ओभरमा सबै १० विकेट गुमाउँदै १०७ रन मात्रै जोड्न सक्यो । यता जवाफी व्याटिङका लागि उत्रिएको स्याङजा ३९ बल बाँकी छंदै ४ विकेटको क्षतीमा १११ रन बनाउँदै उपाधि जितेको हो । उपाधि संगै स्याङजाले नगद १ लाख र उपविजेता कास्कीले नगद ५० हजारका साथमा… पुरा पढौ

अन्तर वडा भेट्रान्सकपको फाइनलमा पोखरा १२ र १३ भिड्ने

पोखरा । हेमजा भेट्रान्स अन्तर वडा कपको फाइनलमा पोखरा १२ र १३ भिडने भएको छ । आज भएको सेमिफाइनलको पहिलो खेलमा पोखरा १० लाई ७–0 गोल अन्तरले पाखा लगाउदै पोखरा १२ ले फाइनलको ढोका खोलेको हो । पोखरा १२ का नितेश श्रेष्ठले खेलको ६ औ मिनेटमा नै गोलको खाता खोलेका थिए । उक्त खेलमा उनले ह्ेट्रिक गरे । त्यस्तै पोखरा १२ का सचिन जंग थापा,सुरज श्रेष्ठ,सन्तोष कार्की र दोस्रो हाफमा बैक्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका तिर्थ आर्चायले समान एक… पुरा पढौ

‘हेमजा भेट्रान्स कप’: क्वाटरफाइनका समिकरण पुरा

पोखरा । 'हेमजा भेट्रान्स कप'मा क्वाटरफाइनलका समिकरण पुरा भएको छ । बुधबार दुई खेल सम्पन्न भए संगै क्वाटरफाइनलका समिकरण पुरा भएको हो ।आज सम्पन्न पहिलो खेलमा पोखरा १० ले आयोजक २५ लाई पराजित गर्दे सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा गोल रहित बराबरी भए पछि खेल ट्राईबेकरमा धकेलिएको थियो । ट्राईबेकरमा ५-३ गोल अन्तरले पराजित गर्दे पोखरा १० सेमिफाइनलमा पुगेको हो । पोखरा १० ले १२ संग भोलि सेमिफाइनलमा भिड्ने छ । त्यस्तै आज नै भएको दोस्रो खेलमा पोखरा… पुरा पढौ

हक्की प्रतियोगिताको तयारी पुरा

पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश हक्की संघको व्यवस्थापनमा शुक्रवारदेखि हुने प्रदेश स्तरीय अन्तर जिल्ला हक्की प्रतियोगिताको तयारी पुरा भएको छ । भारतीय पेन्सन क्याम्पको मैदानमा हुने दोस्रो संस्करणको प्रतियोगितामा गण्डकी प्रदेशका ८ जिल्लाले सहभागिता जनाउने गण्डकी प्रदेश हक्की संघका अध्यक्ष दीपक बहादुर थापाले जानकारी दिए । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई समेटेर १० औं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशको हक्की टिम बनाईने थापाले बताए । अर्को वर्ष कर्णाली प्रदेशको सुर्खेतमा १० औं राष्ट्रिय खेलकुद आयोजना… पुरा पढौ

गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेट ः उपाधीको लागि स्याङजा र कास्की भिड्ने

पोखरा । गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेटको फाइनलमा स्याङजा र कास्की भिड्ने भएको छ स्याङजा समुह बीको विजेता र कास्की समुह ‘ए’ को समुह विजेता बन्दै फाइनलमा पुगेको हो ।यी दुबै टोली भोली बिहिबार पोखरा रंगशालाको क्रिकेट मैदानम हुने फाइनल खेलमा आमने सामने हुने छ । पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा बुधबार भएको लिग चरणको अन्तिम खेलमा बलियो मानिएको नवलपुरलाई २ विकेटले पराजित गरी स्याङजा फाइनल प्रवेश गरेको छ । फाइनल पुग्न निकै दबावका बीच टस जितेर व्याटिङका लागि मैदानमा… पुरा पढौ

गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेट : नवलपुर जित नजिक

पोखरा । गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेट प्रतियोगितामा नवलपुर जित नजिक पुगेको छ । पोखरा रंगशालामा आज भएको दोस्रो खेलमा नवलपुरले गोरखालाई १२५ रनले जितेको हो । पहिलो खेल भारी वर्षाका कारण रद्ध भए संगै बलियो मानिएको स्याङजाले पर्वत संग अंक बाँडन बाध्य भयो नवलपुरले लगातार दुबै खेल जित्दै कुल ४ अंकका साथ समुहमा पहिलो स्थान बनाएको छ भने स्याङजा एक जित र एक खेलमा बराबरी गरी ३ अंकका साथ दोस्रो स्थानमा छ । अंक तालिकामा पर्वतले एक अंक जोडेको… पुरा पढौ