
पोखरा–९,वास्तोलाथर स्थित गुरुकुल विद्या सदन माध्यमिक विद्यालयको आयोजनामा एसइई दिएर बसेका विद्यार्थी लक्षित सप्ताहव्यापी खेलकुद प्रतियोगिता भोलि आइतबारदेखि सुरु हुँदैछ।
प्रतियोगिता अन्र्तगत छात्र।छात्रा भलिवल एवम् फुटसल हुनेछ।भलिवल छात्रतर्फ ४६ एवम् छात्रातर्फ ८ समूह बीच प्रतिष्पर्धा हुने प्रधानाध्यापक भुवन सुवेदीले जानकारी दिनुभयो।
असार १ देखि ३ गतेसम्म छन्त्याल समाज नदीपुरमा छात्र।छात्रा भलिवल एवम् असार ४ देखि ६ गतेसम्म वि फिट् फुटसल गणेशटोलमा फुटसल खेलिनेछ।भोलि भलिवलको उद्घाटन कास्की जिल्ला भलिवल संघका महासचिव टंकराज पौडेलले एक कार्यक्रमका बीच गर्ने तय भएको छ।
विद्यार्थीलाई सिर्जनात्मक बनाई खेलकुद प्रति अभिरुची जगाउन साथै विद्यालयबारे जानकारी दिने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको हो।
प्रतियोगितामा प्रथम हुने समूहले नगद रु.२० हजार, दोस्रो हुने समूहले रु.१० हजार, तेस्रोले रु.५ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन्।त्यस्तै प्रथमलाई पूर्ण छात्रबृत्ति, द्वितीयलाई ५० प्रतिशत छात्रबृत्ति, तेस्रो तथा सान्त्वना हुने समूहले पनि २५ प्रतिशत छात्रबृत्ति पाउनेछन्।त्यस्तै सहभागि सबै विद्यार्थीलाई २० प्रतिशत छात्रबृत्ति दिइने भएको छ ।
खेल संयोजक समेत रहनुभएका विद्यालयका लेखा प्रमुख हरी ढकालले विद्यार्थी प्रतिभा पहिचान गर्न विद्यालय सधै प्रयासरत रहने जनाउनुहुँदै विद्यार्थीको भविष्यसँग आफूहरु सजग रहेको सुनाउनुभयो।
प्रतियोगितामा भलिबलतर्फ कास्की, स्याङजा, लमजुङ, पर्वत, बाग्लुङ, म्याग्दी, तनहुँ र गोर्खाका समूहले उपाधिका लागि प्रतिष्पर्धा गर्नेछन्।









