खेलकुद

अन्तर वडा स्तरीय फुटबलको फाइनलमा वडा न.१ र १५ भिड्ने

हेमजा यूनाइटेडको आयोजनामा“युवा एकता र विकासका लागि खेलकुद”भन्ने मूल नाराका साथ जेष्ठ १० गते देखि जारी अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको बिहीबार सेमिफाइनलका खेल सम्पन्न भएको छ । विहिवार भएको वडा न।२५ र १ बिचको सेमिफाइनल खेलको र्निघारित  समयमा दुवै टिमले २÷२ गोल बाराबरीको नतिजा निकाल्दा  खेल ट्राइवेकरमा परिणत भयो । जसमा वडा न।१ ले वडा नं।२५ लाई ५–३ को गोल अन्तरले पछि पार्दै फाइनल प्रवेश गरेको हो । जितका लागि वडा न १ का जर्सी नंं। ७ का ईश्वर… पुरा पढौ

अन्तर वडास्तरीय फुटबलका सेमिफाइनल खेल आज

पोखरा.२५ हेमजा स्थित हेमजा यूनाइटेडको आयोजनामा“युवा एकता र विकासका लागि खेलकुद”भन्ने मूल नाराका साथ जेष्ठ १० गते देखि जारी अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको बुधवार क्वाटर फाइनलका खेल सम्पन्न भएको छ ।  वुधवार भएको वडा न.१३ र १५ विचको अन्तिम क्वाटर फाइनलको खेलमा र्निघारित  समयमा दुवै टिमले नतिजा निकाल्न नसक्दा खेल ट्राइवेकरमा परिणत भयो । जस्मा वडा न. १५ ले वडा न.१३ लाई ३–२ को गोल अन्तरले पछि पार्दै सेमिफाइनल प्रवेश गरेको हो । जितका लागि वडा न १५ का… पुरा पढौ

हेमजामा अन्तर वडा फुटबल जारी

पोखरा–२५, हेमजामा जारी ३५ वर्ष माथि उमेर समूहको अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता अन्तर्गत सोमबार दुई खेल भएका छन्। पहिलो खेल वडा नं. १३ र १४ का बीच भएकोमा १३ नं. वडाले २–० गोलअन्तरले वडा नं.१४ लाई हराउँदै अगाडि बढ्यो।त्यस्तै वडा नं. २५ निलो तथा वडा नं.२० वीच भएको पहिलो क्वाटरफाईनल खेलमा ४–० गोलअन्तरले पछि पादै वडा न.२५ निलो सेमिफाइनल प्रवेश गर्यो ।उक्त खेलमा वडा न.२५ अन्तर्गत जर्सी न. ६ का खेलाडी राजु श्रेष्ठ म्यान अफ दि म्याच घोषित भए।… पुरा पढौ

वडा न. १ र ५ विजयी

पोखरा महानगरपालिका वडा नं ।२५ हेमजामा ३५ वर्ष माथिको उमेर समूहको “अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता–२०८२”को दोस्रो दिन दुई खेल सम्पन्न भएको छ ।आइतवार भएको पहिलो खेल वडा न. १७ र १ बिच भएको थियो ।जस्मा १ ले २–१ गोलको अन्तरले पछि पार्दै विजयी भयो । वडा न.८ र ५ बिच भएको दोस्रो खेलमा ४–१ गोल अन्तरले वडा न.५ ले जित आफ्नो पक्षमा पार्न सफल भयो । भोलि पहिलो खेल वडा न १३ र १४ बिच हुनेछ । दोस्रो वडा… पुरा पढौ

हेमजामा अन्तर वडा स्तरीय फुटबल सुरु

पोखरा महानगरपालिका वडा नं .२५ हेमजामा ३५ वर्ष माथिको उमेर समूहको “अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता–२०८२” सुरु भएको छ । हेमजा यूनाईटेडको आयोजनामा गौरीशङ्कर खेल मैदानमा सुरु प्रतियोगिताको शनिवार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्नु भयो । नगर प्रमुख आचार्यले आफूहरू महानगर क्षेत्रको समग्र खेलकुद विकास लागि प्रतिबद्ध रहेको बताउनुभयो । खेल पूर्वाधारको विकास तथा निर्माण, खेलाडीहरूको क्षमता विकास तथा प्रोत्साहन, खेल चेतनाको विकास, विद्यालय तथा समुदाय स्तरमा खेलकुदको भावना जागरण लगायत कार्यहरूमा महानगरपालिकाले काम गरिरहेको उहाँले बताउनुभयो ।पोखरा… पुरा पढौ

आजदेखि हेमजामा अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता

हेमजा । आजदेखि पाेखरा २५ हेमजामा अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता शुरु हुदैछ । “युवा एकता र विकासका लागि खेलकुद ” भन्ने मूल नाराका साथ हेमजा यूनाईटेडकाे आयोजनामा हुने प्रतियाेगितामा १३ टिमकाे सहभागिता रहनेछ । आगामी १७ गतेसम्म हुने ३५ वर्ष भन्दा माथि उमेर समूहबिचकाे अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताकाे पहिलाे खेल आयोजक हेमजा युनाइटेड निलो र वडा न. २९ बिच बिहान ठिक १०ः०० बजे हुने  क्लबका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक इन्द्र बहादुर कुवँरले जानकारी दिए । दोस्रो खेल वडा… पुरा पढौ

बिरेठाँटी माविमा प्रतिभा प्रर्दशनी

अन्नपूर्ण गाउँपालिका ८ स्थित बिरेठाँटी माध्यमिक विद्यालयमा सोमबार विद्यार्थी प्रतिभा प्रर्दशनी एवम् अतिथी स्वागत गरिएको छ । कार्यक्रमका बीच प्राविधिक धार कम्प्युटर इञ्जिनियरिङतर्फ कक्षा ९–१२ का विद्यार्थीद्वारा विभिन्न रोवोटिक्स, विज्ञान तथा प्रविधि सम्बन्धी परियोजना प्रदर्शन गरिए। त्यस्तै सांस्कृतिक कार्यक्रम, नृत्य प्रर्दशन साथै विद्यार्थीहरुको तेक्वान्दो खेल प्रदर्शनीमा प्रशिक्षक बोधराज गिरीले सहजीकरण गर्नुभयो ।त्यसैगरी विद्यार्थीबाट विभिन्न हस्तकला प्रदर्शनी गरियो। कार्यक्रममा भनाई राख्नुहुँदै अमङ्गील हुमन फाउन्डेशनका क्याप्टेन अमङ्गीलले विद्यार्थी प्रतिभाको प्रशंसा गर्नुहुँदै संस्थाले आगामि दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। वडाध्यक्ष विजय… पुरा पढौ

न्याश्नल इन्भेन्टिभ छात्रा भलिवलतर्फ च्याम्पियन

प्याब्सन कास्कीद्वारा आयोजित १८ औं प्याब्सन स्पोर्टस मिटमा न्याश्नल इन्भेन्टिभ मावि बैदामले छात्रा भलिवलतर्फ स्वर्ण पदक प्राप्त गरेको छ । पोखरा रंगशालामा १४ मंसिर देखि २३ गतेसम्म सञ्चालित स्पोर्टस मिटमा करिव ३ हजार विद्यार्थीले भाग लिएका थिए । कूल २१ टिमको सहभागिता रहेको भलिवल प्रतियोगितामा न्याश्नल इन्भेन्टिभले प्रि–क्वाटर फाइनलमा स्टेप बाई स्टेप माविलाई, क्वाटर फाइनलमा सिर्जना माविलाई, सेमीफाइनलमा टप्स माविलाई र फाइनलमा न्यूमिलिनियम एकेडेमीलाई लगातार दुई सेटमा परास्त गर्दै उपाधि हात पारेको हो । सो प्रतियोगितामा न्याश्नल इन्भेन्टिभ माविकै कक्षा… पुरा पढौ

अन्नपूर्णमा राष्ट्रपति रनिङ शिल्ड सुरु

अन्नपूर्ण गाउँपालिका शिक्षा शाखाको आयोजनामा बिहीबारदेखि ५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।         प्रतियोगिता उद्घाटन गर्दै नेपाल सरकारका सहसचिव विनोदबहादुर कुँवरले खेलले जीवनलाई अनुशासित एवम् मर्यादित बनाउने बताउँदै खेलले राष्ट्रलाई नै चिनारी दिने जनाए ।         अन्नपूर्ण गाउँपालिकाले भौतिक पूर्वाधारसँगै मानविय विकास पनि बढाएको उल्लेख गर्दै सहसचिव कुँवरले  खेलकुदका साथसाथै अध्ययनलाई पनि प्राथमिकतामा राख्न विद्यार्थीलाई सुझाए ।विद्यार्थीले पठनपाठन पछि आफ्नै देशमा बसेर सेवा गर्नुपर्ने जनाउँदै सहसचिव कुँवरले अधुरा खेलकुदका योजनालाई पूर्णता दिन पालिका नेतृत्वको ध्यानाकर्षण गराए।… पुरा पढौ

गुरुकुल विद्यासदनमा खेलकुद सप्ताह

पोखरा–९, नयाँबजार स्थित गुरुकुल विद्यासदन माध्यमिक विद्यालयमा वार्षिक कार्यक्रम अन्र्तगत खेलकुद सप्ताह भएको छ।         सप्ताह अन्र्तगत छात्र फुटबल, छात्रछात्रा बास्केटबल, रस्साकस्सी, दौड, रिले दौड साथै फुटसल(कक्षा १–३) भएको हो ।प्रतियोगिता अन्तरिक रुपमा विद्यालयमा तथा बाहृय रुपमा पोखरा २० स्थित भलामचौर मैदानमा भएको थियो।         विद्यालयका अध्यक्ष रवि कार्कीले विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्न विद्यालय प्रयासरत रहेको स्पष्ट पार्नुहुँदै पठनपाठनका अलवा खेल गतिविधिलाई पनि महत्व दिर्दै आएको बताउनुभयो। उहाँले अनुशासनलाई ख्याल गर्न विद्यार्थीलाई सुझाव दिनुहुँदै सिर्जनशीलता भन्ने कुरा जीवनमै महत्वपूर्ण हुने… पुरा पढौ