
नेलम्बो नेपालले सामुदायिक विद्यालयलाई अनुदानमा शिक्षक सहयोग गर्दै आइरहेको छ ।त्यसका अलवा स्वास्थ्य, शिक्षा र वातावरणको क्षेत्रमा पनि संस्था क्रियाशिल छ ।
निजी शिक्षक अनुदान सहयोग अन्तर्गत ४ वर्षदेखि माछापुच्छे« गाउँपालिका–७, धम्पुस स्थित जनप्रिय आधारभूत विद्यालय तथा ३ वर्षदेखि उदय माध्यमिक विद्यालयमा शिक्षक सहयोग गर्दै आइरहेकोमा यस वर्ष पनि दुवै विद्यालयमा शिक्षक अनुदान नविकरण गरिएको हो।जसअनुसार उदय माविमा एक कार्यक्रमका बीच सम्झौता भएको छ।

माछापुच्छ«े गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले नेलम्बोले सामाजिक उत्तरदायित्व अन्तर्गत महत्वपूर्ण कार्यक्रमहरु गरेको स्मरण गर्दै यस वर्ष देखि गाउँपालिकाले नेलम्बोसँग थप सहकार्य गरी कार्यक्रम सञ्चालन गर्ने बताइन्।उनले नेलम्बोका कार्यक्रमहरु गुणस्तरीय हुने औँल्याउँदै गाउँपालिकाका अन्य क्षेत्रमा पनि कार्य गर्न सुझाव दिइन्।

माछापुच्छ«े ७ का अध्यक्ष बैकुष्ठप्रसाद भण्डारीले नेलम्बोले वार्षिक रुपमा रु.१८ देखि २० लाखसम्मका योजनाहरु आफ्नो वडामा कार्यान्नयन गर्ने गरेको स्पष्ट पार्दै नेलम्बोसँग सहकार्य गरी निरन्तर कार्यक्रम संचालन गर्नुपर्ने बताए ।उनले शिक्षा तथा स्वास्थ्य जस्तो सम्वेदनशील क्षेत्रमा नेलम्बोको क्रियाशिलता प्रशम्सा योग्य रहेको धारणा राखे ।वडामा दम रोगको समस्या बढी भएको जनाउँदै वडाध्यक्ष भण्डारीले त्यसलाई लक्षित गरी नेलम्बोले अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराउन लागेकोमा खुशी व्यक्त गरे ।
नेलम्बो अध्यक्ष एकदेव देवकोटाले संस्थाले स्वास्थ्य, शिक्षा र वातावरणको क्षेत्रमा कार्य गरि आएको स्पष्ट पार्दै त्यसमा माछापुच्छ«े गाउँपालिका प्रारम्भिक थलो रहेको स्मरण गरे ।उनले आवश्यकताका आधारमा संस्थाले विद्यालय तथा समुदायमा अन्य थप कार्यक्रम संचालन गर्दै जाने प्रतिबद्धता जनाए।
गाउँपालिका शिक्षा शाखा प्रमुख सम्झना पोख्रेलले नेलम्बोले उल्लेखनीय कार्यहरु गर्दै आइरहेकोमा आगामि वर्षहरुमा थप सहकार्य गर्ने बताइन्।
उदय माध्यमिक विद्यालयका प्रधानाध्यापक धनबहादुर क्षत्रीले नेलम्बोले आफ्नो विद्यालयमा हालसम्म गरेका क्रियाकलापको सारांश प्रस्तुत गरे ।जनप्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक चुडामणि भण्डारीले नेलम्बोले विद्यालयमा हरेक दुःखमा साथ दिर्दै आएको स्पष्ट पारे।

कार्यक्रमका बीच शिक्षक सम्झौता बारे नेलम्बोमा कार्यक्रम संयोजक भीमप्रसाद भण्डारीले जानकारी दिए ।
नेलम्बोले शिक्षक अनुदान सम्झौता अन्तर्गत उदय माविलाई वार्षिक रु.३ लाख ९० हजार (मावि विज्ञान शिक्षक) तथा जनप्रिय आधारभूतलाई वार्षिक रु.१ लाख ५६ हजार उपलब्ध गराउँदै आएको छ ।सोही रकममा अन्तरिक स्रोतबाट केही थप गरी विद्यालयले शिक्षकलाई पारिश्रमीक उपलब्ध गराउँदै आएका छन् ।
उदय माविका अध्यक्ष यममाया विकको अध्यक्षतामा भएको कार्यक्रम शिक्षक अमृतकुमार भण्डारीले संचालन गरे ।