कास्की

नेलम्बो नेपालको सामाजिक परीक्षण, गरिव जनताको मन मनमा बस्न सफल

पोखरा ४ स्थित नेलम्बो नेपालको शनिबार एक कार्यक्रमका बीच सामाजिक लेखा परीक्षण गरीएको छ ।         सामुदायिक स्वास्थ्य शिक्षा तथा वातावरण, मुख तथा दन्तरोग एवम् कान तथा श्रवण रोग सुरक्षा साथै शिशुस्याहार परामर्श एवम् विकास गरी तिन परियोजना संचालन गर्दै आइरहेको उक्त संस्थाको सामाजिक प्रभाव मूल्याङकन गरिएको हो ।         सामाजिक प्रभाव मूल्याङकन प्रतिवेदन प्रस्तुत गर्दै सामाजिक लेखा परीक्षक डा. ऋषिकेश पाण्डेले नेलम्बोद्वारा संचालित परियोजनाहरु सफलताउन्मुख रहेको बताउँदै ति परियोजनाहरुलाई दुर्गम वस्ती लक्षित गर्नुपर्ने बताए ।         आफूहरुले साढे २… पुरा पढौ

बुढानिलकण्ठ मन्दिरमा प्राण प्रतिष्ठा

पोखरा–४, फिर्के स्थित बुढानिलकण्ठ मन्दिर परिसरमा बिहीबार विभिन्न भगवान्का मुर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।भगवान् आकारका मुर्तिलाई बोलाएर मन्दिर क्षेत्रमा विधीपूर्वक राख्ने कार्यलाई प्राण प्रतिष्ठा भन्ने गरिन्छ ।        त्यस अवसरमा नवग्रह, शिवपञ्चायन, हनुमान, कालभैरव, देवीमाता, गणेश, राधाकृष्ण, सुर्यदेव लगायतको प्राण प्रतिष्ठा गरिएको हो ।कार्यक्रममा पं.बासुदेव आचार्य, पं.रामप्रसाद अर्याल र पं.प्रसम अर्यालले सहजीकरण गरे।        त्यस्तै पितृ तार्ने उद्देश्यले आवुदयिक श्राद्ध गरिनुका साथै ग्रह तथा द्वारमात्रिका(ढोका) पुजा समेत भएको छ।        उक्त मन्दिरमा प्राण प्रतिष्ठा गरिएका मुर्तिको शुक्रबार विशेष पुजा… पुरा पढौ

पहिरोले घान्द्रुक जाने सडक अवरुद्ध

पहिरोका कारण पर्यटकीय क्षेत्र घान्द्रुक जाने सडक बुधबार रातीदेखि अवरुद्ध भएको छ ।         स्थानीय क्लिउमा सडकको तल्लो क्षेत्रबाट गएको पहिरोका कारण त्यहाँ यातायात अवरुद्ध भएको हो ।जसकारण करिव १० मिटर त्यहाँको ढलान सडक(रड रहित) मुनी भ्वाङ परेको छ ।माथिबाट चक्लाउन सक्ने अवस्था नरहेको अन्नपूर्ण १० का अध्यक्ष गौतम गुरुङले जानकारी दिनुभयो ।         हामीले बिहीबार बाटो खुलाउन निकै प्रयास गयौँ, दुघर्टनाको भयका कारण बाटो सफा गर्न जेसिभी जान तयार भएनन्, अव कामदार खोजेर लगाउनुपर्ने परिस्थती छ, अध्यक्ष गुरुङले भन्नुभयो,… पुरा पढौ

बालज्योतिलाई पेमा छालको सहयोग

अन्नपूर्ण–३, मराउँचे स्थित बालज्योति आधारभूत विद्यालयलाई पेमा छाल शाक्य मोनास्ट्रिक इन्स्चिउडले विद्यालय पोशाक (ट्रयाक सुट) एवम् स्टेशनरी तथा खेलकुद सामग्री सहयोग गरेको छ ।         हेमजा स्थित इन्स्चिउडले आइतबार एक कार्यक्रमका बीच त्यहाँ अध्ययनरत कुल २५ विद्यार्थी एवम् ६ जना शिक्षक कर्मचारीलाई ट्रयाक सुट तथा स्टेशनरी सामग्री प्रदान गरेको हो । संस्थाले प्रति विद्यार्थी ८ वटा कापी, एक÷एक दर्जन सिसाकलम, मेटास र कटर एवम् १ थान ज्यामिति बाकस प्रदान गरेको हो ।त्यस्तै उक्त संस्थाले विद्यालयलाई ४ थान फुटबल एवम् ४… पुरा पढौ

मणिपाल काण्डः पोखरा महानगरमा अख्तियारको छापा

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले मङ्गलबार पोखरा महानगरपालिका कार्यालयमा छापा मारेको छ । कानुनविपरीत मणिपाल शिक्षण अस्पताललाई राजस्व छुट दिइएको उजुरीपछि अख्तियारले महानगरमा छापा मारेको हो । आख्तियार पोखराका प्रवक्ता उपसचिव जगदीशचन्द्र सिवाकोटीले महानगरबाट मणिपालसँग सम्बन्धित कागजात नियन्त्रणमा लिएको जानकारी दिए । “यसबारे हामीकहाँ उजूरी पनि परेको छ र मिडियामा पनि आएको कुरा हो,” उनले भने । मणिपाललाई करिब २० करोड कर छुट दिएर घरनक्सा सम्पन्न प्रमाणपत्र दिइएको थियो । महालेखा परीक्षकको प्रतिवेदनले यसमा प्रश्न उठाएपछि सञ्चारमाध्यममा यसको चर्काे आलोचना… पुरा पढौ

नमुना पत्रकार सम्मेलन

पोखरा । पोखरा कलेज अफ म्यानेजमेन्टमा बीबीए आठौं सेमेस्टरका विद्यार्थीहरूले आइतबार नमुना पत्रकार सम्मेलन अभ्यास कार्यक्रम सम्पन्न गरेका छन् । पोखरा उद्योग बाणिज्य संघको सभाकक्षमा दुईवटा सेक्सनका ७२ जना विद्यार्थीहरूले ६ वटा समूहमा बाँडिएर अभ्यासको प्रस्तुतिकरण गरेका थिए । बीबीए अन्तिम सेमेस्टरमा ‘मिडिया र जनसम्पर्क’ विषय अध्ययनरत विद्यार्थीहरूलाई कार्यक्षेत्रको प्रत्यक्ष अनुभव गराउने सन्दर्भमा यो कार्यक्रम आयोजना गरिएको कलेजका बीबीए कार्यक्रम संयोजक हरी अधिकारीले बताए । कार्यक्रममा क्याम्पस प्रमुख लिना श्रेष्ठ नेगीले विद्यार्थीहरूले यस्ता कार्यक्रमबाट आफ्नो व्यवसायिक जीवनमा अत्यन्त काम लाग्ने… पुरा पढौ

रैथाने उत्पादनको ब्राण्डिङमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले रैथाने उत्पादनको ब्राण्डिङमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुुभएको छ । साना तथा मझौला व्यवसायी महासंघ नेपाल कास्कीले आयोजना गरेको औद्योगिक मेलामा बोल्दै उहाँले अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्न रैथाने उत्पादनलाई ब्राण्डिङ गर्नुुपर्ने बताउनुभएको हो । “गुणस्तरियतामा ख्याल राख्दै रैथाने उत्पादनको बजारीकरण गर्नुपर्ने आवश्यकता देखिन्छ । जसका लागि प्रदेश सरकार यहाँहरु सँगै छ ।”, उहाँले भन्नुभयो । मन्त्री थापाले साना तथा मझौला व्यवसायीहरुको आत्मबल बढाउने गरी प्रदेश सरकारले नीतिगत निर्णय… पुरा पढौ

सगरमाथा आरोहणको इतिहासबारेको नयाँ डकुमेन्ट्री प्रर्दशन

पोखरा । पोखराको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा सगरमाथा आरोहणको इतिहास समेटिएको नयाँ डकुमेन्ट्री प्रर्दशन थालिएको छ । अल्पाइन क्लबले माउन्ट एभरेष्ट फाउण्डेसनसँगको सहकार्यमा तयार पारेको ‘एभरेष्ट बाइ दोज हु वेयर दियर’ डकुमेन्ट्री प्रदर्शन गरिएको हो । संग्रहालयमा आउने पर्यटकलाई यो डकुमेन्ट्री नियमित देखाइने संग्रहालयकी कार्यकारी निर्देशक निर्मला न्यौपानेले बताइन् । जोन पोर्टर र डन बुसले निर्माण गरेको डकुमेन्ट्री ३४ मिनेट लामो छ । सगरमाथा आरोहणका निम्ति सन् १९२१, २२ र २४ मा तिब्बततर्फबाट भएका प्रयासबारे डकुमेन्ट्रीमा उतारिएको छ । एक सय… पुरा पढौ

गण्डकी सरकार उद्धार र राहतमा जिम्मेवार भएन : पूर्व मुख्यमन्त्री अधिकारी

पोखरा । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले बाढी पहिरो लगायतका प्राकृतिक विपत्तिमा परेका जनताको उद्धार र राहत लगायतमा गण्डकी प्रदेश सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको बताउनुभएको छ । आइतबार प्रदेश सभा बैठकमा बोल्दै नेकपा (एमाले) गण्डकी प्रदेश संसदीय दलका नेता समेत रहनुभएका अधिकारीले संसदमा सांसदहरुले उठाएका महत्वपूर्ण विषयलाई सरकारले वास्ता नगरेको गुनासो गर्नुभयो । संसदमा उठेका कुरालाई सम्बोधन नगर्ने खालको निष्प्राण सरकार संसदले परिकल्पना नगरेको उहाँको प्रष्टोक्ति थियो । हालै अविरल वर्षाको कारण आएको बाढी, पहिरो तथा डुबानको कारण… पुरा पढौ

गार्डेन दर्पण लोकार्पण

पोखरा । लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डेनको आवधिक प्रकाशन गार्डेन दर्पण एक समारोहका बीच लोकार्पण गरिएको छ । दर्पणको लायन वर्ष २०२३÷२४ का जोन २८ का चियर पर्सन पूर्णमान लालचन, क्लब अध्यक्ष तुलबहादुर रानाभाट, समाजसेवी यमबहादुर गुरुङ, रमा पराशर र इलेक्ट अध्यक्ष ई. सुजित बिजुक्छेले संयुक्तरूपमा लोकापर्ण गरे । कार्यक्रमका प्रमुख अतिथि पूर्णमान लालचनले क्लबका गतिविधिसहित प्रकाशित गरेको गार्डेन दर्पणलाई आफ्नो कार्यकालको महत्वपूर्ण प्राप्तिका रूपमा लिएको बताए । उनले सेन्ट्रल गार्डेनले गरेका नमूना कार्यबाट आफू निकै प्रभावित भएको धारणासमेत… पुरा पढौ