
पोखरा महानगरपालिका वडा नं.१८ सराङकोटमा बिहीबार सार्वजनिक सुनुवाई हुँदैछ।
वडा कार्यालयले नागरिकलाई प्रदान गरेको सेवा प्रवाह, विकास निर्माण, बजेट तथा कार्यक्रम कार्यान्वयनको प्रभावकारीता एवम् सुशासनका बारेमा केन्द्रीत रहेर सार्वजनिक सुनुवाई गर्न लागिएको वडाध्यक्ष शिवप्रसाद तिमिल्सीनाले जानकारी दिनुभयो।
वडा कार्यालयको सभाहलमा विहान ११ बजेदेखि सुरु हुने उक्त सुनुवाईमा सराङकोटका सम्पूर्ण आम नागरिकलाई उपस्थितीका लागि आग्रह गरिएको छ।
हाम्रो कार्यकालमा हालसम्म गरेका सेवा प्रवाह, विकास निर्माणमा केन्द्रीत रहेर वडावासीसँग प्रत्यक्ष छलफलमा जुट्छौं अध्यक्ष तिमिल्सीनाले भन्नुभयोः कार्यक्रममा उपस्थित भएर वडाले गरेका गतिविधिका बारेमा राम्रा पक्ष, सुधार गर्नुपर्ने पक्षका विषय वास्तविकता औँल्याएर समुन्नत वडा निर्माणमा सबै मिली हातेमालो गरौं अध्यक्ष तिमिल्सीनाले भन्नुभयो।
सुनुवाईका बीच वडावासीले राखेका विभिन्न जिज्ञासा, सुझाव, सल्लाहलाई वडाध्यक्ष लगायतका जनप्रतिनिधि तथा विषयगत प्रमुख एवम् प्रतिनिधिले सम्बोधन गर्नुहुँनेछ।
वडाको सार्वजनिक उत्तरदायित्व प्रवद्र्धन गर्ने, जनताबाट प्राप्त राय, सल्लाह, सुझाव र गुनासोहरुको जानकारी प्राप्त गरी सो को सम्बोधन मार्फत जनउत्तरदायी वडा बनाउने उद्देश्यका साथ सराङकोटमा सुनुवाई हुन लागेको हो।









