पञ्चासे संरक्षण पुरस्कारबाट गुरुङद्वय सम्मानित

-


     हरीराम भण्डारी    
     मंसिर ९ गते २०८२ मा प्रकाशित


यस वर्षको पञ्चासे संरक्षण पुरस्कार २०८२ बाट पर्वत आर्थरका लोकबहादुर गुरुङ र कास्की सिधानेका गुमानसिंह गुरुङ सम्मानित हुनुभएको छ।
माछापुच्छ्रे विकास सँघद्वारा स्थापित पञ्चासे संरक्षण पुरस्कार हरेक वर्ष वाला चतुर्थी मेलाको अवसरमा त्यस क्षेत्रमा संरक्षण र विकासमा प्रत्यक्ष योगदान पुर्याउने व्यक्ति, समूह र संस्थालाई प्रदान गर्दै आइएको छ ।
अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले एक समारोहका बीच पोखरा मनपा वडा नं. २३ सिधानेका गुमानसिंह गुरूङ र कुश्मा नपा वडा नं. १४ आर्थरका लोकबहादुर गुरूङलाई संयुक्त रूपमा सम्मान प्रदान गर्नुभयो । पुरस्कृत दुबै जना पञ्चासेमा लामो समयदेखि संरक्षण र विकासमा क्रियाशील हुनुहुन्छ।
उक्त कार्यक्रममा अन्नपूर्ण गाउँपालिका वडा नं. २ का अध्यक्ष पीताम्बर भण्डारी वडा न ४ का अध्यक्ष आइन्दल गुरुङ , पञ्चासे क्षेत्र विकास समितिका उपाध्यक्ष ताराबहादुर गुरुङ , सम्मानित व्यक्तित्व गुमानसिंह गुरुङले भनाई राख्नुभएको थियो।
संस्थाका अध्यक्ष दिलबहादुर भट्टराईको अध्यक्षतामा भएको उक्त कार्यक्रम महासचिव कृष्ण माया गुरुङले संचालन गर्नुभयो।