
नेकपा (एकीकृत समाजवादी) को अध्यक्षमा माधवकुमार नेपाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत निर्वाचित हुनुभएको छ।
पार्टीको जारी १० औँ राष्ट्रिय महाधिवेशनले आज अध्यक्षमा नेपाल र महासचिवमा भुसाललाई सर्वसम्मत चयन गरेको हो।
त्यस्तै झलनाथ खनाल सम्मानित नेता चयन हुनुभएको छ।यी तीन पद महाधिवेशन हलले सर्वसम्मत रुपमा घोषणा गरेको हो।अन्य पद सचिवालयले टुङ्ग्याउने निर्णय भएको जनाइएको छ।