
नेकपा(एमाले) पोखरा महानगरपालिका वडा नं.२५, हेमजाको दोश्रो अधिवेशनले रुद्रनाथ पौडेलको अध्यक्षतामा वडा कमिटि चयन गरेको छ।
अधिवेशनले देवीप्रसाद अधिकारीलाई उपाध्यक्षमा, हिक्मत थापालाई सचिवमा, रमा त्रिपाठी र लालमाया भुजेल गुरुङलाई उपसचिवको जिम्मेवारी दिएको छ ।
त्यस्तै सदस्यमा हेमराज त्रिपाठी, एकबहादुर कुँवर, विश्वास त्रिपाठी, रीता त्रिपाठी, विष्णु बास्तोला र सीता केसी छनोट भए।
अधिवेशन उद्घाटन गर्दै एमाले केन्द्रीय सदस्य तथा क्षेत्र नं.३ कास्की इञ्चार्ज राजीप पहारीले पार्टीलाई क्रियाशिल बनाइरहनुपर्नेमा जोड दिनुभयो।
त्यस अवसरमा केन्द्रीय सदस्य समेत रहनुभएका प्रतिनिधिसभा सदस्य दामोदर पौडेल वैरागी, गण्डकी प्रदेशसभा सदस्य गणेशमान् गुरुङ, कास्की अध्यक्ष वैनबहादुर अधिकारी क्षत्री, पोखरा महानगरपालिका अध्यक्ष जीवन आचार्य लगायतले धारणा राख्नुहुँदै नवगठित कमिटिलाई बधाई दिनुभयो ।
नवगठित कमिटि अध्यक्ष रुद्रनाथ पौडेलले वडा कमिटिलाई चलायमान् बनाउन आफूले सक्दो भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभयो।
वडा कमिटि अध्यक्ष ऋषिराम पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपसचिव रमा त्रिपाठीले स्वागत तथा सचिव देवीप्रसाद अधिकारीले कार्यक्रम संचालन गर्नुभयो।