
नेकपा माओवादी केन्द्र पोखरा–२५, हेमजाको विस्तारित बैठक शनिबार भएको छ।
बैठकलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री समेत रहेका पार्टी केन्द्रीय सदस्य रामजीप्रसाद वरालले संगठन विस्तारमा जोड दिर्दै माओवादी आन्दोलनकै कारण देशमा लोकतान्त्रिक गणतन्त्र आएको भनाई राखे।उनले गणतन्त्र प्राप्तसँगै देशमा विकासले फड्को मारेको चर्चा समेत गरे।
त्यस अवसरमा पार्टीका केन्द्रीय सदस्य दुर्गा विक, जिल्ला सचिव विनय थापा, प्रदेश सदस्य भोजराज पौडेल, जेष्ठ सदस्य चक्रपाणी पौडेल लगायतले पनि धारणा राखे ।
उनीहरुले पार्टीलाई मजवुत बनाउनुपर्ने, जनताका समस्यामा बढी केन्द्रीत गर्नुपर्ने, जनजीविकाका मुद्धाहरुलाई उठाउँदै जानुपर्ने जनाउँदै महानगर सम्मेलनको तयारी थाल्न निर्देशन दिए ।हेमजामा माओवादीको बलियो उपस्थिती रहेको भन्दै उनीहरुले त्यसलाई अझै बढाउँदै लानुपर्ने उल्लेख गरे।
वडा कमिटि अध्यक्ष महादेव अधिकारीले जनताका समस्यामा वडा कमिटि चनाखो रहेको स्पष्ट्र पार्दै माओवादी आन्दोलनले स्थापित गरेका मुद्धाहरु जनता माँझ लोकप्रिय हुँदै गइरहेको औँल्याए।
बैठकले वडा कमिटि अध्यक्षको नेतृत्वमा अधिवेशन आयोजक समिति निर्माण गरेको छ।त्यस्तै यही असार महिनाभित्र वडा अधिवेशन सम्पन्न गर्ने निर्णय पनि भएको छ।
वडा कमिटि अध्यक्ष अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा महानगर उपाध्यक्ष भानुभक्त अधिकारीले स्वागत तथा वडा कमिटि सचिव विष्णु बास्तोलाले कार्यक्रम संचालन गरे।











