
पोखरा १७ स्थित छोरेपाटन माध्यमिक विद्यालयमा आइतबार अन्तरसदनात्मक हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ।
कक्षा ११ तथा १२ विहानी समूह अन्तर्गत भएको उक्त प्रतियोगितामा निलोे सदन प्रथम भयो।त्यस्तै पहेलो सदनले दोस्रो तथा हरियो सदनले तेस्रो स्थानमा चित्त बुझायो।
प्रतियोगितामा खेलकुद तथा अतिरिक्त क्रियाकलाप संयोजक डिल्लीराम बराल, शिक्षकहरु लिला पराजुली, लिलानाथ आचार्य (विमल), माधव भट्टराई, लक्ष्मण पौडेल, भीम थापा, श्रीभद्र पौडेल, सुशिला कुँवर लगायतले सहजीकरण गर्नुभयो।
कार्यक्रमका धारणा राख्नुहुँदै प्रधानाध्यापक डिल्लीराम शर्माले विद्यार्थी प्रतिभा प्रष्फुटन गर्न विद्यालय प्रयासरत रहेको औँल्याउनु हुँदै वार्षिक कार्यतालिका अनुसार हजिरजवाफ गरिएको स्पष्ट पार्नुभयो।उहाँले सिर्जनशीलतामा नै संसार चलिरहेको भन्दै मानिसमा इच्छाशक्ति, ज्ञानशक्ति एवम् क्रियाशक्ति हुनुपर्ने उल्लेख गर्नुभयो।
सहायक प्रधानाध्यापक मेघनाथ पौडेलले विद्यार्थी हरेक हिसावले अब्बल हुनुपर्ने बताउनुहुँदै पठनपाठनका अलवा समसामयिक विषयमा पनि चाँसो राख्नुपर्ने धारणा राख्नुभयो।उहाँले सरोकारवाला सबैको प्रयासमा विद्यालयलाई नमूना शैक्षिक संस्था बनाउने कार्य अन्तिम चरणमा पुगेको पनि सुनाउनुभयो।
प्रधानाध्यापक शर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रम खेलकुद तथा अतिरिक्त क्रियाकलाप संयोजक बराल तथा शिक्षक लिला पराजुलीले संयुक्त रुपमा संचालन गर्नुभयो।










