
पोखरा–९, वास्तोलाथर स्थित गुरुकुल विद्या सदन माध्यमिक विद्यालयले नाटक भोला मञ्चन गरेको छ।
टङ्क चौलागार्इँ लेखक तथा सुसन पौडेल निर्देशक रहेको उक्त नाटक गैह्रापाटन स्थित पोखरा नाटकघरमा मंगलबार मञ्चन गरिएको हो।त्यस अवसरमा गुरुकुलका विद्यार्थी इम्रान अट्टारी, श्लो गुप्ता, आदित्य जंग थापा, प्रिन्स घिमिरे, सविन ठाडामगर, रोशनी रोकामगर, प्रत्युसा ढकाल, इसान थापा, सगुन लामिछानेले अभिनय गर्नुभयो।
त्यस्तै विद्यार्थी प्रनिश घिमिरे, ग्रीस्मा कार्की, समृद्धि आचार्य, कृसा खाँड ठकुरी, दीपशिखा रेग्मी, अनुप पौडेल तथा दर्शना बास्तोला पनि कलाकार भूमिकामा रहनुभयो।
नाटक मार्फत समाजमा रही आएको वर्गिय भिन्नतालाई देखाइएको छ।आफन्त नै भएपनि वर्गिय व्यवहार गर्ने तथा तत्कालिन समाजले अनाथ बालबालिकाको आवाज बन्द गर्ने, पढ्न लेख्न नदिने गरेको सन्दर्भलाई नाटक मार्फत औँल्याइएको छ।
त्यस अवसरमा धारणा राख्नुहुँदै प्रधानाध्यापक भुवन सुवेदीले विद्यार्थीको चौतर्फी विकासमा विद्यालय प्रयासरत रहेको स्पष्ट पार्नुहुँदै ३ वर्षदेखि यस किसिमका नाटक मञ्चन गर्दै आइरहेको स्मरण गर्नुभयो।
कार्यक्रममा दश जोड दुई संयोजक वसन्तकुमार श्रेष्ठ, सहायक प्रधानाध्यापक फणिन्द्र अधिकारी, अभिभावक देवराज घिमिरे लगायतले पनि धारणा राख्नुभयो।उहाँहरुले नाटक दृष्यपक्षले जीवन्त बन्ने पनि जनाउनुभयो।
कार्यक्रममा बीच नाटकघर संचालक परिवर्तन, प्रशिक्षक सुसन पौडेल, रमेश तिमिल्सीना, समृद्धि आचार्य लगायतलाई विद्यालयले सम्मान गर्यो।










