
गीतकार विक्रम पौडेलको नयाँ गीत ‘झरी बरिलै’ सार्वजनिक भएको छ।पौडेलको शब्दसंगीत रहेको उक्त गीतमा पूर्ण संयोगको एरेन्ज तथा रिना केसीले स्वर दिएकी छन्।
बाँसुरी डिजिटल स्टुडियो पोखरामा रेकर्ड उक्त गीतको मिक्सिङ मास्टरिङ कुमारराना मगरले काठमाडौं स्थित मारुनी स्टुडियोमा गरेका हुन् ।गीत छायाङकनमा गणेश सापकोटाले भूमिका खेले।
गीतमा अस्मिता रनपाल र रिना केसीले मोडलको भूमिका निभाएका छन्।गीत अस्मिता रनपालले निर्देशन गरेकी हुन् भने अमृत चापागाइँले भिडियो सम्पादन गरे।
उक्त गीत मार्फत मूल्य बृद्धि, गाउँघरतिरका कामकाजका व्यस्थता, झरी परेको, बाढीपहिरोको भय ,नेट नचेलेको कुरा देखाइएको छ।
त्यस्तै आमाबाबु गाउँमा एक्लै परेका, छोराछोरी सहरतिर पसेका, टिकटकमा सबै भुलेका, पीडा, वेदना, गुनासो, रहर आदि विषयलाई पनि समेटिएको छ।
पौडेलका यसअघि नै वैँसालु नजरैमा, फर्की हेर्यौ सोल्टिनी, जानी मयाले, बुकी फुलेछ, जोडी बरिलै, रोधी घर मादलु रन्को लगायतका गीत सार्वजनिक भइसकेका छन्।
शिक्षणमा समेत आवद्ध पौडेल पछिल्लोपटक गीत संगीतमा पनि अब्बल बन्दै गएका छन्।









