‘२ लाख कट्यो’ गीत बजारमा

-


     अन्नपूर्ण खबर     
     श्रावण २१ गते २०८२ मा प्रकाशित


आरति अधिकारी सापकोटाको प्रस्तुति ‘२ लाख कट्यो’ गीत  सार्वजनिक भएको छ ।

महङगी बढेका वेला सौन्दर्य प्रतिको मोह सुनको मूल्य आकाशिएको र हुदाँ खाने वर्गले लगाउन सक्ने अवस्था नबनेको कुरा गीतमा समेटिएको छ।

आरति अधिकारी, माया गुरुङ र ज्ञानेश्वर सुवेदीले स्वर भरेको उक्त गीतमा शब्द, लय आरति अधिकारीकै छ।

गीतमा उषा मातले आमा, कुमार गौतमले छोरा, रितीका राईले बुहारीको भूमिका निभाएका छन्। त्यस्तै कल्पना सिग्देल, राजेन्द्र शर्मा, भावना पन्त, संस्कति सुवेदी, प्रसंशा अधिकारी, आकाश दाहाल, सुमित कँडेल, अनुज अधिकारी, अनमोल, युनिसा अधिकारी, सुन्दर डिसी लगायतको पनि अभिनय छ।

हेमजा तथा पोखरा आसपास छायाङकन गरिएको उक्त गीत निर्माणमा ज्ञानसागर एकेडेमी हेमजा तथा मिलन आमा समूह सुईखेतले सधाएका छन्।

गीतमा चर्को महङगी, महिलालाई सौन्दर्यप्रतिको मोह, पुरुषलाई बिलासिता गरी सुनलाई त्रिकोणात्मक दृष्टिकोणबाट देखाइएको छ।जसमा सासु, छोराबुहारी, सासुका पालाको दुःख, अहिलेका महिलाको दुःख सँगसँगै सुखको आशा समेत प्रस्तुत छ।

त्यस्तै गीतले घरमा श्रीमान्ले श्रीमती र आमालाई मिलाउनपर्छ भन्ने सन्देश पनि दिएको छ । त्यस्तै जाँडरक्सी खाने परिवारमा सधै अशान्ति हुने कुरा पनि उल्लेख गरिएको छ।