समाचार

हेमजा स्थित पेमा छाल गुम्बाद्वारा सहयोग

हेमजा, याम्दी स्थित पेमा छाल शाक्य गुम्बाले शाक्य गोङमा ठ्रिछेन रिन्पोछेको ८० औं जन्मोत्सवको अवसरमा बाग्लुङ ढोरपाटनका २ विद्यालयमा सहयोग गरेको छ ।        गुम्बाले ढोरपाटन–९, चिसापानी स्थित ज्योति विकास माविका कुल एक सय ८६ जना विद्यार्थी तथा १४ जना शिक्षक एवम् ढोरपाटन विलिभर्स अङग्रेजी स्कुलका ७० जना विद्यार्थी र १० जना शिक्षकलाई कार्यालयका सामाग्री, स्टेशनरी, खेलकुद, मनोरञ्जन तथा सरसफाईका सामाग्री प्रदान गरेको हो ।        सोही अवसरमा न्यून आय भएका ७० घरपरिवार स्थानीयलाई कम्बल, टोपी, मोजा, चामल, दाल, तेल,… पुरा पढौ

शिक्षक नायकलाई प्राथमिक उपचार तालिम

नेपाल रेडक्रस सोसाइटी कास्कीले युवा रेडक्रस सर्कलका शिक्षक नायकका लागि आधारभूत प्राथमिक उपचार तालिम दिएको छ ।यहि असोज २ गतेदेखि ५ गतेसम्म आवासिय रुपमा तालिम दिइएको हो।        तालिम उद्घाटन गर्नुहुँदै अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले रेडक्रससँग मिलेर अन्नपूर्ण गाउँपालिकाले मानवीय सेवाका कार्यहरु गर्ने उल्लेख गर्नुहुँदै स्वयम्सेवाको भावना महत्वपूर्ण भएको औँल्याउनुभयो। तालिम समापन गर्नुहुँदै रेडक्रस केन्द्रीय उपकोषाध्यक्ष डोलराज पाण्डे तथा कास्की सभापति डण्डराज शर्मा लगायतले तालिमसँगै सर्कलका गतिविधिमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुहुँदै प्राथमिक उपचारबारे ज्ञान नहुदाँ कतिपयले अकालमै ज्यान… पुरा पढौ

सिद्धभूमि सहकारीमा पुनः दुर्गादत्त दाहाल

अन्नपूर्ण गाउँपालिका २ स्थित सिद्धभूमि बचत तथा ऋण सहकारी संस्था लि.को बिहीबार भएको ११ औं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनले पुनः दुर्गादत्त दाहाल(सुर्य)को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।        समितिको उपाध्यक्षमा नारायणप्रसाद दाहाल, सचिवमा दीपकराज दाहाल, कोषाध्यक्षमा भानुभक्त अधिकारी तथा सहसचिवमा टंकप्रसाद अधिकारी छन् ।अधिवेशनले खेमराज दाहाल, भरतराज दाहाल, राममाया दाहाल, लक्ष्मी चपाई सापकोटा, टंकप्रसाद दाहाल र दीपक अधिकारीलाई सदस्यको जिम्मेवारी दिएको छ ।        त्यस्तै विष्णुप्रसाद अधिकारी नेतृत्वमा नविन दाहाल र मोतिलाल दाहाल सदस्य रहने गरी लेखा… पुरा पढौ

‘उच्च शिक्षाको गन्तब्य गेन्स कलेज’

उच्च शिक्षाका लागि पोखरामा नयाँ कलेज स्थापना गरिएको छ। एम्विए, विविए र विएस्सी सिएस्आइटी विषय अध्ययनका लागि सुदुरपश्चिम विश्वविद्यालयबाट हालै सम्बन्धन लिएर पोखरा–३, नदीपुरमा गेन्स (गण्डकी एकेडेमी अफ् इन्टरडिसीपिनरी स्टडिज) कलेज स्थापना गरिएको हो ।       कलेजमा विएस्सी व्यवस्थापनतर्फ ४ वर्षमा आठ सेमेस्टर, विएस्सी सिएसआइटी (कम्प्युटर साइन्स एण्ड इन्फरमेसन टेक्नोलोजी) तर्फ ४ वर्षमा आठ सेमेस्टर तथा एम्विए अन्र्तगत २ वर्ष ४ सेमेष्टरमा अध्ययन हुनेछ ।       आफूहरुले ज्याक मेजीरोको फिलोसफी (दर्शन) अन्र्तगत विद्यार्थीमा आधारभूत रुपान्तरीत शिक्षा प्रदान गर्ने उद्देश्यका साथ… पुरा पढौ

‘मरेर पनि बाचिरहने यमलाल’

अन्नपूर्ण गाउँपालिका–६, लुम्लेका स्वः यमलाल देवकोटा बहुआयमिक व्यक्तित्व हुनुभएको चर्चा गरिएको छ।        यमलाल शैक्षिक स्मृति प्रतिष्ठानको आयोजनामा हालै लुम्लेमा भएको ८ औं स्मृति दिवस कार्यक्रमका बीच स्वः देवकोटाको चर्चा गरिएको हो ।त्यस अवसरमा वक्ताहरुले यमलाल मरेर पनि बाचिरहनुभएको धारणा राख्दै जीवनकालमा गरेका कृर्तिले नै यमलाललाई अजर अम्मर बनाएको स्पष्ट पार्नुभयो । त्यस अवसरमा जेष्ठ नागरिक, गरिव, जेहेन्दार विद्यार्थी एवम् एसइईमा उत्कृष्ट अङक ल्याउने विद्यार्थीलाई सम्मान पनि गरियो।        प्रतिनिधिसभा सदस्य दामोदर पौडेल वैरागीले स्वः यमलाल सादा जीवन उच्च विचारमा… पुरा पढौ

मट्टिखानमा तीज उत्सव

गण्डकी प्रदेश सभा सचिव हरिराज पोख्रेलले सङघ, प्रदेश तथा स्थानीय तहको सामूहिक प्रयासबाट मात्रै जनताले अनुभूति गर्ने खालको विकास र परिवर्तन सम्भव हुने बताउनुभयो । शुक्रवार फेदीखोला गाउँपालिका १ मा जेन्टलमेन युवा क्लबले आयोजना गरेको मट्टिखान तीज उत्सवको उद्घाटन गर्नुहुँदै प्रदेश सभा सचिव पोख्रेलले त्यस्तो बताउनुभएको हो । उहाँले पर्यटकीय क्षेत्र मट्टिखानको विकासको लागि विगतका दिनहरुमा विभिन्न गतिविधि सञ्चालन गरेकोमा आगामि दिनमा पनि स्थानीय, प्रदेश तथा संघ सरकारसँग समन्वय गरिरहनुपर्ने जनाउनुभयो।  पछिल्लो समय मुलुकमा युवा शक्ति पलायन हुँदै गइरहेको अवस्थामा… पुरा पढौ

तीजमेलामा रमाए हेमजावासी (फोटो फिचर)

विगतका वर्षहरुमा जस्तै यसपालिको तीजमेलामा पनि हेमजावासीहरु निकै रमाएको देखियो ।नाच्नेखेल्ने दिन भनेर चिनिने हरितालिकाको मुख्य दिन शुक्रबार विष्णुपादुका खेल मैदानमा दिनभर जसो हेमजाका दिदीबहिनी नाँचगान गरे ।        कतिपयले छुट्टै अभिनय सहित गीत प्रस्तुत गरे भने विष्णुपादुका क्लवले आमा दिदीबहिनीहरुको हैसलाका लागि खैजरी मुजुरा लगायतका बाध्य सामग्री प्रदान गयो ।कार्यक्रमलाई वडा कार्यालय, विभिन्न व्यक्ति एवम् संघसंस्था तथा समयले पनि राम्रै साथ दियो ।        आलु महोत्सवकै झल्को दिने गरी शुक्रबार दिनभर त्यहाँ सांस्कृतिक कार्यक्रम पनि भए । हेमजा स्थित… पुरा पढौ

स्थापना दिवसमा वक्तृत्वकला

लायन्स क्लब अफ पोखरा आँखीझ्यालले पाँचौं स्थापना दिवसको अवसरमा माध्यमिक तह विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ । त्यस अवसरमा सिग्नेचर प्रोजेक्ट घोषणा पनि भयो ।           प्रतियोगितामा १६ विद्यालयलाई पछि पार्दै फिस्टेल एकेडेमी प्रथम, मदरल्यान्ड मावि द्वितीय, गण्डकी बोर्डिङ तृतीय र सिर्जना माविले सान्त्वना स्थान हासिल गरे ।           डिस्ट्रिक ३२५ एम नेपालका गभर्नर चण्डीप्रसाद अर्यालले विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि कार्यक्रम जिल्लामै नमूना बनेको दावी गर्नुहुँदै प्रत्यक्ष रुपमा विद्यार्थीसंग जोडिएर गरिएको कार्यक्रमले  समाजमा सकारात्मक संदेश दिने बताउनुभयो ।… पुरा पढौ

हेमजा तीज मेलालाई सहयोग

पोखरा–२५, हेमजा स्थित महिला संजालको आयोजना तथा विष्णुपादुका क्लबको सहआयोजनामा हुन लागेको तीज मेलालाई सहयोग आउने क्रम जारी छ । मेला अन्तर्गत खुला तीज गीत, घैटो फुटाउने, रस्साकस्की लगायतका प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक महिला संजाल अध्यक्ष अप्सरा तिमिल्सीनाले जानकारी दिनुभयो । तीजगीतमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने समूहले क्रमशः नगद रु.२० हजार, १५ हजार, १० हजार, ५ हजार साथमा प्रमाणपत्र पुरस्कार पाउने छन् । सान्त्वना पुरस्कार दुई समूहलाई प्रदान गरिने उल्लेख छ। प्रथम पुरस्कार हेमजा निवासी होतराज… पुरा पढौ

व्याण्ड कम्पिटिसनको उपाधि गुरुकुल विद्यासदनलाई

पोखरामा भएको दोश्रो ईन्टर स्कुल व्याण्ड कम्पिटिसनको उपाधि गुरुकुल विद्या सदनले जितेको छ ।  पोखरा सांगीतिक कलाकार संघको आयोजना तथा पोखरा महानगरपालिका र गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा ‘शिक्षासँगै संगीत’ भन्ने मूल नाराका साथ शनिबार भएको फाइनल प्रतिष्पर्धामा ९ स्कुल व्याण्डलाई पछि पार्दै गुरुकुलले उपाधि जितेको हो । उपाधि बिजेता गुरुकुलले नगद १ लाखसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।                 शनिबार पोखरा सभागृहको भरिभराउ दर्शकबीच भएको निक्कै प्रतिष्पर्धात्मक फाइनल प्रतिष्पर्धामा ग्लोबल कलेजियट माविले द्वितीय स्थान प्राप्त ग¥यो भने फिस्टेल… पुरा पढौ