पालिका गान बनाउँदै अन्नपूर्ण

-


     श्रीभद्र पौडेल    
     कार्तिक १२ गते २०८१ मा प्रकाशित


कास्कीको अन्नपूर्ण गाउँपालिकाले आफ्नै पहिचान झल्कने गरी गान (पालिका गान) निर्माण गर्ने भएको छ।

       गान निर्माण सम्बन्धमा शुक्रवार एक सूचना जारी गर्दै गाउँपालिकाले इच्छुक सर्जकलाई यही कात्तिक २३ गतेभित्र रचना पेश गर्न भनेको हो।

       ‘कृषि, पर्यटन, उर्जा पूर्वाधारः अन्नपूर्ण समृद्धिको आधार नारा अगाडि सारिरहेको पालिकाले ऐतिहासिक, सांस्कृतिक, धार्मिक, सामाजिक, जैविक विविधता, आर्थिक लगायतका विशिष्टता एवम् मौलिकला झल्कने गरी गान निर्माण गर्नुपर्ने उल्लेख गरेको छ।

       पालिकाको समग्र पहिचान समेटिएको उपयुक्त संगित सहितको ध्वनीमा गान हुनुपर्ने जनाइएको ।जुन ६० देखि ७० शब्द तथा डेढ मिनेटसम्मको हुनुपर्ने प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले बताउनुभयो।

गानमा मानक नेपाली तथा सहज ढङगले बोध हुने शब्दको प्रयोग गर्नुपर्ने छ।सर्वोत्कृष्ट सर्जकलाई उचित पुरस्कार व्यवस्था गरिएको पालिकाले भनेको छ।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम निर्माणकै क्रममा पालिकालाई गान निर्माण गर्न सुझाव दिइएको थियो।जसअनुसार शुक्रबार पालिकाले त्यसबारे प्रस्ताव आव्हान गरेको हो