गौरीशंकर क्याम्पसमा रेडक्रस सर्कल पुनर्गठन

-


     श्रीभद्र पौडेल    
     असाेज ११ गते २०८१ मा प्रकाशित


पोखरा २५, हेमजा स्थित गौरीशंकर बहुमुखी क्याम्पसमा मञ्जु सुनारको अध्यक्षतामा नेपाल युवा रेडक्रस सर्कल पुनर्गठन गरिएको

       बुधबार भएको विद्यार्थी भेलाले सर्कलको उपाध्यक्षमा लक्ष्मी भट्टराई, सचिवमा धनदेवी जिसी, कोषाध्यक्षमा मोनिता सिर्पाली तथा सहसचिवमा दलकुमार रसाइलीलाई जिम्मेवारी दिएको ।त्यस्तै सुगम ढुङगाना, लक्ष्मी सुनार, मनिका सुनार, सन्दिपराज विक, अनु खाती तिर्सना घर्ती मगर सदस्य छनोट हुनुभयो ।सर्कलको शिक्षक नायककमा सहायक प्राध्यापक बुद्धिप्रसाद बास्तोला चयन हुनुभयो।

       भेलालाई सम्बोधन गर्नुहुँदै क्याम्पस प्रमुख कृष्णप्रसाद पौडेलले स्वयम्सेवा नै रेडक्रस भावना भएको जनाउनुहुँदै त्यसलाई समाजसेवीमा प्रयोग गर्नुपर्ने औँल्याउनुभयो

       शिक्षक नायक बुद्धिप्रसाद बास्तोलाले सर्कललाई क्रियाशिल बनाउन आग्रह गर्नुहुँदै सर्कलका क्रियाकलापमा क्याम्पसको साथ रहने स्पष्ट पार्नुभयो।

       सर्कल अध्यक्ष सुगम ढुङगानाको अध्यक्षतामा भएको उक्त कार्यक्रम सर्कल सचिव धनदेवी जिसीले संचालन गर्नुभयो।