
पोखरा–९, नयाँबजार स्थित गुरुकुल विद्यासदन माध्यमिक विद्यालयमा वार्षिक कार्यक्रम अन्र्तगत खेलकुद सप्ताह भएको छ।
सप्ताह अन्र्तगत छात्र फुटबल, छात्रछात्रा बास्केटबल, रस्साकस्सी, दौड, रिले दौड साथै फुटसल(कक्षा १–३) भएको हो ।प्रतियोगिता अन्तरिक रुपमा विद्यालयमा तथा बाहृय रुपमा पोखरा २० स्थित भलामचौर मैदानमा भएको थियो।

विद्यालयका अध्यक्ष रवि कार्कीले विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्न विद्यालय प्रयासरत रहेको स्पष्ट पार्नुहुँदै पठनपाठनका अलवा खेल गतिविधिलाई पनि महत्व दिर्दै आएको बताउनुभयो। उहाँले अनुशासनलाई ख्याल गर्न विद्यार्थीलाई सुझाव दिनुहुँदै सिर्जनशीलता भन्ने कुरा जीवनमै महत्वपूर्ण हुने स्पष्ट पार्नुभयो।
प्रधानाध्यापक नारायण आचार्यले विद्यार्थीका सकारात्मक क्रियाकलापमा विद्यालय सधै सहयोगी बन्ने धारणा राख्नुहुँदै स्वास्थ्यका लागि खेल आवश्यक रहेको औँल्याउनुभयो ।
त्यस अवसरमा सहप्रधानाध्यापक भुवन सुवेदी, सहायक प्रधानाध्यापक फणिन्द्र अधिकारी, लेखा प्रमुख हरी ढकाल, अतिरिक्त क्रियाकलाप प्रमुख अशोक सोती लगायतले पनि धारणा राख्नुभयो ।
उहाँहरुले नेपालमा खेल मार्फत पनि क्रमश जीविकोपार्जन गर्न सक्ने अवस्था बन्दै जाने विश्वास व्यक्त गर्नुहुँदै मानिस शरीरिक तथा मानसिक दृष्टिबाट स्वस्थ हुनुपर्ने उल्लेख गर्नुभयो ।
विद्यालयका अध्यक्ष रवि कार्कीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा लेखा संयोजक हरी ढकालले स्वागत तथा संचालन अतिरिक्त क्रियाकलाप प्रमुख अशोक सोतीले गर्नुभयो।