समाचार

स्थानीय तह संस्थागत क्षमता मूल्याङकनमा अन्नपूर्ण पहिलो

आर्थिक वर्ष २०७९÷८० को स्थानीय तह संस्थागत क्षमता समूह मूल्याङकनमा कास्कीको अन्नपूर्ण गाउँपालिका जिल्लामै प्रथम भएको छ । अन्नपूर्णले ८३.२५ अङग प्राप्त गर्दै प्रथम भएको हो ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यहि ७ भदौमा देशभरका पालिकाको मूल्याङकन नतिजा सार्वजनिक गरेको हो । जसअनुसार पोखरा महानगर र मादी गाउँपालिकाले समान ८०.७५, रुपाले ७९.२५ र माछापुच्छ«ेले ७१.५ अङक प्राप्त गरेका छन् ।स्थानीय तहको कार्य प्रक्रिया र उपलब्धीहरुको बारेमा लेखाजोखा गरी सबल तथा दुर्वल पक्षहरुको पहिचान गर्न यस्तो मूल्याङकन गर्ने गरिन्छ ।त्यसका… पुरा पढौ

हेमजा तीज मेलाको तयारी तीब्र

पोखरा–२५, हेमजा स्थित महिला संजालको आयोजना तथा विष्णुपादुका क्लबको सहआयोजनामा गर्न लागिएको तीज मेलाको तयारी तीब्र पारिएको छ ।मेलामा वडा कार्यालयको सहयोग भूमिका रहनेछ । मेला अन्तर्गत खुला तीज गीत, घैटो फुटाउने, रस्साकस्की लगायतका प्रतियोगिता हुने महिला संजाल अध्यक्ष अप्सरा तिमिल्सीनाले जानकारी दिनुभयो ।  तीजगीतमा प्रथम, द्वितिय, तृतीय र सान्त्वना हुने समूहले क्रमशः नगद रु.२० हजार, रु.१५ हजार, रु.१० हजार, रु.५ हजार साथमा प्रमाणपत्र पुरस्कार पाउने छन् । सान्त्वना पुरस्कार दुई समूहलाई प्रदान गरिने जनाइएको छ। प्रथम पुरस्कार हेमजा निवासी… पुरा पढौ

हेमजामा तीज मेला हुने

यस वर्ष पनि हेमजामा तीज मेला हुने भएको छ। वडा स्थित महिला संजालको आयोजना तथा विष्णुपादुका क्लवको सहआयोजनामा हरितालिका तीजको दिन मेला हुने भएको हो ।जसमा वडा कार्यालयको सहयोगी भूमिका रहनेछ। मेला तयारीका लागि सोमबार भएको भेलाले महिला संजाल अध्यक्ष अप्सरा तिमिल्सीनाको अध्यक्षतामा समिति गठन गरेको छ ।जसको सहसंयोजकमा सोचना केसी, सचिवमा उमा पौडेल भुर्तेल, सहसचिवमा भगवती बजगाई तथा कोषाध्यक्षमा शोभा कोइराला त्रिपाठी चयन हुनुभयो। भेलाले मीना कुँवरको संयोजकत्वमा अर्थ संकलन उपसमिति, गंगा पराजुली थापाको नेतृत्वमा सांस्कृतिक उपसमिति, सिर्जना सापकोटाको… पुरा पढौ

झोवाङमा अखण्ड हरिकृतन हुने

कास्कीको अन्नपूर्ण गाउँपालिका –५, झोवाङमा अखण्ड हरिकृतन हुने भएको छ । त्यहाँ स्थित शिवालय मन्दिर संरक्षण समितिको आयोजनामा विगत वर्षमा जस्तै यस वर्षपनि श्रीकृष्ण जन्माष्टमीको अवसरमा सोमबार हरिकृतन हुने समितिका सचिव निर्मल पौडेलले जानकारी दिनुभयो । उक्त दिन त्यहाँ श्रीकृष्ण भगवान्को पुजा आराधाना एवम् प्रवचन समेत गरिनेछ । अन्याय, अत्याचार तथा राक्षसी प्रवृतिबाट मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारको रुपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्म गरेको जनविश्वास छ ।  त्यसप्रति मानव समुदायलाई प्रेरित गरी जगत धर्म रक्षाका… पुरा पढौ

पोखरा १९ रेडक्रसको दन्त शिविर सकियो(फोटोफिचर)

नेपाल रेडक्रस सोसाइटी पोखरा १९ उपशाखाको आयोजना तथा नेलम्बो नेपालको प्राविधिक सहयोगमा भारती भवन मावि पुरुन्चौरमा भएको निःशुल्क दन्त शिविरमा कुल चार सय ८१ जनाको दाँत परीक्षण गरिएको छ । दुई चरणमा गरी आठ दिनसम्म भएको उक्त शिविरमा वडा कार्यालय, विद्यालय तथा नेपाल रेडक्रस सोसाइटी जिल्लाको सहकार्य रहयो । बिहिबार शिविर समापन गर्नुहुँदै वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले शिविर फलदायी भएको बताउँदै नेलम्बोले विशिष्ट मानव कल्याणकारी सेवा गरिरहेको जनाउनुभयो। महानगर भएर पनि पोखरा १९ को अधिकाशं भुगोल ग्रामिण रहेको स्पष्ट पार्नुहुँदै वडाध्यक्ष… पुरा पढौ

तिब्रेकोट मणि पोखराकै नमूना पर्यटकीय क्षेत्र

पोखरा–२५, हेमजा स्थित तिब्रेकोट रुद्रमहादेव मणि मन्दिर तथा हरित पार्कको मंगलबार उद्घाटन गरिएको छ ।                 मन्दिर तथा पार्क उद्घाटन गर्नुहुँदै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उक्त क्षेत्रलाई महत्वपूर्ण पर्यटकीय गन्तब्य निर्माण गर्न महानगर तयार रहेको स्पष्ट पार्नुहुँदै त्यसलाई समुदायको अग्रसरतामा क्रमश पूर्णता दिने बताउनुभयो ।                 प्रमुख आचार्यले हेमजावासीलाई उत्साहका साथ कार्य गर्न अनुरोध गर्नुहुँदै महानगरका २ दर्जन बढी स्थानमा पर्यटकीय पुर्वाधार निर्माणको तयारी थालिएको जानकारी दिनुभयो ।उहाँले पर्यटनलाई आर्थिक पक्षसँग जोड्नुपर्ने भन्दै उक्त स्थानको ऐतिहासिकता खोज्न स्थानीयलाई सुझाउनुभयो।… पुरा पढौ

विष्णुपादुका माविको वार्षिकोत्सव (फोटोफिचर)

पोखरा २५, हेमजा स्थित विष्णुपादुका माविको ५६ औं वार्षिकोत्सव, अभिभावक दिवस, पुरस्कार वितरण एवम् सम्मान कार्यक्रम मंगलबार भएको छ । वार्षिकोत्सव उद्घाटन गर्नुहुँदै प्रतिनिधि सभा सदस्य दामोदर पौडेल वैरागीले विद्यालय शिक्षाको महत्वमाथि प्रकाश पार्नुहुँदै स्वदेशमै रोजगारी मिल्ने शिक्षा प्रदान गर्नुपर्ने बताउनुभयो । कक्षा १२ सम्म शिक्षा आर्जन गरी विदेश जाने परिपार्टी गलत भएको औँल्याउँदै सदस्य वैरागीले मातृभुमिलाई माया गर्न विद्यार्थीलाई सुझाव दिनुभयो । कास्की खण्डको मध्यपहाडी लोकमार्ग, समग्र शिक्षा क्षेत्र लगायत स्थानीय तहका समस्या समाधान गर्न आफूले सहजीकरण गरिरहेको स्मरण… पुरा पढौ

पोखरामा पुत्रदा एकादशी महात्म्य प्रवचन

वैदिक धर्म परिषद् कास्की तथा विश्व हिन्दु महासंघ गण्डकीको सहआयोजनामा पस्र्याङ स्थित ज्येष्ठ नागरिक मिलन केन्द्रमा आज पुत्रदा एकादशी महात्म्य प्रवचन भएको छ।  मिलन केन्द्रको व्यवस्थापनमा भएको उक्त प्रवचन समारोहमा प्रमुख वाचक तनहुँ व्यास आश्रमका पीठाधीस क्रितन शिरोमणि दामोदर बाबाले भगवान् विष्णुको महिमाबारे प्रकाश पार्नुभयो ।उहाँले एकादशी व्रत र विष्णुको उपासनाले इन्द्रीयहरुबाट उत्पन्न हुन सक्ने काम, क्रोध, लोभ, मोह जस्ता नकारात्मक भावनाहरुलाई बसमा राख्न सहयोग पुग्ने जनाउनुभयो। उक्त समारोहमा विश्व हिन्दु महासंघ गण्डकीका अध्यक्ष मुक्तिराम अधिकारी, महासंघकी मातृशक्ति परिचालन समिति… पुरा पढौ

दुर्गाभवानीका विद्यार्थीको स्वास्थ्य परीक्षण

अन्नपूर्ण–२, सेराचौर स्थित दुर्गाभवानी आदर्श आधारभूत विद्यालयमा स्वास्थ्य शिविर भएको छ ।         पोखरा ५ स्थित उजेली हेरचाह केन्द्रको आयोजना तथा विद्यालयको व्यवस्थापनमा दुई दिनसम्म भएको शिविरमा नर्सरी देखि ८ कक्षासम्मका कुल एक सय २५ विद्यार्थीको स्वास्थ्य परीक्षण गरियो।         त्यस अवसरमा हेरचाह केन्द्रको तर्फबाट डा. दिनेश कोइरालाको नेतृत्वमा विदेशी (वेल्जीयम) तथा नेपाली गरी कुल ७ जना स्वास्थ्यकर्मीको टोली खटियो।         टोलीले सोमबार हात तथा मुख धुने तरिका एवम् दाँत कसरी माझ्ने भन्ने बारेमा संचेतनामूलक कक्षा संचालन गरेको विद्यालयका अध्यक्ष… पुरा पढौ

नौलो धुम्तीद्वारा हिमालय माविमा सहयोग

अन्नपूर्ण गाउँपालिका–७, तोल्का स्थित हिमालय माध्यमिक विद्यालयमा नौलो घुम्ती नेपालले सहयोग गरेको छ ।        संस्थाले गुड नेवर्स इन्टरनेसनलको आर्थिक एवम् प्राविधिक सहयोग तथा गाउँपालिकाको समन्वयमा त्यहाँका ५० जना गरिव तथा जेहेन्दार विद्यार्थीलाई झोला, विद्यालय पोशाक एवम् शैक्षिक  सामाग्री सहयोग गरेको हो।        सामाग्री हस्तान्तरण गर्नुहुँदै नौलो घुम्ती नेपालका सहजकर्ता बलबहादुर केसीले अन्नपूर्ण ७ आफ्नो वडा भएको जनाउँदै गाउँठाउँमा सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले सकेसम्म सहयोगलाई बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्दै सहयोगको सदुपयोग हुने विश्वास लिनुभयो ।… पुरा पढौ