
पोखरा–४, गैह्रापाटन स्थित नेलम्बो नेपाल गरिव जेहेन्दार विद्यार्थीको पठनपाठनको साहारा बनेको छ ।
संस्थाले चालु आ.वमा शैक्षिक कार्यक्रम अन्तर्गत शनिबार गण्डकी प्रदेशका विभिन्न जिल्ला स्थित गरिव विपन्न विद्यार्थीलाई उनीहरुका अभिभावकको रोहवरमा छात्रवृर्ति वितरण गरेको छ ।
नेलम्बोले आफ्नो नाम ‘विपन्न समुदाय र जैविक विविधता सहयोगी संस्था’ जस्तै विपन्न समुदायको बृद्धि विकासमा महत्वपूर्ण योगदान गर्दै गएको अभिभावक अन्नपूर्ण ३ का धनरास विकको अनुभव छ।
नेलम्बोले विद्यालय देखि स्नातक तहसम्मका गरिव तथा जेहन्दार ४० विद्यार्थीलाई विद्यालय पोशाक, शिक्षण शुल्क, स्टेशनरी समेत गरी एकमुष्ट रु.१० लाख ३५ हजार बराबरको छात्रवृर्ति वितरण गरेको हो।
त्यस अवसरमा कास्की रेडक्रस सभापति डण्डराज शर्मा, नेलम्बो अध्यक्ष एकदेव देवकोटा, सचिव सजनी उदास, कार्यक्रम संयोजक भीमप्रसाद भण्डारी लगायतले विद्यार्थीलाई अविर, प्रमाणपत्र सहित छात्रवृर्ति रकम प्रदान गरे।
छात्रवृर्ति वितरण गर्दै रेडक्रस सभापति शर्माले संस्थाले शिक्षा, स्वास्थ्य तथा वातावरणको क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आइरहेको औँल्याए।मानव भएर धर्तीमा जन्मेको सार्थकता मानिसले दिनुपर्ने भन्दै सभापति शर्माले छात्रबृर्तिको सदुपयोग गर्दै उज्ज्वल भविष्य निर्माण गर्न विद्यार्थीलाई सुझाए।
नेलम्बो अध्यक्ष एकदेव देवकोटाले व्यवहारले छात्रवृर्तिको सदुपयोग गरेको पुष्टी गर्न विद्यार्थी समच्छे« आग्रह गर्दै शिक्षा तथा स्वास्थ्य जीवनका लागि महत्वपूर्ण हुने भनाई राखे।
अध्यक्ष देवकोटाले विद्यार्थीले अध्ययनलाई केन्द्र मानी कार्य गर्नुपर्ने जनाउँदै नैतिकताको पाठ सिक्नुपर्ने उल्लेख गरे ।समयमै जानकारी दिए विद्यार्थीको सामाजिक तथा पारिवारिक अवस्थाबारे पनि सहजीकरण गर्न संस्था तयार रहेको उनको भनाई छ ।
कार्यक्रम संयोजक भीमप्रसाद भण्डारीले विद्यार्थीको अवस्था हेरी छात्रवृर्ति प्रदान गरिएको धारणा राख्दै छात्रवृर्तिको सदुपयोगिताबारे समयसमयमा अध्ययन, अनुसन्धान गरिने जानकारी दिए ।
पत्रकार श्रीभद्र पौडेलले नेलम्बोले मानवीय सेवाका कार्यहरु गर्दै आइरहेको स्मरण गर्दै संस्थालाई दिगो रुपमा संचालन गरिरहनु नेलम्बोको सवल पक्ष भएको धारणा राखे ।
छात्रवृर्ति प्राप्तकर्ता निश्चल ढकालले संस्थाले आफूहरुको अवस्था बुझेर छात्रवृर्ति प्रदान गरेकोमा खुशी व्यक्त गर्दै सहयोगको सदुपयोग गर्ने प्रतिबद्धता जनाए ।अर्का छात्रवृर्ति प्राप्तकर्ता मनीका देवकोटाले नेलम्बो गरिव विद्यार्थीको अभिभावक बनेको स्पष्ट पार्दै सहयोग आफैमा महत्वपूर्ण हुने भनाई राखिन्।
संस्थाका अध्यक्ष देवकोटाको अध्यक्षतामा भएको उक्त कार्यक्रम, कार्यक्रम संयोजक भण्डारीले संचालन गरे।