गण्डकी सेरोफेरो

अन्नपूर्णको बजेटमा मानव विकासलाई प्राथमिकता

अन्नपूर्ण गाउँपालिकाले आ.व ०८२÷८३ का लागि रु. ६५ करोड १५ लाख ३४ हजार ७ सय ७५ को बजेट सार्वजनिक गरेको छ।उपाध्यक्ष चन्द्रकला अधिकारीले मंगलबार १८ औं गाउँसभामा प्रस्तुत उक्त बजेट मानव विकासमा केन्द्रीत छ।बजेटमध्ये २१ करोड ८२ लाख पुँजीगत र ४३ करोड ३२ लाख चालु खर्च छ। त्यस्तै पर्यटन र कृषि क्षेत्रलाई पनि प्राथमिकता दिँदै गाउँपालिकाले समग्र विकासमा अघि बढ्ने लक्ष्य राखेको छ । आगामि वर्ष कृषि उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न ५५ लाख विनियोजन गरिएको छ । व्यावसायिक कृषिलाई… पुरा पढौ

अन्नपूर्ण गाउँपालिका कास्कीको आगामि आर्थिक वर्षका यस्ता छन् कार्यक्रम र प्राथमिकताहरु(पूर्ण पाठ सहित)

अन्नपूर्ण गाउँपालिकाको गाउँ सभाको १८औं अधिवेशन, गाउँपालिका अध्यक्ष श्री विष्णु बहादुर के.सी.द्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम गाउँपालिका उपाध्यक्षज्यू, गाउँसभाका सदस्यज्यूहरू, नेपाली जनताको महत्वपूर्ण योगदानले जारी गरिएको नेपालको संविधान २०७२ को भावना वमोजिम लागु भएको संघीय शासन प्रणाली अनुसार स्थापित तीन तहको सरकार अन्तर्गत लोकतन्त्रको महत्वपूर्ण र सुन्दर पक्ष आवधिक निर्वाचन अनुरुप स्थानीय तह निर्वाचन २०७९ का माध्यमबाट यस अन्नपूर्ण गाउँपालिकाको दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित भै कार्यभार सम्हालेको समेत तिन वर्ष पुरा भएको छ ।… पुरा पढौ

‘समृद्ध अन्नपूर्णः सुखी अन्नपूर्णवासी’

अन्नपूर्ण गाउँपालिका कास्कीले आगामि आ.वका लागि ‘समृद्ध अन्नपूर्णः सुखी अन्नपूर्णवासी’ नीतिलाई अगाडि सार्ने भएको छ। गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीद्वारा गाउँसभाको १८ औं अधिवेशनका बीच आइतबार प्रस्तुत आगामि आ.वको नीति तथा कार्यक्रमका उक्त कुरा अगाडि सारिएको हो। उक्त नाराका साथ गाउँपालिकाले आगामि आ.वका लागि विकासका योजनाहरुलाई मार्गदर्शन गर्न र श्रोत साधनहरुको उपयोगमा दिशानिर्देश गर्ने हेतु सहित कार्यक्रम तर्जुमा गर्ने उल्लेख छ। त्यस्तै पालिकालाई “कृषि, पर्यटन, उर्जा र पूर्वाधार, अन्नपूर्ण समृद्धिको आधार“ को दीर्घकालीन योजना तय गरी “पालिका बन्छ– बन्दैछ, हाम्रो पालामा”… पुरा पढौ

हिले महोत्सव क्षेत्र सरसफाई

पोखरा–२५, हेमजा स्थित देवीस्थान सेवा समाजले शनिबार सरसफाई गरेको छ । समाजले हेमजामा हुन लागेको हिले महोत्सव क्षेत्र सरसफाई गरेको हो। ‘कृषिमा कृषकलाई प्रोत्साहन, विष्णुपादुका मन्दिर हेमजाको सान’ नाराका साथ समाजको आयोजनामा यही १५ असारमा पाचौं हेमजा हिले महोत्सव हुन लागेको छ ।जसको पूर्व तयारी स्वरुप महोत्सव स्थल सरसफाई गरिएको हो। वडा स्थित विभिन्न टोलविकास संस्था, आमा समूह, संघसंस्था लगायत स्थानीयको सहभागितामा महोत्सव स्थल क्षेत्रमा पर्ने विष्णुपादुका टोल तथा विष्णुपादुका मन्दिर परिसर सरसफाइ गरिएको छ। विष्णुपादुका धार्मिक क्षेत्रको प्रवद्र्धन गर्न,… पुरा पढौ

हेमजामा हिले महोत्सवको तयारी

देवीस्थान सेवा समाजको आयोजनामा यहि १५ असारमा हेमजामा हिले महोत्सव तयारी थालिएको छ।समाजले यसपटक गर्न लागेको महोत्सव पाचौं हो। ‘कृषिमा कृषकलाई प्रोत्साहन, विष्णुपादुका मन्दिर हेमजाको सान’ नाराका साथ महोत्सव आयोजना गरिएको हो ।महोत्सव देवीस्थान टोल स्थित विष्णुपादुका मन्दिर क्षेत्रमा हुनेछ ।त्यसका लागि समाजका उपाध्यक्ष चन्द्रकला पोखरेलको संयोजकत्वमा मुल आयोजक समिति गठन गरिएको छ।त्यस्तै विभिन्न उपसमिति पनि निर्माण गरी महोत्सव तयारी तिब्र पारिएको छ। विष्णुपादुका धार्मिक क्षेत्रको प्रवद्र्धनका तथा आन्तरिक र बाह्य पर्यटनको आगमन बढाउन महोत्सव सफल हुने आयोजकको विश्वास छ… पुरा पढौ

काँडेमा होमस्टे संचालनको प्रयास

कास्कीको अन्नपूर्ण गाउँपालिका–३, काँडेमा घरबास(होमस्टे) संचालनको प्रयास थालिएको छ। जसअन्र्तगत हालै काँडे होमस्टे सम्भावना, अवसर र चुनौती विषयक कार्यशाला भएको छ।        कार्यशालामा गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले काँडे आसपासको क्षेत्र होमस्टेका लागि सम्भावनायुक्त क्षेत्र रहेको जनाउँदै त्यहाँका वासिन्दा तयार भए होमस्टे संचालनमा पालिका सहयोग गर्न तयार रहेको बताए।        ‘अर्गानिक खानाका लागि मान्छे पैसा तिर्न तयार छ, पर्यटकका लागि आतित्थ्यता पनि महत्वपूर्ण हुन्छ, अध्यक्ष केसीले भने बासका लागि पनि गाउँघरको झल्को आउनुपर्दछ।’उनले मर्दी हिमाल तथा अन्नपूर्ण आधार शिविर प्रवेशद्वारका रुपमा… पुरा पढौ

गुरुकुल विद्या सदनको फुटसल सुरु

पोखरा बास्तोलाथर स्थित गुरुकुल विद्या सदन माध्यमिक विद्यालयको आयोजनामा बुधबारदेखि फुटसल सुरु भएको छ ।विद्यालयले एसइई दिएर बसेका विद्यार्थी लक्षित सप्ताहव्यापी खेलकुद अन्र्तगत फुटसल सुरु गरेको हो ।उक्त प्रतियोगितामा ६४ समूहले भाग लिएकोमा बुधबार पहिलो दिन २४ खेल भए।प्रतियोगिता शुभारम्भ गर्दै कास्की जिल्ला खेलकुद विकास समिति अध्यक्ष मिलन गुरुङले खेल क्षेत्रको विकासमा गुरुकुलले योगदान दिइरहेको चर्चा गर्दै विद्यालयसँग सहकार्य गर्दै जाने बताए ।उनले गुरुकुलले सान्दर्भिक प्रतियोगिता गरेकोमा खुशी व्यक्त गर्दै यो विद्यार्थीलाई प्रतिभा देखाउने अवसर भएको धारणा राखे ।विद्यालय अध्यक्ष… पुरा पढौ

आगामि बजेटबारे पोखरा २५ को अन्तरक्रिया

पोखरा महानगरपालिका वडा नं २५ को चालु आ.वको हालसम्मको प्रगति, विकास निर्माण र आ.व. २०८२÷८३ को बजेटको सम्बन्धमा वडाका राजनीतिक दल र पुर्व अध्यक्षहरुसँग अन्तरक्रिया गरिएको छ ।त्यस अवसरमा वडालाई उत्कृष्ट र समुन्नत बनाउन महत्वपूर्ण सल्लाह, सुझाव प्राप्त भएको छ । अन्तरक्रियाको निष्कर्ष स्वरुप आगामि वर्षको बजेटमा वडाले निम्नअनुसार प्राथमिकता दिने उल्लेख गरेको छ ।२०८२÷८३ को बजेटका प्राथमिकता ः१.शिक्षा ःवडाले आगामी आ.व.को बजेटमा शिक्षा क्षेत्रलाई मुख्य प्राथमिकतामा राखी शिक्षा केन्द्रित बजेट ल्याउने तयारी गरेको छ । जसअन्तर्गत वडा भित्रका ९… पुरा पढौ

गुरुकुलको सप्ताहव्यापी खेलकुद सुरु

पोखरा–९, वास्तोलाथर स्थित गुरुकुल विद्या सदन माध्यमिक विद्यालयको आयोजनामा एसइई दिएर बसेका विद्यार्थी लक्षित सप्ताहव्यापी खेलकुद प्रतियोगिता आइतबारदेखि सुरु भएको छ। प्रतियोगिता अन्र्तगत छात्र।छात्रा भलिवल सुरु भएकोमा पहिलो दिन १० खेल भए ।भलिवल छात्रतर्फ ४६ एवम् छात्रातर्फ ८ समूहले भाग लिएका छन् । प्रतियोगिता शुभारम्भ गर्दै कास्की जिल्ला भलिवल संघका महासचिव टंकराज पौडेलले गुरुकुलले सान्दर्भिक प्रतियोगिता गरेकोमा खुशी व्यक्त गर्दै यो विद्यार्थीलाई प्रतिभा देखाउने अवसर भएको बताए ।उनले जिल्ला स्तरमा पनि छिट्टै भलिवल हुने जनाउँदै खेलसँगै अनुशासनमा पनि ख्याल गर्न… पुरा पढौ

प्रलेस गण्डकीको सचिवालय गठन

प्रगतिशील लेखक सङ्घ, गण्डकी प्रदेशको सचिवालय गठन गरिएको छ । शनिवार पोखरामा सम्पन्न दोस्रो पूर्ण बैठकले ९ सदस्यीय सचिवालय गठन गरेको हो । अध्यक्ष प्रा. डा. यदुनन्दन उपाध्यायको अध्यक्षतामा उपाध्यक्षद्वय कल्पना पौडेल र निर्मल सापकोटा, सचिव रुपिन्द्र प्रभावी, कोषाध्यक्ष गीता तिवारी र उपसचिव नारायण बास्तोलासँगै सदस्यहरू बाबुराम सुवेदी, सुरज उपाध्याय र विनोदकुमार विक रहेको सचिवालय गठन गरिएको हो । बैठकले जनकलाल तिवारी, सुरज उपाध्याय र कुमार तामाङलाई सदस्य मनोनयसमेत गरेको छ । सङ्घका सल्लाहकारका रूपमा रघुनाथ अधिकारी, रामराज रेग्मी, झलकपाणि… पुरा पढौ