हेमजाको यातायात हरिचोकसम्म मात्रै ?

-


     श्रीभद्र पौडेल    
     असार २५ गते २०८२ मा प्रकाशित


पोखरा–२५, हेमजाका भरतचन्द्र गौतमले सोमबार वडाको सार्वजनिक सुनुवाईमा भन्दै थिए हामी महानगरवासी भएको महशुस भएन।हाम्रो वडाबाट हरिचोकसम्म मात्रै सिधा वस चल्छ, त्यहाँबाट विन्ध्यवासिनी, गण्डकी अस्पताल, मणिपाल शिक्षण अस्पताल, जिल्ला प्रशासन कार्यालय लगायतका अत्यावश्यक ठाउँमा पुग्न पुनः अर्कौ वस चढेर जानुपर्दछ।

       यस्तो अवस्थामा यो वडा कसरी महानगर हुनसक्छ ? सार्वजनिक जग्गा मिचिएका छन्, वडासँग कुनै रेकर्ड नै छैन, हेमजा दिशामुक्त त भनिएको छ, तर मुटु मानिएको मिलनचोकमा अहिलेसम्म सार्वजनिक शौचालय बन्न सकेको छैन किन होला?

       वस सेवाबारे स्थानीय सुर्यराज तिवारी, मीना कुँवर लगायतले पनि गौतमको कुरामा हो मा हो मिलाउँछन् र भन्छन् वसमा हेमजाबाट पोखरा जान निकै समस्या छ ।हरीचोकसम्म पुग्न पृथ्वीचोकसम्मको भाडा तिर्नुपर्दछ ।होच्चाएर भनेको होइन सार्वजनिक यातायातमा हेमजा रुकुम, रोल्पा जस्तै भएको छ।भएको यातायात सेवा पनि अत्याधिक ढिलो छ।

       सार्वजनिक सुनुवाईका बीच ३३ जना वडावासीले मौखिक रुपमा तथा केहीले लिखित रुपमा विभिन्न प्रश्न, जिज्ञासा राखे।उनीहरुले पछिल्लोपटक भौतिक विकासमा हेमजा अगाडि बढेपनि मानवीय विकासमा भने पछि परेको तर्क गरे।

       सुनुवाईका बीच वडावासीले जग्गा खण्डीकरण(घडेरीकरण) बढ्दै जाँदा वडाको कृषि योग्य जमिन घट्दै गएको बताए ।हेमजामा फोहोर व्यवस्थापनमा(करमा) समस्या छ, चोकहरुमा सिसिटिभी जडान गर्नुपर्ने छ, नापीको काम लथालिङ जस्तै छ, सडक वत्ती आवश्यक छ, तरकारीमा विषादीको प्रयोग अत्याधिक छ, हावामा विषादीको गन्ध आउने गरेको छ, वडाले गरेका कामको अभिलेखिकरण छैन, घरको छत माथिबाट पाइप मार्फत बाटोमा पानी फालिएको भन्दै त्यसतर्फ जनप्रतिनिधी एवम् कर्मचारीको ध्यानाकर्षण वडावासीले गराए ।

       त्यस्तै वडावासीले महानगरकै गौरवको योजना अन्र्तगत साझाचोक तिब्वतीयन क्याम्प सडक स्तरउन्नती थालिएको, विषादी प्रयोग कम गर्न मौरी अभियानलाई प्राथमिकता दिएको, वोरिङ खनेर खानेपानी व्यवस्थापन थालिएको, पछिल्लो समय शिक्षा सुधार्न वडा लागि परेको, आगलागिबाट बच्न ३ ठाउँमा फायर फाइटिङ राख्न थालेका, अन्य भौतिक विकासमा पनि राम्रै फड्को मारेको भन्दै वडाको प्रशंम्सा समेत गरे।

       जवाफमा प्रमुख जवाफदेही महानगर प्रवक्ता समेत रहेका वडाध्यक्ष मोतिराज तिम्सिनाले

सुनुवाइमा आएका सुझाव गुनासालाई वडाले सम्वोधन गर्दै जाने बताए।

       उनले भने यातायात सुधार्न यसअघि पनि केही प्रयास गरिएकै हो,वडामा सिटी वस छैन भन्दा आफूलाई पनि अप्ठ्यारो लाग्ने गर्दछ, हालसाविकका लागि हेमजामा  नापी ल्याउन पहल हुँदैछ, अधुरा अपुरा योजनालाई सक्ने पहिलो लक्ष्य छ, विषादी प्रयोग न्यूनीकरण गर्न मौरी घार वितरणलाई प्राथमिकता दिइएको छ, आगामि वर्ष जिरोकिमीदेखि चाक्लेकुलासम्म सडक वत्ती जडान गर्न बजेट विनियोजन भएको छ तिमिल्सीनाले भने।

       अध्यक्ष तिमिल्सीनाले सामाजिक उत्तरदायित्व अन्र्तगत मिलनचोकमा रहेका वैक तथा वित्तिय संस्थाले आगामि वर्ष चेक वरीपरि सिसिटिभी क्यामेरा राख्ने सहमति भएको पनि प्रस्टाए।आगामि वर्ष हेमजाका धेरै ठाउँमा बस स्टप बन्दै छन् , त्यसमार्फत बसले मान्छे होइनः मान्छेले बस कुर्ने पार्टीपार्टी पनि स्थापित हुन्छ प्रवक्ता तिम्सिनाले भने।

       उनले मिलनचोकमा सार्वजनिक शौचालय निर्माण गर्न छलफल भइरहेको पनि सुनाए।घर अभिलेखिकरणको शुल्क पनि घट्ने वाला छ, कम्तीमा १५ दिनमा एकपटक फोहोर उठाउन गाडी पनि आउनुपर्दछ अध्यक्ष तिमिल्सीनाले सुनाए। नआए अवदेखि कडाईका साथ प्रस्तुत हुन्छु ।

       उनले आफू नेतृत्वको वडाले सार्वजनिक सम्पतिको संरक्षण गरिरहेको दावी पनि गरे ।प्लटिङको पनि नियमन भइरहेकै छ, गौरीशंकर क्याम्पस बचाउन प्रयास गरिएकै छ, राजमार्गमा स्पीड चेक गरेर चालकलाई कारवाही गर्नुको विकल्प हामीसँग छैनः प्रवक्ता तिम्मिल्सीनाले भने।विरोधका लागि विरोध नगर्न पनि वडावासीलाई म सुझाव दिन्छु।

       सुनुवाईमा आएको जिज्ञासालाई कार्यपालिका सदस्य धना पोख्रेल तिमिल्सीना, वडा सदस्य सुवाश भण्डारी, सचिव चोलाकान्त पौडेल, खानेपानी शाखाका झलकराम अधिकारी लगायत अन्य विषयगत शाखा प्रतिनिधिले पनि सम्बोधन गरे।

        माछापुच्छे« मिडिया एण्ड मल्टीपर्पोज प्रा.लिको सहजीकरणमा भएको उक्त सुनुवाई पत्रकार प्रकाशचन्द्र सापकोटा, श्रीभद्र पौडेल र निराजन अधिकारीले संचालन गरे।