कास्की

ढिकुरपोखरी रक्तदानमा ३० युनिट संकलन

नेपाल रेडक्रस सोसाइटीे अन्नपूर्ण १,२,३ (ढिकुरपोखरी) उपशाखाको आयोजनामा शनिबार भएको रक्तदान कार्यक्रममा कुल ३० युनिट संकलन भयो।पहिलो रक्तदाता अन्नपूर्ण ३ निवासी चिरञ्जीवी पौडेललाई गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रम शुभारम्भ गरियो।त्यस अवसरमा भनाई राख्दै अध्यक्ष केसीले रक्तदान जीवनदान भएको उल्लेख गरे।उनले ढिकुरपोखरी उपशाखाले मानवीय सेवामा महत्वपूर्ण भूमिका खेल्दै आएको स्मरण गर्दै देश विकासमा सामाजिक भावना अपरिहार्य रहेको चर्चा गरे।उपशाखा सभापति नारायणप्रसाद भण्डारीले रक्तदान गर्ने तथा कार्यक्रम सफल बनाउन भूमिका खेल्ने सबैप्रति आभार प्रकट गर्दै स्वस्थ जीवनका लागि… पुरा पढौ

सराङकोटधाममा फूलपाती बढाइ हुँदै

पोखरा–१८,सराङकोटधाममा यसवर्ष पनि फूलपाती बढाइ गरिने भएको छ।सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समिति तथा वडा कार्यालयको संयुक्त आयोजनामा त्यहाँ फूलपाती बढाइ गर्न लागिएको हो।त्यस अवसरमा युद्धकला सम्बन्धी लोपोन्मुख सरुन खेल पनि प्रदर्शन गरिने समिति अध्यक्ष प्रेमबहादुर जिसीले जानकारी दिए।बढाई अन्र्तगत गोठादीबाट फूलपाती ल्याई चण्डी मन्दिर हुँदै सराङकोटधाम स्थित भैरव तथा भुमेकालिकाको परिक्रमा गराई बाजागाजा, डोली सहित भुमेकालिका मन्दिरमा फूलपाती भित्राउने कार्यक्रम छ ।त्यस अवसरमा विशेष पूजा पनि हुनेछ भने फूलपाती भित्राउन मगर समुदायको उल्लेख्य भूमिका रहनेछ।सरुन कौशल करिव ७… पुरा पढौ

समाजसेवाको रजत जयन्ती तयारी तीब्र

अन्नपूर्ण–३, पुरानो मैदान स्थित समाजसेवा युवा परिवारले रजत जयन्तीको तयारी तीब्र पारेका छ।क्लवले यही असोज १३ र १४ गते जयन्ती मनाउन लागेको हो।जयन्ती उपलक्ष्यमा अन्नपूर्ण गाउँपालिका माध्यमिक विद्यालय स्तरीय हाजिरीजवाफ एवम् कास्की जिल्ला स्तरीय एकल नृत्य प्रतियोगिताको तयारी गरिएको छ । स्थानीय लक्ष्मी आधारभूत विद्यालय खेल मैदानमा हुने उक्त प्रतियोगिताका तयारी अन्तिम चरणमा पुगेको क्लव अध्यक्ष ओमप्रसाद पौडेलले जानकारी दिए।अन्नपूर्ण गाउँपालिका मा.वि स्तरीय (कक्षा ९ र १०) हाजिरीजवाफ प्रतियोगितातर्फ प्र्रथम हुने विद्यालयले रु.९ हजार, द्वितीयले रु.६ हजार, तृतीयले रु.३ हजार… पुरा पढौ

माया खोजीदिन परिवारको अपिल

पोखरा–१, लामापाटन निवासी माया विक हराएपछि उनले परिवारले खोजी गरिदिन सबैसँग आग्रह गरेको छ। धादिङ गंगाजमुना–४, मूलपानी स्थायी निवासी ४२ वर्षे विक आइतबार विहानदेखि बस्दै आएको सिम्पानी, लामापाटन स्थित कोठाबाट हराएकी हुन्।उनी बुधबार रातिसम्म परिवारको सम्पर्कमा आएकी छैनन्। गहुँगोरो वर्ण, अन्दाजी ४.५ फिट उचाईकी माया हराएपछि परिवारमा चिन्ता छाएको उनका श्रीमान् बाबुराम विकले बताए ।उनलाई फेला पार्नेले ९८४०८५०२७७ मा खबर गरिदिन पनि आग्रह गरिएको छ। उनको परिवारमा श्रीमान् र एक छोरा आयुष छन्।उनीहरु मजदुरी गर्दछन्। पुरा पढौ

प्रस्याङ धारापानीमा सुरक्षा समिति गठन

देशको पछिल्लो विषम अवस्थालाई मध्यनजर राखी पोखरा–५, प्रस्याङ धारापानीमा सुरक्षा समिति गठन गरिएको छ।शनिबार भएको टोलवासीको भेलाले दुर्गादत्त अधिकारीको नेतृत्वमा १३ सदस्यिय मूल टोल सुरक्षा समिति गठन गरेको हो ।त्यस्तै टोल स्थित विभिन्न वस्तीलाई लक्षित गरी अन्य १२ वटा सुरक्षा उपसमिति पनि निर्माण गरिएको धारापानी टोल विकास संस्था ‘ख’ का अध्यक्ष हरिश्चन्द्र अधिकारीले जानकारी दिए।समिति गठनसँगै विषम परिस्थिति र यसबाट टोलमा हुन सक्ने अवाञ्छित गतिविधि, चोरी, डकैती, लुटपाट जस्ता अराजक गतिविधि रोकथाम एवम् न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।त्यस अवसरमा… पुरा पढौ

पाउँदुर आधारभूत विद्यालयको यातायात सेवा

अन्नपूर्ण–३, पाउँदुरकोट स्थित पाउँदुर आधारभूत विद्यालयले यातायात सेवा दिन सुरु गरेको छ ।विद्यालयले भ्यान खरिद गरी आइतबारबाट विद्यार्थीलाई सेवा दिन सुरु गरेको हो।समुदायको सहयोगमा भ्यान खरिद गरी संचालनमा ल्याइएको विद्यालय अध्यक्ष प्रकाश गुरुङले जानकारी दिए।सेवा शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले पाउँदुरले नमुना कार्य गरेको स्पष्ट पार्दै एकतामा नै शक्ति हुने औँल्याए।उनले यातायात सेवा थपिएसँगै विद्यालय व्यवस्थापनमा सहजता बढ्ने अपेक्षा सुनाउँदै सहयोगकर्ता सबैप्रति धन्यवाद दिए।गाउँपालिका शिक्षा सुधारमा लागि परेको भन्दै अध्यक्ष केसीले शिक्षा प्राप्तिसँगै व्यक्तिमा अनुशासन, विनयशीलता, नम्रता झल्कनुपर्ने औँल्याए।विद्यालय… पुरा पढौ

सुनिलको ‘चोटै चोट’ सार्वजनिक

गायक तथा संगीतकार सुनिल गायकको नयाँ म्युजिक भिडियो ‘चोटै चोट’ सार्वजनिक भएको छ। गीतमा प्रेमीले प्रेम गुमाउनु र आफुलाई माया गर्ने मान्छेको खुशी पनि प्रेम रहेको देखाईएको छ। प्रेम, रोदन, विछोड तथा त्यागलाई गीतमा समेटिएको छ। सुपु म्युजिक क्रियशनको प्रस्तुति उक्त गीतमा शब्द संगीत, स्वर तथा अभिनय स्वयम् सुनिल गायककै छ ।उनलाई भिडियोमा एलिसा भोग र सविन गायकले साथ दिएका छन् ।उक्त गीतको संगीत संयोजनमा साहिल गायक तथा निर्देशकमा नेत्र गुरुङले भूमिका निभाएका छन्।त्यस्तै पब्लिसिटी डिजाईन सोपु क्रियशन कै छ।… पुरा पढौ

माछापुच्छे« शिक्षा क्याम्पस प्रमुखको पदस्थापना

अन्नपूर्ण गाउँपालिका–२, ढिकुरपोखरी स्थित माछापुच्छे« शिक्षा क्याम्पसको प्रमुखमा लोकराज भण्डारी नियुक्त भएका छन्।भण्डारीको सोमबार एक कार्यक्रमका बीच पदस्थापना भयो भने निवृत्त क्याम्पस प्रमुख रामचन्द्र सुवेदीलाई विदाई गरियो।त्यस अवसरमा धारणा राख्दै गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले क्याम्पस संचालनमा गाउँपालिकाको पूर्ण साथ रहने प्रतिबद्धता जनाउँदै क्याम्पस संचालन अन्नपूर्णवासीको साँझा सङ्कल्प भएको बताए।ढिलै भएपनि राम्रो कामको थालनी भएको छ अध्यक्ष केसीले भने शिक्षा र स्वास्थ्य सुधार्न गाउँपालिका दृढ छ ।उनले शिक्षामा केही गर्नुपर्दछ भन्ने भावनाका साथ भण्डारी क्याम्पस प्रमुख बनेकोमा खुशी व्यक्त गर्दै शिक्षकलाई… पुरा पढौ

सराङकोट तीजमेलामा सहनशील दिदीबहिनी समूह प्रथम

पोखरा–१८, सराङकोटधाममा तीजमेला सम्पन्न भएको छ ।मेला अन्तर्गत तीजगीत तर्फ पोखरा २३ स्थित सहनशील दिदीबहिनी समूह प्रथम हुन सफल भयो।उक्त प्रतियोगितामा पोखरा १८ स्थित बौद्ध तामाङ दिदीबहिनी समूह द्वितीय, पोखरा २५ स्थित कमल जँैसी आमा समूह तृतीय एवम् पोखरा १८ कै नमुना जागृति आमा समूह सान्त्वना भए।प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएसँगै ति समूहले क्रमश नगद रु.६१ हजार, ४१ हजार, ३१ हजार र २१ हजार साथमा प्रमाणपत्र पुरस्कार प्राप्त गरे।त्यस्तै तोरीपानी दिदीबहिनी समूहको भेषभुषा तथा महिला साना किसान समूहको नृत्य… पुरा पढौ

सराङकोटमा तीजमेला जारी

पोखरा–१८, सराङकोटधाममा तीजमेला जारी छ।त्यहाँ सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिको आयोजना तथा वडा कार्यालयको संरक्षणमा आइतबारदेखि मेला सुरु भएको हो ।मेला उद्घाटन गर्दै पोखरा महानगर प्रमुख धनराज आचार्यले सराङकोट पर्यटकीय धार्मिक स्थल रहेको संज्ञा दिर्दै यसको महत्व दिनप्रतिदिन बढ्दै गइरहेको औँल्याए ।तीज मौलिक पर्व भएको जनाउँदै प्रमुख आचार्यले त्यसभित्र रहेका विकृतिलाई भने हटाउनुपर्ने उल्लेख गरे।कुलमण्डल शाहको पालादेखि सराङकोटको इतिहास जोडिएको जनाउँदै प्रमुख आचार्यले राष्ट्रपतिबाट सराङकोटधामको उद्घाटन हुनु सुखद् भएको सुनाए।वडाध्यक्ष शिवप्रसाद तिमिल्सीनाले पोखराको नमुना पर्यटकीय क्षेत्रका रुपमा सराङकोटलाई… पुरा पढौ