
गायक तथा संगीतकार सुनिल गायकको नयाँ म्युजिक भिडियो ‘चोटै चोट’ सार्वजनिक भएको छ।
गीतमा प्रेमीले प्रेम गुमाउनु र आफुलाई माया गर्ने मान्छेको खुशी पनि प्रेम रहेको देखाईएको छ। प्रेम, रोदन, विछोड तथा त्यागलाई गीतमा समेटिएको छ।
सुपु म्युजिक क्रियशनको प्रस्तुति उक्त गीतमा शब्द संगीत, स्वर तथा अभिनय स्वयम् सुनिल गायककै छ ।उनलाई भिडियोमा एलिसा भोग र सविन गायकले साथ दिएका छन् ।उक्त गीतको संगीत संयोजनमा साहिल गायक तथा निर्देशकमा नेत्र गुरुङले भूमिका निभाएका छन्।त्यस्तै पब्लिसिटी डिजाईन सोपु क्रियशन कै छ।
पोखरा–२५, हेमजा निवासी गायकका यसअघि नै तिम्रो अभाव, कति माया, कहिले भईन, सम्बन्ध, लोकगीत तथा भजनहरु सार्वजनिक भइसकेका छन्।
उनी गीतसंगीत बाहेक सामाजिक क्षेत्रमा समेत क्रियाशिल छन्।उनले यतिवेला राष्ट्रिय संगीतकर्मी संघ कास्की तथा हेमजा साहित्य प्रतिष्ठानको अध्यक्ष, कास्की जिल्ला फुटबल संघको सदस्य लगायत विभिन्न सामाजिक संघसंस्थामा रही सेवा गर्दै आएका छन्।
गीत संगीतमा लागेर नै आफु खुशी भएको र आगामि दिनमा पनि निरन्तर लागि पर्ने उनको भनाई छ।गायकले अव गजल गीत तथा गन्धर्व गीत निर्माणमा आफ्नो मेहनत खर्चिने पनि उल्लेख गरेका छन्।










