माया खोजीदिन परिवारको अपिल

-


     श्रीभद्र पौडेल     
     असाेज २ गते २०८२ मा प्रकाशित


पोखरा–१, लामापाटन निवासी माया विक हराएपछि उनले परिवारले खोजी गरिदिन सबैसँग आग्रह गरेको छ।

धादिङ गंगाजमुना–४, मूलपानी स्थायी निवासी ४२ वर्षे विक आइतबार विहानदेखि बस्दै आएको सिम्पानी, लामापाटन स्थित कोठाबाट हराएकी हुन्।उनी बुधबार रातिसम्म परिवारको सम्पर्कमा आएकी छैनन्।

गहुँगोरो वर्ण, अन्दाजी ४.५ फिट उचाईकी माया हराएपछि परिवारमा चिन्ता छाएको उनका श्रीमान् बाबुराम विकले बताए ।उनलाई फेला पार्नेले ९८४०८५०२७७ मा खबर गरिदिन पनि आग्रह गरिएको छ।

उनको परिवारमा श्रीमान् र एक छोरा आयुष छन्।उनीहरु मजदुरी गर्दछन्।