माछापुच्छे« शिक्षा क्याम्पस प्रमुखको पदस्थापना

- क्याम्पस संचालन अन्नपूर्णवासीको साँझा सङ्कल्प

-


     श्रीभद्र पौडेल    
     भाद्र १८ गते २०८२ मा प्रकाशित


अन्नपूर्ण गाउँपालिका–२, ढिकुरपोखरी स्थित माछापुच्छे« शिक्षा क्याम्पसको प्रमुखमा लोकराज भण्डारी नियुक्त भएका छन्।
भण्डारीको सोमबार एक कार्यक्रमका बीच पदस्थापना भयो भने निवृत्त क्याम्पस प्रमुख रामचन्द्र सुवेदीलाई विदाई गरियो।
त्यस अवसरमा धारणा राख्दै गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले क्याम्पस संचालनमा गाउँपालिकाको पूर्ण साथ रहने प्रतिबद्धता जनाउँदै क्याम्पस संचालन अन्नपूर्णवासीको साँझा सङ्कल्प भएको बताए।
ढिलै भएपनि राम्रो कामको थालनी भएको छ अध्यक्ष केसीले भने शिक्षा र स्वास्थ्य सुधार्न गाउँपालिका दृढ छ ।उनले शिक्षामा केही गर्नुपर्दछ भन्ने भावनाका साथ भण्डारी क्याम्पस प्रमुख बनेकोमा खुशी व्यक्त गर्दै शिक्षकलाई सम्मानित पेशाको संज्ञा दिए।
पर्यटनविद् हरीप्रसाद शर्माले हौसलाका साथ क्याम्पस संचालन गर्न नवनियुक्त प्रमुख भण्डारीलाई सुझाव दिर्दै आफूलाई जन्मगाउँ आउदाँ छुट्टै उर्जा मिल्ने गरेको औँल्याए।उनले क्याम्पस संचालनमा गाउँपालिका एवम् माछापुच्छे« माविको यथेष्ठ सहयोग प्राप्त हुने अपेक्षा सुनाए।
गाउँपालिका पूर्व अध्यक्ष युवराज कुँवरले क्याम्पस संचालनको माया व्यवहारबाट देखाउन सुझाव दिर्दै ढिकुरपोखरीवासीलाई गाउँ फर्कन आग्रह गरे।
नवनियुक्त प्रमुख लोकराज भण्डारीले सरोकारवाला सबैको प्रयासमा क्याम्पस संचालनमा आउने जनाउँदै आफूबाट मेहनतको कमी नहुने विश्वास दिलाए।उनले क्याम्पसमा स्नातक तह अन्र्तगत हाल शिक्षा तथा आगामि कार्यक्रममा विविए संचालनको तयारी रहेको पनि सुनाए।
निवृत्त प्रमुख रामचन्द्र सुवेदीले माछापुच्छे«लाई शिक्षाको दियोको संज्ञा दिर्दै माछापुच्छे« जीवन्न शैक्षिक संस्था बन्ने अपेक्षा बढेको चर्चा गरे।
त्यस अवसरमा वडा नं.१ का अध्यक्ष तुलसीप्रसाद अधिकारी, २ का अध्यक्ष पिताम्बर भण्डारी, ३ का अध्यक्ष फणिन्द्रप्रसाद पौडेल, ६ का अध्यक्ष एकदेव देवकोटा, कांग्रेस अन्नपूर्ण सभापति मनपति भण्डारी, एमाले अन्नपूर्ण अध्यक्ष चुडामणि अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टी अन्नपूर्ण अध्यक्ष फणिन्द्र अधिकारी, राप्रपा अन्नपूर्ण अध्यक्ष हरीराम भण्डारी, पूर्व विद्यार्थी मञ्चका संस्थापक अध्यक्ष डा.गिरीधारी दाहाल लगायतले पनि भनाई राखे।
उनीहरुले क्याम्पस अन्नपूर्णको गहना भएको, हर्षोउल्लासका साथ पदस्थापना गरिएको, त्यस क्षेत्रकै शिक्षाको प्यास मेटाउन खोजिएको, बजारमुखी शिक्षालाई गाउँमुखी बनाउन लागि परेको भन्दै स्नातकमा गण्डकीकै अब्बल शैक्षिक संस्थाका रुपमा माछापुच्छे«लाई स्थापित गर्नुपर्ने जनाए।
क्याम्पस संचालक समितिका अध्यक्ष शिवहरी सुवेदीले सवैको सदीक्षाका कारण क्याम्पसलाई पुनःजीवन दिन खोजिएको स्पष्ट पारे।
समिति अध्यक्ष सुवेदीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष मुक्तिराम अधिकारीले स्वागत तथा सदस्य खगराज अधिकारीले कार्यक्रम संचालन गरे।