समाजसेवाको रजत जयन्ती तयारी तीब्र

- क्लवले समयसमयमा विभिन्न रचनात्मक क्रियाकलाप गर्दै आइरहेको

-


     श्रीभद्र पौडेल    
     असाेज ९ गते २०८२ मा प्रकाशित


अन्नपूर्ण–३, पुरानो मैदान स्थित समाजसेवा युवा परिवारले रजत जयन्तीको तयारी तीब्र पारेका छ।क्लवले यही असोज १३ र १४ गते जयन्ती मनाउन लागेको हो।
जयन्ती उपलक्ष्यमा अन्नपूर्ण गाउँपालिका माध्यमिक विद्यालय स्तरीय हाजिरीजवाफ एवम् कास्की जिल्ला स्तरीय एकल नृत्य प्रतियोगिताको तयारी गरिएको छ । स्थानीय लक्ष्मी आधारभूत विद्यालय खेल मैदानमा हुने उक्त प्रतियोगिताका तयारी अन्तिम चरणमा पुगेको क्लव अध्यक्ष ओमप्रसाद पौडेलले जानकारी दिए।
अन्नपूर्ण गाउँपालिका मा.वि स्तरीय (कक्षा ९ र १०) हाजिरीजवाफ प्रतियोगितातर्फ प्र्रथम हुने विद्यालयले रु.९ हजार, द्वितीयले रु.६ हजार, तृतीयले रु.३ हजार तथा सान्त्वना विद्यालयलाई रु.१ हजार पाँच सय साथमा स्टेशनरी र प्रमाणपत्र पुरस्कार प्रदान गरिने छ।
त्यस्तै कास्की जिल्लास्तरीय एकल नृत्य प्रतियोगिताका पनि तयारी भएको छ ।नृत्यतर्फ प्रथम हुनेले रु.१५ हजार, दोस्रोले १० हजार, तेस्रोले ५ हजार तथा सान्त्वना पुरस्कार रु.३ हजार साथमा प्रमाणपत्र प्रदान गरिने क्लवले उल्लेख गरेको छ।
रजत जयन्ती समारोह गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले उद्घाटन गर्ने तय भएको छ।वि.स २०५८ सालमा स्थापित क्लवले समयसमयमा विभिन्न रचनात्मक क्रियाकलाप गर्दै आइरहेको क्लव सचिव नयन पौडेलले बताए ।