बिरेठाँटी माविमा प्रतिभा प्रर्दशनी

-


     श्रीभद्र पौडेल    
     फागुन ७ गते २०८१ मा प्रकाशित


अन्नपूर्ण गाउँपालिका ८ स्थित बिरेठाँटी माध्यमिक विद्यालयमा सोमबार विद्यार्थी प्रतिभा प्रर्दशनी एवम् अतिथी स्वागत गरिएको छ ।

कार्यक्रमका बीच प्राविधिक धार कम्प्युटर इञ्जिनियरिङतर्फ कक्षा ९–१२ का विद्यार्थीद्वारा विभिन्न रोवोटिक्स, विज्ञान तथा प्रविधि सम्बन्धी परियोजना प्रदर्शन गरिए।

त्यस्तै सांस्कृतिक कार्यक्रम, नृत्य प्रर्दशन साथै विद्यार्थीहरुको तेक्वान्दो खेल प्रदर्शनीमा प्रशिक्षक बोधराज गिरीले सहजीकरण गर्नुभयो ।त्यसैगरी विद्यार्थीबाट विभिन्न हस्तकला प्रदर्शनी गरियो।

कार्यक्रममा भनाई राख्नुहुँदै अमङ्गील हुमन फाउन्डेशनका क्याप्टेन अमङ्गीलले विद्यार्थी प्रतिभाको प्रशंसा गर्नुहुँदै संस्थाले आगामि दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।

वडाध्यक्ष विजय गुरुङले सरकारका कामहरुमा भवन निर्माण लगायत विभिन्न पक्षमा अमङ्गील हुमन फाउण्डेशनले सहयोग गरेकोमा कृतज्ञता व्यक्त गर्नुहुँदै सहयोग आफैमा महत्वपूर्ण हुने औँल्याउनुभयो ।त्यस अवसरमा फाउण्डेशनले कपी, टिसर्ट, भलिवल, फुटवल लगायतका सामाग्री विद्यालयलाई प्रदान गर्यो ।

विद्यालय अध्यक्ष डिल्लीराज जैसीले विद्यालयले २०८२ मंसिरमा स्वर्ण जयन्ती समारोह गर्न लागेको जानकारी दिनुहुँदै त्यस अवसरमा वर्षैभरी विद्यार्थीका सिर्जनशील गतिविधिलाई प्राथमिकता दिने विश्वास दिलाउनुभयो ।

विद्यालय अध्यक्ष जैसीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रधानाध्यापक हिमलाल न्यौपानेले स्वागत तथा सहायक प्रधानाध्यापक गणेशप्रसाद रिमालले कार्यक्रम संचालन गर्नुभयो।