
कास्की पोखरा समाज जापानको छैटौं अधिवेशनले कमल बास्तोलाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
टोकियोमा भएको अधिवेशनले मनोज तिवारी, विष्णुप्रसाद भण्डारी (बिसु), दिपक सुनार र सरोज कार्कीलाई उपाध्यक्ष, जीवन पोखरेल कञ्चनलाई महासचिव, सचिवमा तोयानाथ ढकाल र गोविन्द पौडेल (अनिस), कोषाध्यक्षमा कुलप्रसाद बास्तोला तथा सहकोषाध्यक्षमा सुर्य कडेल र दिलीप पण्डितलाई जिम्मेवारी दिएको छ ।
त्यस्तै सुमन कँुवर युवा संयोजक, सुनिता बञ्जरा महिला संयोजक, अञ्जु भण्डारी प्रमुख संरक्षक चयन भए ।अधिवेशनले लक्ष्मी कार्की, कविता तिवारी, विजय गुरुङ, खगराज ढुङगाना, नगेन्द्र सुवेदी, राम गुरुङ, विन्दुराज सापकोटा, युवराज तिवारी, सुन्दर बराल, रुद्रप्रसाद शर्मा, सुर्य लामिछाने, नविन सुवेदी र उदय सुवेदीलाई सदस्य छनोट गरेको छ ।
त्यस अवसरमा पहिलो स्मारिकाको विमोचन पनि गरियो ।कार्यक्रममा जापानस्थित नेपाली राजदूत डा.दुर्गा बहादुर क्षत्री, एनआरएन आईसीसीका उपाध्यक्ष रविन शेरचन लगायतको विशेष उपस्थिती रहयो ।
एनआरएन आईसिसी उपाध्यक्ष शेरचनले समाजका आगामि योजनाबारे प्रकाश पारे ।उनले विशेषगरी जापानमा रहेका कस्केली लगायत सम्पूर्ण नेपालीको हितमा काम गर्नुपर्ने स्पष्ट पार्दै नेपाल तथा पोखराको पर्यटन विकासमा खटेर कार्य गर्ने प्रतिबद्धता जनाए । अन्य वक्ताहरुले समाजको योगदानको प्रशंसा गरे।
अध्यक्ष संदेश अधिकारीले आफू नेतृत्वमा समाजले हासिल गरेका उपलब्धिबारे प्रकाश पार्दै अधुरा कार्यलाई निरन्तरता दिन आग्रह गरे। संरक्षक तथा निर्वाचन आयुक्त शिवप्रसाद पौडेलले समाजले जापानमा नेपाली समुदायलाई जोड्न महत्वपूर्ण भूमिका खेलेको औँल्याए।
कार्यक्रमका बीच सांस्कृतिक प्रस्तुति तथा समाजका गतिविधिका झलक प्रस्तुत गरिए ।त्यस्तै समाजलाई सहयोग गर्ने एनआरएन आईसिसी उपाध्यक्ष शेरचन, थकाली सेवा समिति अध्यक्ष बुद्दी गौचन, सुरेश लामिछाने लगायतलाई सम्मान गरियो।
समाजका अध्यक्ष अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रम महासचिव सरोज कार्कीले संचालन गरे ।