
पोखरा–१८, सराङकोट स्थित सौरेखोला आमा समूहको आज सम्पन्न चौथों साधारणसभा तथा दोस्रो अधिवेशनले पुनः तुलसी पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
उक्त अधिवेशनले उपाध्यक्षद्वयमा सुशिला पोखरेल र उषा बराल, सचिवमा शान्ता भण्डारी, सहसचिवमा सुजता शर्मा तथा कोषाध्यक्षमा सदीक्षा भण्डारीलाई जिम्मेवारी दिएको छ ।
त्यस्तै गुमादेवी शर्मा, शान्ता पोख्रेल, शान्ति क्षत्री(क)कमला, धनमाया अधिकारी र समीक्षा विक सदस्य छनोट हुनुभयो । त्यसै आमा समूहकी संस्थापक अध्यक्ष चित्राकुमारी अधिकारी वरिष्ठ सल्लाहकार चयन हुनुभयो ।

कार्यक्रममा भनाई राख्नुहुँदै संस्थापक अध्यक्ष अधिकारीले एकतामा नै शक्ति हुने औँल्याउनु हुँदै अव समूहलाई दर्ता गर्नुपर्ने बताउनुभयो । हाम्रो चहाना समाज सुधार हो, त्यस मार्फत दिदीबहिनीको आर्थिक सहभागिता पनि बढोस् भन्ने अपेक्षाका साथ समूह स्थापना गरिएको हो, त्यसमा हालसम्म सबै दिदीबहिनीको साथ मिलीरहेकै छः उहाँले भन्नुभयो ।पक्कै पनि आगामि दिनमा पनि समूहले राम्रो कार्य गर्ने हाम्रो विश्वास छ ।
पत्रकार श्रीभद्र पौडेलले आमा समूह मार्फत सौरेखोला क्षेत्रका आमा दिदीबहिनी सक्रिय बन्दै गएकोमा खुशी व्यक्त गर्नुहुँदै सकारात्मक कार्यमा आफ्नो सधै सहयोग रहने प्रतिबद्धता जनाउनुभयो । उहाँले समूह दर्ता गरी सामाजिक गतिविधिमा क्रियाशिल गराउन सुझाव दिनुहुँदै समुन्नतीका लागि मानिसले सोच फराकिलो बनाउनुपर्ने सुझाउनुभयो । जीवनमा समस्यासँगै अवसरहरु पनि आउँदै जाने उहाँको भनाई छ ।

नवगठित समूह अध्यक्ष पराजुलीले सबैको साथ सहयोगबाट आमा समूह हालको अवस्थामा आएको चर्चा गर्नुहुँदै अव समूहलाई दर्ता गरी क्रियाशिल गराउने बचनबद्धता प्रकट गर्नुभयो ।
त्यस अवसरमा सचिव सुशिला पोखरेल, सदस्यहरु सदीक्षा भण्डारी, समीक्षा रामदाम, दुर्गादेवी शर्मा लगायतले पनि धारणा राख्नुभयो । उहाँहरुले मातृशक्तिको एकतामा जोड दिनुहुँदै एकताले नै समाज सुधारमा भूमिका खेल्ने विश्वास प्रकट गर्नुभयो ।

आमा समूहकी अध्यक्ष तुलसी पराजुलीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सदस्य सदीक्षा भण्डारीले स्वागत तथा सचिव सुशिला पोखरेलले कार्यक्रम संचालन गर्नुभयो।