
पोखरा २५ सुईखेत स्थित जन हितैषी फाउण्डेशनले साईबर सुरक्षा कार्यक्रम अन्तर्गत शुक्रबार अम्विका माध्यमिक विद्यालयमा सचेतना दिएको छ ।त्यस अवसरमा कक्षा ८ का ६० जना वालवालिका सहभागि भए।
त्यस अवसरमा इथिकल ह्यकर विजय आचार्यले प्रशिक्षण गर्नुभयो भने संस्थाका संस्थापक अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत बोधराज अधिकारीले कार्यक्रम संचालन गर्नुभयो ।
त्यस्तै संस्थाले मौखिक स्वच्छता कार्यक्रम अन्र्तगत आज शनिबार गौरीशंकर माविका ५० जना बालबालिकालाई दन्त सम्बन्धी चेतनामूलक कार्यक्रम गरेको छ । कार्यक्रमका बीच दाँतको परीक्षण पश्चात उपचार गरी प्रत्येक विद्यार्थीलाई २ वटा ब्रस तथा मञ्जन प्रदान गरियो ।एउटा घरमा र एउटा विधालयमा खाजा पछि दाँत माझने उद्देश्यका साथ ब्रस वितरण गरिएको संस्थाले जनाएको छ।

उक्त कार्यक्रममा डेण्ट कियर पोखराका संचालक डा.पुरण विश्वकर्माले दन्त परीक्षणमा सहजीकरण गर्नुभयो।
गौरीशंकर माध्यमिक विद्यालयका प्रधानाध्यापक अम्बरबहादुर कुँवरले कार्यक्रमले समस्यामा परेका बालबालिकाहरुलाई राहत मिलेको औँल्याउँदै संस्थालाई धन्यवाद दिनुभयो ।उहाँले संस्थाका अन्य कार्यक्रमहरु पनि आफ्नो विद्यालयमा संचालन गर्न अनुरोध समेत गर्नुभयो।
त्यस अवसरमा संस्थाका अध्यक्ष तिर्थनाथ लुईटेलले संस्थाका कार्यक्रमबारे जानकारी दिनुहुँदै संस्था निस्वार्थ रुपमा सामाजिक क्रियाकलापमा क्रियाशिल हुँदै आएको धारणा राख्नुभयो।
संस्थाका संस्थापक अध्यक्ष समेत रहनुभएका प्रमुख कार्यकारी अधिकृत बोधराज अधिकारीले संचालन गर्नुभएको सो कार्यक्रममा विधालयका इञ्चार्ज प्रेम कुँवर, संस्थाका संचालक झलक रानामगर र कर्मचारी सन्जीता गिरीले सहजीकरण गर्नुभयो।