गुरुकुलमा चौथों प्रतिभा प्रदर्शनी

-


     श्रीभद्र पौडेल    
     माघ १६ गते २०८१ मा प्रकाशित


पोखरा–९, नयाँबजार स्थित गुरुकुल विद्यासदन माध्यमिक विद्यालयमा आज विद्यार्थी प्रतिभा प्रदर्शनी एवम् खाद्य महोत्सव भएको छ ।

यसपटक गरिएको प्रतिभा प्रदर्शनी चौथों पटकको हो भने खाद्य महोत्सव दोस्रो रहेको उल्लेख गरिएको छ ।विद्यालयले २०७८ सालदेखि प्रतिभा प्रदर्शनी गर्दै आइरहेकोमा अघिल्लो वर्षदेखि खाद्य महोत्सवलाई पनि निरन्तरता दिर्दै आएको छ ।दुवै कार्यक्रममा विद्यार्थी एवम् अभिभावकको अभिरुची स्पष्ट देख्न सकिन्छ।

 प्रदर्शनी अन्र्तगत आज २० बढी समूह एवम् एकल रुपमा विद्यार्थीले प्रस्तुति राखे ।त्यस्तै ४ स्टलबाट स्थानीय तथा अन्तर्राष्ट्रिय खानाका परिकार पकाई वितरण पनि गरियो।

कक्षा १२ का विद्यार्थीको आयोजनामा भएको कार्यक्रमले रचनात्मकता, मनोरञ्जन एवम् स्वादिष्ट स्वादले भरिएको रोमाञ्चक दिनको अनुभूति दिएको विद्यालयले उल्लेख गरेको छ।

प्रतिभा प्रदर्शनी अन्र्तगत श्रृंखलाबद्ध रुपमा विद्यार्थीले आफ्ना कलात्मक सीप प्रस्तुत गरे ।त्यस अवसरमा गायन, नृत्य, नाटक देखि स्ट्यान्डअप कमेडीसम्मले स्टेज तताए।

त्यस्तै होटल व्यवस्थापनका विद्यार्थीले पकाएका स्थानीय तथा अन्तर्राष्ट्रिय खानाका परिकारले पनि सहभागीलाई लोभ्यायो ।कार्यक्रममा विद्यार्थी, पूर्व विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीयको उल्लेख्य उपस्थिती रहयो।

कार्यक्रमसँगै विद्यार्थीलाई क्षमता प्रदर्शन गर्न प्रोत्साहित मिलेको विद्यालय अध्यक्ष रवि कार्कीको भनाई छ ।उहाँले कार्यक्रमले विद्यार्थीलाई अगाडि बढ्न टेवा मिल्ने विश्वास व्यक्त गर्नुहुँदै विद्यार्थीले अनुशासनसँगै खानपानमा पनि ध्यान दिनुपर्ने बताउनुभयो।विद्यालय निरन्तर अगाडि बढ्दैछः त्यसमा सरोकारवाला सबैको साथ पाइएको छ, अझै हामी विद्यालयलाई थप उचाईमा लैजान्छौंः कार्कीले भन्नुभयो ।

प्रधानाध्यापक नारायण आचार्यले मानव जीवनमा संगीत तथा अतिरिक्त क्रियाकलापको महत्वपूर्ण भूमिका रहने धारणा राख्नुहुँदै गुरुकुल वास्तविक गुरुकुल भएको औँल्याउनुभयो।उहाँले गुरुकुलमा अध्ययनरत विद्यार्थीले राम्रो सपना देख्ने दावी गर्नुहुँदै विद्यालय अध्ययन पुरा गरेसँगै आत्मविश्वास लिएर फर्कने भनाई राख्नुभयो ।कला कलाका लागि नभई जीवनमा लागि भएको प्रधानाध्यापक आचार्यले स्पष्ट पार्नुभयो ।

सह प्रधानाध्यापक भुवन सुवेदीले विद्यार्थीका रचनात्मक प्रस्तुति माध्ययमका लागि कार्यक्रम आधारशिला बनेको उल्लेख गर्नुहुँदै कार्यक्रमसँगै विद्यार्थी बीच आत्मियता बृद्धि भएको भनाई राख्नुभयो।

दश जोड दुई संयोजक वसन्तकुमार श्रेष्ठले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुहुँदै प्रतिभा प्रदर्शनी एवम् खाद्य महोत्सवलाई आगामि वर्षहरुमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो।

त्यस अवसरमा विद्यार्थी तुलसी मगर, दिक्षा गौचन, प्रेरणा थापा, सृष्टि गुरुङ, दिपिका शर्मा, मुस्कान खातुन, हर्षित गुरुङ, आभिल थापा, युमिका गुरुङ, पूर्णिमा लिम्बु, पायल थापा, अञ्जली घमाल, करुणा थापा, दिक्षा थापा, जेनी विक, यशोधा श्रेष्ठ, बिनिसा शाही ठकुरी नेतृत्वका समूहले नृत्य प्रस्तुत गरे।

त्यस्तै एलिजा गुरुङ, विवश श्रेष्ठ, सुशान्त शाहीको समूहले गायन एवम् कृष्ण अधिकारी समूहले स्ट्याण्डअप कमेडी प्रस्तुत गरेको दश जोड दुई संयोजक श्रेष्ठले जानकारी दिनुभयो।

कक्षा १२ की छात्रा स्वस्तिका रिमालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा अनुजा राना मगरले स्वागत तथा कृष्ण अधिकारी, सम्राट बालकोटी, जानुका क्षत्री, राधा कुमारी, कशुम गुरुङ लगायत अन्य विद्यार्थीले संयुक्त रुपमा कार्यक्रम संचालन गरे ।