विष्णुपादुका क्लव अध्यक्षमा वसन्तकुमार (फोटोफिचर)

-


     श्रीभद्र पौडेल    
     फागुन ७ गते २०८१ मा प्रकाशित


पोखरा २५ हेमजा स्थित विष्णुपादुका क्लवको आज सम्पन्न ३० औं साधारणसभा तथा १५ औं अधिवेशनले वसन्तकुमार श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ।

       अधिवेशनले राजेन्द्रबहादुर थापालाई उपाध्यक्ष, हिक्मतबहादुर थापालाई सचिव तथा डम्बरबहादुर कुँवरलाई कोषाध्यक्षको जिम्मेवारी दिएको हो ।त्यस्तै केशव गिरी, सोचना केसी, इन्द्रबहादुर कार्की, सुर्य कुँवर, राम सापकोटा, इन्द्रबहादुर थापा, सरस्वती थापा, पार्वती थापा चन्द्रमान् श्रेष्ठ सदस्य छनोट हुनुभयो

       अधिवेशन उद्घाटन गर्नुहुँदै वडा सदस्य कृष्णबहादुर कुँवरले क्लवका गतिविधिमा वडाको सक्दो साथ रहने स्पष्ट पार्नुहुँदै अव क्लव भवन निर्माणतर्फ सबैले ध्यान दिनुपर्ने औँल्याउनुभयो ।उहाँले क्लवले गर्दै आएको राष्ट्रिय हेमजा आलु महोत्सवले हेमजालाई देश विदेशमा चिनाउन सफल भएको जनाउनु हुँदै पूर्व अध्यक्षहरु सम्मिलीत निर्देशक समूह निर्माण गरी क्लवका गतिविधिलाई चलायमान् गराउनुपर्ने भनाई राख्नुभयो।

       नर्वद्देश्वर महादेव तथा राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर थापाले समिति क्लव विच सामाजिक गतिविधिमा सहकार्य हुँदै आएको स्मरण गर्नुहुँदै आगामि दिनमा सहकार्यलाई अझै मजबुत बनाउँदै जानुपर्ने औंँल्याउनुभयो

       त्यस अवसरमा क्लवका पूर्व अध्यक्षहरु जगतबहादुर थापा, जीतबहादुर कार्की, महेन्द्रसिंह थापा रमेश कार्कीले पनि भनाई राख्नुभयो।उहाँहरुले क्लवले आलु महोत्सव, खेलकुद, सांस्कृतिक कार्यक्रमका अलवा युवालाई समेट्ने अन्य गतिविधि पनि संचालन गर्नुपर्ने उल्लेख गर्नुभयो ।त्यसमा साथै सामाजिक एवम् शैक्षिक गतिविधिमा पनि ध्यान दिन उहाँहरुले सुझाउनुभयो।

       कार्यक्रमका बीच सचिव वसन्तकुमार श्रेष्ठ तथा कोषाध्यक्ष मधुर कुँवरद्वारा प्रस्तुत वार्षिक प्रगति एवम् आर्थिक प्रतिवेदन छलफल सहित अनुमोदन भयो।

       क्लव अध्यक्ष सुविन श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रम सचिव श्रेष्ठले संचालन गर्नुभयो।