शिक्षा

वाराही माविले मनायो ६७ औं वार्षिकोत्सव

पोखरा महानगरपालिका–५, मालेपाटन स्थित वाराही माध्यमिक विद्यालयले आफ्नो ६७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह आज सम्पन्न गरेको छ। सभा उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य दामोदर पौडेल वैरागीले सरकारले विद्यार्थीलाई उपलब्ध गराउँदै आएको पोषणा खर्च(खाजा खर्च) कम भएको जनाउँदै त्यसलाई महङगी अनुसार क्रमशः समायोजन गर्दै लग्नुपर्ने बताए ।खाजा रकम कम हुदाँ कतिपय विद्यार्थी भोकभोकै घर फर्कने गरेको सुनाउँदै सदस्य वैरागीले शिक्षा ऐनमा नसमेटिएका कुराहरुलाई संशोधन मार्फत सम्बोधन गरिने भनाई राखे । शिक्षक, कर्मचारी तथा विद्यार्थीको संख्या बीच तालमेल नमिल्दा शिक्षा क्षेत्रमा… पुरा पढौ

तरकारी संकलन केन्द्रको प्रवद्र्धन गर्दै लीबर्ड(फोटोफिचर)

लीबर्डले अन्नपूर्ण गाउँपालिका चुहिनेपहरा स्थित कृषि उपज संकलन तथा बिक्री केन्द्रलाई सामग्री सहयोग गरेको छ। संस्थाले सोमबार एक कार्यक्रमका बीच पर्यावरणीय कृषि प्रवद्र्धन परियोजना अन्तर्गत उक्त केन्द्रलाई प्लाष्टिक क्रेट, जोख्ने मेसिन, प्लास्टिक कार्पेट, दराज, कुर्चि, टेवल, कृषि उपज राख्ने र्याक लगायतका सामग्री प्रदान गरेको हो । लीबर्डका वरिष्ट कार्यक्रम अधिकृत इन्द्रप्रसाद पौडेलले रु.२ लाख ११ हजार ८ सय ८९ का ति सामग्री गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसी, उपाध्यक्ष चन्द्रकला देवकोटा अधिकारी, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेल लगायतलाई हस्तान्तरण गर्नुभयो। कार्यक्रममा भनाई… पुरा पढौ

नेलम्बोःगरिव जेहेन्दार विद्यार्थीको अभिभावक

पोखरा–४, गैह्रापाटन स्थित नेलम्बो नेपाल गरिव जेहेन्दार विद्यार्थीको पठनपाठनको साहारा बनेको छ । संस्थाले चालु आ.वमा शैक्षिक कार्यक्रम अन्तर्गत शनिबार गण्डकी प्रदेशका विभिन्न जिल्ला स्थित गरिव विपन्न विद्यार्थीलाई उनीहरुका अभिभावकको रोहवरमा छात्रवृर्ति वितरण गरेको छ । नेलम्बोले आफ्नो नाम ‘विपन्न समुदाय र जैविक विविधता सहयोगी संस्था’ जस्तै विपन्न समुदायको बृद्धि विकासमा महत्वपूर्ण योगदान गर्दै गएको अभिभावक अन्नपूर्ण ३ का धनरास विकको अनुभव छ। नेलम्बोले विद्यालय देखि स्नातक तहसम्मका गरिव तथा जेहन्दार ४० विद्यार्थीलाई विद्यालय पोशाक, शिक्षण शुल्क, स्टेशनरी समेत गरी… पुरा पढौ

गौरीशंकर क्याम्पसमा रेडक्रस सर्कल पुनर्गठन

पोखरा २५, हेमजा स्थित गौरीशंकर बहुमुखी क्याम्पसमा मञ्जु सुनारको अध्यक्षतामा नेपाल युवा रेडक्रस सर्कल पुनर्गठन गरिएको छ ।        बुधबार भएको विद्यार्थी भेलाले सर्कलको उपाध्यक्षमा लक्ष्मी भट्टराई, सचिवमा धनदेवी जिसी, कोषाध्यक्षमा मोनिता सिर्पाली तथा सहसचिवमा दलकुमार रसाइलीलाई जिम्मेवारी दिएको छ ।त्यस्तै सुगम ढुङगाना, लक्ष्मी सुनार, मनिका सुनार, सन्दिपराज विक, अनु खाती र तिर्सना घर्ती मगर सदस्य छनोट हुनुभयो ।सर्कलको शिक्षक नायककमा सहायक प्राध्यापक बुद्धिप्रसाद बास्तोला चयन हुनुभयो।        भेलालाई सम्बोधन गर्नुहुँदै क्याम्पस प्रमुख कृष्णप्रसाद पौडेलले स्वयम्सेवा नै रेडक्रस भावना भएको… पुरा पढौ

हेमजा स्थित पेमा छाल गुम्बाद्वारा सहयोग

हेमजा, याम्दी स्थित पेमा छाल शाक्य गुम्बाले शाक्य गोङमा ठ्रिछेन रिन्पोछेको ८० औं जन्मोत्सवको अवसरमा बाग्लुङ ढोरपाटनका २ विद्यालयमा सहयोग गरेको छ ।        गुम्बाले ढोरपाटन–९, चिसापानी स्थित ज्योति विकास माविका कुल एक सय ८६ जना विद्यार्थी तथा १४ जना शिक्षक एवम् ढोरपाटन विलिभर्स अङग्रेजी स्कुलका ७० जना विद्यार्थी र १० जना शिक्षकलाई कार्यालयका सामाग्री, स्टेशनरी, खेलकुद, मनोरञ्जन तथा सरसफाईका सामाग्री प्रदान गरेको हो ।        सोही अवसरमा न्यून आय भएका ७० घरपरिवार स्थानीयलाई कम्बल, टोपी, मोजा, चामल, दाल, तेल,… पुरा पढौ

‘उच्च शिक्षाको गन्तब्य गेन्स कलेज’

उच्च शिक्षाका लागि पोखरामा नयाँ कलेज स्थापना गरिएको छ। एम्विए, विविए र विएस्सी सिएस्आइटी विषय अध्ययनका लागि सुदुरपश्चिम विश्वविद्यालयबाट हालै सम्बन्धन लिएर पोखरा–३, नदीपुरमा गेन्स (गण्डकी एकेडेमी अफ् इन्टरडिसीपिनरी स्टडिज) कलेज स्थापना गरिएको हो ।       कलेजमा विएस्सी व्यवस्थापनतर्फ ४ वर्षमा आठ सेमेस्टर, विएस्सी सिएसआइटी (कम्प्युटर साइन्स एण्ड इन्फरमेसन टेक्नोलोजी) तर्फ ४ वर्षमा आठ सेमेस्टर तथा एम्विए अन्र्तगत २ वर्ष ४ सेमेष्टरमा अध्ययन हुनेछ ।       आफूहरुले ज्याक मेजीरोको फिलोसफी (दर्शन) अन्र्तगत विद्यार्थीमा आधारभूत रुपान्तरीत शिक्षा प्रदान गर्ने उद्देश्यका साथ… पुरा पढौ

‘मरेर पनि बाचिरहने यमलाल’

अन्नपूर्ण गाउँपालिका–६, लुम्लेका स्वः यमलाल देवकोटा बहुआयमिक व्यक्तित्व हुनुभएको चर्चा गरिएको छ।        यमलाल शैक्षिक स्मृति प्रतिष्ठानको आयोजनामा हालै लुम्लेमा भएको ८ औं स्मृति दिवस कार्यक्रमका बीच स्वः देवकोटाको चर्चा गरिएको हो ।त्यस अवसरमा वक्ताहरुले यमलाल मरेर पनि बाचिरहनुभएको धारणा राख्दै जीवनकालमा गरेका कृर्तिले नै यमलाललाई अजर अम्मर बनाएको स्पष्ट पार्नुभयो । त्यस अवसरमा जेष्ठ नागरिक, गरिव, जेहेन्दार विद्यार्थी एवम् एसइईमा उत्कृष्ट अङक ल्याउने विद्यार्थीलाई सम्मान पनि गरियो।        प्रतिनिधिसभा सदस्य दामोदर पौडेल वैरागीले स्वः यमलाल सादा जीवन उच्च विचारमा… पुरा पढौ

स्थापना दिवसमा वक्तृत्वकला

लायन्स क्लब अफ पोखरा आँखीझ्यालले पाँचौं स्थापना दिवसको अवसरमा माध्यमिक तह विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ । त्यस अवसरमा सिग्नेचर प्रोजेक्ट घोषणा पनि भयो ।           प्रतियोगितामा १६ विद्यालयलाई पछि पार्दै फिस्टेल एकेडेमी प्रथम, मदरल्यान्ड मावि द्वितीय, गण्डकी बोर्डिङ तृतीय र सिर्जना माविले सान्त्वना स्थान हासिल गरे ।           डिस्ट्रिक ३२५ एम नेपालका गभर्नर चण्डीप्रसाद अर्यालले विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि कार्यक्रम जिल्लामै नमूना बनेको दावी गर्नुहुँदै प्रत्यक्ष रुपमा विद्यार्थीसंग जोडिएर गरिएको कार्यक्रमले  समाजमा सकारात्मक संदेश दिने बताउनुभयो ।… पुरा पढौ

व्याण्ड कम्पिटिसनको उपाधि गुरुकुल विद्यासदनलाई

पोखरामा भएको दोश्रो ईन्टर स्कुल व्याण्ड कम्पिटिसनको उपाधि गुरुकुल विद्या सदनले जितेको छ ।  पोखरा सांगीतिक कलाकार संघको आयोजना तथा पोखरा महानगरपालिका र गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा ‘शिक्षासँगै संगीत’ भन्ने मूल नाराका साथ शनिबार भएको फाइनल प्रतिष्पर्धामा ९ स्कुल व्याण्डलाई पछि पार्दै गुरुकुलले उपाधि जितेको हो । उपाधि बिजेता गुरुकुलले नगद १ लाखसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।                 शनिबार पोखरा सभागृहको भरिभराउ दर्शकबीच भएको निक्कै प्रतिष्पर्धात्मक फाइनल प्रतिष्पर्धामा ग्लोबल कलेजियट माविले द्वितीय स्थान प्राप्त ग¥यो भने फिस्टेल… पुरा पढौ

पोखरा १९ रेडक्रसको दन्त शिविर सकियो(फोटोफिचर)

नेपाल रेडक्रस सोसाइटी पोखरा १९ उपशाखाको आयोजना तथा नेलम्बो नेपालको प्राविधिक सहयोगमा भारती भवन मावि पुरुन्चौरमा भएको निःशुल्क दन्त शिविरमा कुल चार सय ८१ जनाको दाँत परीक्षण गरिएको छ । दुई चरणमा गरी आठ दिनसम्म भएको उक्त शिविरमा वडा कार्यालय, विद्यालय तथा नेपाल रेडक्रस सोसाइटी जिल्लाको सहकार्य रहयो । बिहिबार शिविर समापन गर्नुहुँदै वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले शिविर फलदायी भएको बताउँदै नेलम्बोले विशिष्ट मानव कल्याणकारी सेवा गरिरहेको जनाउनुभयो। महानगर भएर पनि पोखरा १९ को अधिकाशं भुगोल ग्रामिण रहेको स्पष्ट पार्नुहुँदै वडाध्यक्ष… पुरा पढौ